बिग, बोल्ड र आकर्षक निशान म्यागनाईट नेपालमा लन्च हुँदै

काठमाडाैं । नेपालमा निशान गाडीका अधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनि पायोनियर मोटो कर्पले फाल्गुन १० गते निशानको नयाँ एसयुभी गाडि निशान म्यागनाईटको मुल्य सार्वजनीक गर्ने भएको छ । नयाँ म्यागनाईट गाडी देशभरका सोरुमहरुमा उपलब्ध गराईने कम्पनीले जनाएकाे छ । पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक संदीप कुमार शारदाका अनुसार बिग, बोल्ड, आकर्षक र क्यारिसम्याटिक एसयुभी विशेष आकर्षक मूल्य र अन्य थुप्रै अफर हरुका साथ आउने छ । निशानले आफ्नो उत्पादकत्वको विकास गर्दै मेक इन इण्डिया, मेक फर वल्ड एसयूभीलाई विश्वभरी नै आरम्भ गरीरहेको अवस्थामा नेपाल पहिलो अन्तराष्ट्रिय बजार भएकाे छ ।  

स्याकार ट्रेडिङ्गले लन्च गर्याे एस.जे. मोटो सुपरबाइक

काठमाडौं । स्याकार ट्रेडिङ्ग कम्पनीले एस.जे. मोटो सुपरबाइक लन्च गरेकाे छ । विगत ५० वर्षभन्दा बढी समयदेखि नेपालको आर्थिक विकासमा धेरै थोरै भए पनि योग्दान पुर्याउँदै आएको कम्पनीले यही माघ ३० गते उक्त बाइक लन्च गरेकाे हाे । कम्पनीका संचालक सौरभ ज्योतिले मोटरसाइकल पारखीहरुलाई एक पृथक अनुभव प्रदान गर्नका लागि एस.जे. मोटोको स्थापना गरेका हुन् । उक्त एस.जे. मोटोमा सुपरबाइकहरुका साथै नेपालको इतिहास बोकेका केहि ऐतिहासिक मोटरसाइकहरुको संकलन गरिएको छ । मोटरसाइकल पारखीहरुले उक्त ठाउँमा सुपरबाइकहरु अवलोकन गर्नुका साथै सोही ठाउँमा रहेको क्याफेमा कफि र नेपालको संस्कृति झल्कने खानेकुराहरुको पनि आन्नद लिन सक्नेछन् । नेपालकै नौलो र पृथक मोटरसाइकल ग्यालरी एवं क्याफेको रुपमा स्थापित यस एस.जे. मोटो को रिटेल सेक्सन मार्फत ग्राहकले नयाँ तथा रिकन्डिसन सुपरबाइकहरु खरिद गर्नुका साथै विभिन्न ब्राण्डका अफिसियल मर्कन्डाइज लुगा लगायत मार्बल तथा डि सि का सामानहरु समेत खरिद गर्न सक्नेछन् । आफ्नो रहरलाई यथार्थमा परिणत भएको खुसीमा सौरभ ज्योति भन्छन्, “विगत २५ वर्षदेखि मैले मेरो रहरहरु संगाल्दै आएको छु । आजको दिनसम्म आइपुग्दा मैले नयाँ प्रविधिमा आधारित मोटरसाइकलहरु र नेपाली इतिहास बोकेका ऐतिहासिक मोटरसाइलहरुमा लगानी गरेको छु । मेरो जस्तै कथा तपाईंहरुको पनि होला, मेरो जस्तै रहर तपाईंहरुको पनि होला त्यसैले तपाईंहरु जस्तै मोटरसाइल पारखीको लागि खुलेको हो एस.जे. मोटो ।”

टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं ।  ‘भ्यालेन्टाइन डे’ को अवसर पारेर सिभिल मलमा टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसंग सहकार्य गरेर टिभीएस एनटर्क १२५ को एक विशेष सुपरस्क्वाड संस्करण शुरु गरेको छ जुन आइकोनिक मार्भल सुपर हीरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कूटर हो । सुपरस्क्वाड संस्करण क्रमशः आइरन म्यान, ब्ल्याक प्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित तीन आर्कषक रंग इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक, र कम्ब्याट ब्लूमा उपलब्ध छन् । यो संस्करणले उत्पादनको डिजाइन मार्फत प्रत्येक मार्भल सुपर हीरोसँग सम्बन्धित उत्तम सुक्ष्म भेदहरु ल्याउँदछ । सुपरस्क्वाड लोगो र आइकनिक अभेन्जरको “ए” स्पष्ट रूपमा फ्रन्ट प्यानल, लेग शिल्ड, र स्पीडोमिटर मुनि राखिएको छ । स्टिल्थ ब्ल्याक ब्ल्याक प्यान्थरबाट प्रेरित, यो संस्करण पर्पलको विविध रङको साथ जेट ब्लयाक रंगमा आउँछ । डेकल्सको ठूलो हिस्साको रूपमा स्कुटरमा ब्ल्याक प्यान्थर सूटका तत्वहरू छन् । सरगमीहरूका लागि थुप्रै सरप्राइजहरु ल्याउँदै यसले वकान्डाको सदाबाहार सिग्नेचर सलूट र उक्त क्यारेकटरको मार्भल यूनिभर्स्मा शुरुवात भएको वर्षलाई संकेत गर्ने नम्बर ६६ (१९६६) पनि समावेश गरिएको छ । इन्भिन्सिबल रेड आइरन म्यानबाट प्रेरित भएर, यस डेकल्सले उसको रेड र गोल्ड सूटको झल्काउदै यसलाई स्टेलर लुक दिन्छ । आइरन म्यान हेलमेट लेग शिल्डमा एम्बोस गरिएको छ, र आर्क रिएक्टर दुबै प्यानलमा छ । सरगमीहरूका लागि दुबै प्यानलहरूमा एक्सएक्सआईएक्स एन्क्रिप्शन मार्क गरिएको छ जसले फिडलरलाई दर्शाउँछ र आइरन म्यानको २९औं सूट साथै उक्त क्यारेकटरको मार्भल यूनिभर्स्मा शुरुवात भएको वर्षलाई दर्साउने नम्बर ६३(१९६३) रहेको छ । कम्ब्याट ब्लू क्याप्टेन अमेरिकाबाट प्रेरित, स्कूटरले पहिलो एभेन्जरसँग सम्बन्धित नीलो, सेतो, रातो कलर टोनमा आउँछ । उक्त क्यारेक्टरमा अटल रहदैं, यसमा नम्बर ४१ (१९४१० रहेको छ जुन क्याप्टेन अमेरिकाको मार्भल यूनिभर्स्मा शुरुवात भएको वर्षलाई नम्बर हो । शिल्ड स्कुटरको फ्रन्टमा छ र यो संस्करणको दुबै प्यानलमा गर्वका साथ सुपर सोल्जर राखिएको छ । सुपरस्क्वाड संस्करणको टिभीएस कनेक्ट एप स्मार्टएक्सनेक्ट द्वारा संचालित छ र क्यारेक्टरहरूद्वारा प्रेरित कस्टुमाइज्ड् यूजर इन्टरफेस (यूआई) को साथ आउँदछ । एप सम्बन्धित पात्रहरूको सिल्हूटसँग खुल्छ र त्यसपछि क्याप्टेन अमेरिकाको शिल्ड, आइरन म्यानको सूट र ब्ल्याक प्यान्थरको आँखाको साथ क्यारेक्टर क्रिष्टको साथ महत्वपूर्ण तत्वहरू एप इन्टरफेसमा एकरूप छन् । प्रत्येक एप स्क्रीन सुपर हीरो को एक अद्वितीय चरित्र विशेषता संग चयन गरिएको छ, जसले यसलाई एक पूर्ण मार्भल अनुभव दिन्छ । नयाँ स्कूटर सार्वजनिक कार्यक्रममा बोल्दै टिभीएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका कार्यकारी उपाध्यक्ष आर दिलीपले भने, “टिभीएस एनटर्क १२५ ले नेपालमा सार्वजनिक भएदेखि नै आफ्नो बेजोड स्टाइल, उत्कृष्ट रेसिंग प्रेरित पर्फमेन्श र अन्य स्कुटरमा नभएको ब्लुटुथ टेक्नोलोजील र हामी मार्भल यूनिर्भस्प्रति एक मजबुत आकर्षण भएका हाम्रा नयाँ जेनेरेसनका ग्राहकहरुका लागि विकसित गर्न र उनीहरुको खुशी खोज्न जारी राख्दछौं । टिभीएस एनटर्क १२५ को मार्भल अभेन्जर्सबाट प्रेरित सुपरस्क्वाड संस्करणको सुरूवातसँग नयाँ रेकर्ड बन्नेछ । हामी विश्वस्त छौं कि सुपरस्क्वाड संस्करण ब्लकबस्टर हुनेछ ! ” जेएमपीएलका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नयाँ उत्पादनको सार्वजनिक गर्दै भने, “हामी जेएमपीएलमा नेपालमा रहेका हाम्रा बहुमूल्य ग्राहकहरूका लागि सबैभन्दा नवीन र सेगमेन्टकै उत्कृष्ट उत्पादनहरू ल्याउन प्रतिबद्ध छौं । टिभीएस एनटर्क १२५ नेपालको प्रिमियम सेग्मेन्टमा सर्वाधिक बिक्री र रुचाईएको स्कूटर हो । नयाँ टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण जेन जेडको लोकप्रिय टिभीएस एनटर्क १२५ को लागी “वाहु फ्याक्टर” सिर्जना गर्ने उद्देश्य राखेको छ । हामी विश्वस्त छौं कि यसले नेपालमा हाम्रा ग्राहकहरुलाई खुशी पार्नेछ ।”