बाबुछोराको व्यवसायिक ‘प्लान’: कृषिमा लगानी, छोरा-नातिलाई कम्पनीमै ‘सेटल’

काठमाडौं । मंगलबार एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगड र कम्पनीका भाइस चेयरम्यान अर्थात दुगडका छोरा विवेक दुगडसँगै देखिए । अमेरिकाको डियर एन्ड कम्पनीको सहायक कम्पनी जोन डियरले ५० एचपी फोर ह्विलड्राइभ भएको नयाँ ट्रयाक्टर नेपाली बजारमा ल्याएपछि सोको बिक्रेता विवेक अटोमोवाइल्सले आयोजना गरेको ट्याक्टर सार्वजनिक कार्यक्रमा बाबुछोरा खुशी मुद्रामा देखिन्थे । कार्यक्रममा अध्यक्ष मोतिलाल दुगडले आफ्नो विगतको व्यवसायिक यात्रा स्मरण गरे भने छोरा विवेकले आफ्नो बुबासँग काम गरेको अनुभवको फेहरिस्त सुनाए । कृषकहरुलाई ट्याक्टर बिक्री तथा हस्तान्तरण गर्नका लागि आयोजित सो कार्यक्रममा दुगडले आजभन्दा १९ वर्ष अगाडि आफुले अमेरिकी डियर एन्ड कम्पनीसँग सहयात्राका दिनहरु कार्यक्रममा उपस्थितहरुलाई सुनाए । ‘अटोमोबाइल्स शुरू  गर्दाका दिनहरु निकै चुनौतिपूर्ण थिए, मैले यो क्षेत्रमा काम गरेको ४८ वर्ष भइसकेको छ, सन् २००२ मा डिलर बनाउँदा सबैको जस्तै बनाएका थियौं, विस्तारै योजनावद्ध रुपले अगाडि बढ्ने हाम्रो योजना थियो, हामी अहिलेसम्म निरन्तर काम गरिरहेका छौं, एकदिनमा सबै कुरा सम्भव हुन सक्दैन, तर, हामी लागि परेका छौं,’ दगुडले भने । कसरी कम्पनी अगाडि बढाउने भन्ने विषयमा मात्र आफुहरु केन्द्रित नभएको बताउँदै उनले कृषकहरुको जीवन उकास्नका लागि सधैँ अगाडि बढेको बताए । ‘हामीले यो १९ वर्षको अवधिमा १० हजार ट्याक्रटरको डेलिभर गर्यौं, अझ २० हजार डेलिभर गर्ने योजना बनाएका छौं, यसमा पुनः ५ वर्ष लाग्छ, हाम्रो यो योजना हाम्रा ग्राहक, कृषक र निर्माण व्यवसायीको साथले मात्रै सम्भव हुन्छ, उनले भने । उनका अनुसार विवेक अटोमोबाइल्स अन्य कम्पनीहरुभन्दा फरक किसिमले अगाडि बढिरहेको छ । ‘हामी फरक सेवा, सुविधा र शैलीका साथ अगाडि बढिरहेका छौं, यसमा सबै कृषक तथा ग्राहकहरुले हामीमाथि पूर्ण विश्वास गर्नु भएको छ, हाम्रो यात्रा धेरै लामो छ, अझै पनि सबैको साथको अपेक्षा गर्छु,’ उनले कार्यक्रममा भने । उनले अब कृषकहरुले पनि सरकारबाट पाउने आफ्ना सेवा सुविधाहरु भरपुर रुपले लिनु पर्ने सुझाव दिए । ‘नेपाल सरकारले कृषिमा धेरे सुविधा दिएको छ, नेपाल राष्ट्र बैंकले पनि कृषिमा अहिले १० प्रतिशत र ३ वर्षभत्रि १५ प्रतिशत लगानी गर्नुपर्ने निर्देशन दिएको छ, यो सुविधाको फाइदा लिन म कृषकलाई आग्रह गर्छु, नेपालमा धेरै वस्तुहरुको सम्भावना छ, त्यसमा हामीले लगानी गर्न आवश्यक छ,’ उनले भने । एमभी दुगड ग्रुप पनि कृषिमा लगानी गर्नुपर्छ भन्ने योजनाका साथ अगाडि बढिरहेको उनको भनाई छ । ‘नेपालको कफी विश्वमा बेष्ट मानिन्छ, सुन्तलाको धेरै सम्भावना छ, तर, त्यसमा लगानी गर्न हाम्रो मन ठूलो हुनु पर्यो, हाम्रा नेता ठीक हुनु पर्यो, ५ प्रतिशतमा  कृषि कर्जा कुनै देशमा छैन होला, तर नेपालमा पाइन्छ, नेपाल सरकारले कृषिका लागि दिएको जस्तो सुविधा विश्वमा कुनै पनि देशमा छैन, यो विषयलाई हामीले मनन् गर्नुपर्छ,’ उनले कार्यक्रममा भने । उनले आफ्नो व्यवसायिक योजना सुनाउँदै भने,‘जोन डियर अहिले नेपालमा नम्बर तीनमा छ, तर अब छिट्टै नम्बर वानमा पुग्छ, त्यसका लागि हामी तयार छौं, मेरो नयाँ पुस्ता तयार छ ।’ अध्यक्ष दुगडसँगै कार्यक्रममा आफ्नो धारणा राखेका उनका छोरा अर्थात एमभी दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगडले पनि आफुहरु बुबाले देखाएको बाटो समात्न तयार मात्रै होइन फिल्डमा पनि उत्रिसेकेको बताए । उनले कार्यक्रममा भने, ‘जोन डियरले भन्छ- जेनेरेसन टु जेनेरेस, आज म सेकेण्ड जेनेरेसनमा छु, जसले यो बिजनसेलाई अगाडि बढाइरहेको छ, पछि मेरो छोराले पनि यो बिजनेसलाई अगाडि लैजाने छ भन्नेमा पनि म विश्वस्त छु ।’ आफुहरुको मुख्य उद्देश्य नै सबैको जीवन माथि उकास्ने रहेको बताउँदै २००२ मा डिलर बनाउँदा जुन चुनौति र समस्याहरु थिए अब ती विस्तारै हट्दै जाने तर नयाँ चुनौतिहरू भने थपिदै जाने बताए । तर, चुनौतिहरुले थप काम गर्न बल प्राप्त हुने उनको भनाई छ । भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस्ः ‘कसरी राम्रो गर्ने भन्ने कुरालाई हामी ध्यान दिएर अगाडि बढिरहेका छौं, उनले आफ्नो बुबाको शब्द सापटी लिँदै भने,‘अरु ट्याक्टरले जे जस्तो काम तथा योजना गरेपनि हामी फरक सेवा सुविधा र शैलीका साथ बजारमा छौं, मेरो बुबाले जुन बाटो समात्नु भयो त्यसमा म गर्व गर्छु ।’ उनका अनुसार कम्पनीले कोभिड-१९ को महामारीमा पनि विदेशबाट विशेषज्ञहरु बोलाएर तालिम लिए । ‘नेपालमा जति ट्याक्टर कम्पनीहरु छन् तिनहरुमा हामी अब्बल छौं, साढे ५ सय जना ट्याक्टर डिभिजनमा कार्यरत हुनुहुन्छ, २३ वटा ब्रान्च नेपालमा खोलिसकेका छौं, यो जेनेरेसन टु जेनेरसनको सम्बन्धलाई अगाडि बढाउने प्रयत्नमा छौं, १० वर्षपछि पनि ४ पुस्ता लिएर हामी यसै गरी यस्तै कार्यक्रममा उपस्थित हुन्छौं,’ उनले गर्वका साथ भने । एमभी दुगड ग्रुप नेपालको पूरानो व्यवसायिक घरानामध्येको एक हो । हाल यो कम्पनीमा ३ हजारभन्दा बढी मानिसले रोजगारी पाएका छन् । ५५ वर्षभन्दा बढी व्यवसायिक अनुभव भएका दुगड हाल विभिन्न व्यापार व्यवसायमा संलग्न छन् भने उनी सनराइज बैंकका अध्यक्ष पनि हुन् । अहिले उनलाई उनका छोरा विवेकले व्यवसायमा साथ दिइहरेका छन् ।

जावाकाे बाइक किन्दा ज्याकेट तथा कस्टम हेल्मेट उपहार

काठमाडौं । दसैं तथा तिहारको अवसरमा जावाले नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत यस बाइकले आफ्ना नयाँ ग्राहकलाई प्रफेसनल राइडिङ्ग ज्याकेट ९तथा कस्टम जावा हेलल्मेट प्रदान गर्नेछ । जावा प्रोफेसनल राइडिङ्ग ज्याकेट वास्तवमै ४ वटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सिल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको कम्पनीले जनाएको छ । त्यसैगरी यसको कस्टम हेल्मेटले चालकलाई स्टाइलको साथ सुरक्षा समेत प्रदान गर्ने कम्पनीको दावी छ । लेजेन्डरी जावा बाइक दसकौं पहिलादेखि चेक कम्पनी जावा मोटोले निर्माण गर्दै आएको छ । यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो । नेपालमा जावा बाइक नेपालको स्थापित कम्पनी अग्नि मोटोइन्कले भित्र्याएको हो । आग्नि माटो इन्क अग्नि ग्रुप अन्तर्गत स्थपित भगिनी संस्था हो । नेपालभरि अग्नि मोटोइन्कको हाल १३ वटा डिलर नेटवर्क रहेका छन् ।

यामाहाको एमटी १५ बिएससिक्स नेपाली बजारमा

काठमाडौं । यामाहाको एमटी १५ बिएससिक्सको लामो प्रतिक्षा पछी नेपालमा आइपुगेकाे छ । एमटी १५ बिएसफोरले प्राप्त गरेको अपार सफलता पश्चात् यामाहाले नयाँ एमटी १५ बिएससिक्सलाई बजारमा ल्याएकाे हाे । यस बाइकमा सम्पूर्ण सुधारिएको एफआइ इन्जिन, एबिएस, असिस्ट सिल्पर कल्च, भिभिए, १४० एमएम रेडियल रियर टायर जडित छन् । यामाहाले यो नयाँ एमटि १५ बिएस ६ अझ धेरै नयाँ भेरियन्ट मा उपलब्ध गराएको छ । नयाँ एमटी १५ बिएससिक्स आइस फल्युड एण्ड नियन ग्रिन, मेटालिक बल्याक एण्ड भरमिलियन, डार्क म्याट ब्लु एण्ड नियन ग्रिन, मेटालिक बल्याक, डार्क म्याट ब्लु र आइस फल्युड एण्ड भरमिलियन कलर नेपालमा भित्राएको छ । कम्पनीले ‘यामाहम महा एक्सचेन्ज मेला’मा यसको लन्च गरी प्रि बुकिङ्ग भएको १८० बाइक पनि वितरण गरिसकेकाे छ । यामाहाले सन् २००५ मा निर्माण शुरु गरेको एमटी श्रृङ्खला यमाहाको नेकेड बाइक सिरिज परिवारको सदस्य हो । एमटीको यो श्रृङ्खला डार्क साइड अफ जापान नामले पनि परिचित छ । मास्टर अफ टर्कको विरासत सन् २००५ मा एमटी ०१ बाट शुरु भएको थियो । जुन हालसम्म पनि यामाहाले ग्लोबल्ली सफलतापूर्वक निर्माण र वितरण गर्दै आइरहेको छ । एमटी १५ श्रृङ्खलाका बाइकहरु सिटी/अर्बन स्पोर्टस बाइक हुन् ।