याे चाडपर्वमा रेनोकाे गाडी किन्दा ३ लाखसम्म फाइदा

काठमाडौं । नेपालमा रेनो गाडीहरुको अधिकारिक वितरक एड्भान्सड अटोमोबाइल्सले आफ्नो विशेष चाड योजना ‘रेनो शुभ कार–रम्भ’ को शुरुवात गरेको छ । दशैंतिहारलाई लक्षित गर्दै कम्पनीले ‘चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ’ याेजनाकाे सुरुवता गरेकाे हाे । यस अवसरमा रेनो गाडीको खरिदमा ग्राहकहरुले नगद ३ लाखसम्मको कुल फाइदा प्राप्त गर्न सक्ने छन् । ग्राहकहरु यस योजना अन्तर्गत सजिलो फाइनान्स, १ वर्षको निः शुल्क सडक कर, २ वर्षको लागी निः शुल्क सर्भिसिंग र ५ वर्षसम्म वारेन्टी जस्ता सेवाहरु पाउनेछन् कम्पनीकाे अनुसार यो योजना रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विड जस्ता रेनोका सबै भेरियन्टका गाडीहरुमा उपलब्ध रहनेछ ।

सप्तरीका शाह बने ‘टिभिएस ६ प्राइजको सपराइज’ मा १० लाख जित्ने पहिलो विजेता

काठमाडौं । दशैंतिहारलाई लक्षित गर्दै टिभिएसले ल्याएको टिभिएस ६ प्राइजको सपराइज योजना अन्तर्गत सप्तरीका राज कुमार शाहले १० लाख रुपैयाँ हात पारेका छन् । शाहले टिभिएस अपाचे आरटिआर १६० फोरभी किन्नु अगाडी ७ हजार पहिला नै हात पारिसकेका थिए भने खरिद गर्ने क्रममा १० लाख परिणामको धनरासी हात पारेका हुन् । ६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजना अन्तर्गत ग्राहकहरूले बिभिन्न टिभिएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुनेगरी विभिन्न आकर्षक तथा भव्य उपहारहरु प्राप्त गर्नेछन् । चाडपर्वको हर्षको समयमा ग्राहकको जीवनमा थप उत्साह भर्न यस योजनाले एक पटक, दुइ पटक मात्र नभएर पुरै ६ पटकसम्म प्राइज को सपराइज प्रदान गर्ने छ । यस योजना अन्तर्गत ग्राहकले किन्दै नकिनी http://tvsnepal.com/Dashainमा गएर १ लाख सम्म जित्न सक्नेछन् भने सवारी खरिद १० लाखसम्मको भारी नगद हात पार्न सक्नेछन् । यति मात्र नभएर दैनिक एक थान रियलटाइम सि २० स्मार्ट फोन पनि ग्राहकको लागि उपहार स्वरुप यस योजना अन्तर्गत राखिएको छ । यसैगरी यस योजनाले ग्राहकलाई हरेक हप्ता शत प्रतिशत क्यास ब्याकको अफर समेत राखेको छ, जसमा ग्राहकले सवारी खरिद गर्दा बुझाएको सम्पूर्ण रकम फिर्ता पाउनेछन् भने हरेक महिना टिभिएस अपाचे आरआर ३१० पाउने सुवर्ण अवसर समेत रहेको छ । यस योजनाको मुख्य सपराइज चाहिँ यसको बम्पर प्राइज नै रहेको छ, जहाँ १ जना भाग्यमानी ग्राहकले योजनाको अन्त्यमा टिभिएसको सवारीसँगै प्रोटोन सागा कार घर लैजाने छन् । योजना अवधी भरी सम्पूर्ण विजेताको छनौट प्रत्यक्ष गोलाप्रथामार्फत हरेक आइतबार साँझ ७ बजे हिमालयन टीभीबाट प्रशारण गरिन्छ ।  

भृकुटीमण्डपमा यामाहाको महा एक्सचेन्ज मेला सुरु, कुनै पनि पुरानाे बाइक साट्न पाइने

काठमाडाैं । नेपालको लागि यामाहा मोटरसाइकलकाे आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले यो वर्षको दशैं तिहार लक्षित गरेर पुरानो बाइक एक्सेञ्ज गरी नयाँ यामाहा बाइक वा स्कूटी घरमा भित्राउने महामेला आयोजना गरेकाे छ । आजबाट सुरु भएकाे मेला असोज १५ गतेसम्म भृकुटीमण्डपमा हुने कम्पनीले जानकारी दिएकाे छ । पुराना कुनै पनि ब्राण्डका बाइक तथा स्कूटीहरुसँग सट्टापट्टा गर्ने समेत सुविधा भएको उक्त महामेलामा कुनै पनि पुरानो बाइकको मुल्य बजारमा प्रचलित रहेको भन्दा १० हजार रुपैयाँ बढी मुल्याकन गरिने ग्यारेन्टी रहेको कम्पनीले जनाएकाे छ । साथै मेलामा हरेक दिन टेस्ट राइड गर्नेहरुमध्येबाट एकजनालाई सुन उपहारको व्यवस्था गरिएको छ धने शुन्य प्रतिशत ब्याजदर, न्यून डाउनपेमेन्ट र न्यून मासिक किस्तासहितको अन द स्पट फाइनान्सको सुविधा पनि उक्त महामेलाको प्रमुख आकर्षण रहने कम्पनीले जानकारी दिएकाे छ । यामाहाका ग्राहकहरुलाई प्रदान गरिने उपहार सुविधाका बाहेक यस मेलामा नेपाली बजारमा अत्यन्त लोकप्रिय रहेको एफ जेड भि ३ को यामाहा बाइक नयाँ प्रविधि एक्स कनेक्टका साथ पेश गरिने छ ।