मोटरहेडको नयाँ माेटरसाइकल टेक्केन आर २५० नेपाली बजारमा, मूल्य ४ लाख ताेकियाे
काठमाडौं । एसएलआर टेक्नो एण्ड ट्रेडले मोटरहेडको नयाँ मोटरसाइकल टेक्केन आर २५० को नेपालमा बिक्री सुरु गरेको छ । कम्पनीले शुक्रबार उक्त मोटरसाइकल नेपालमा सार्वजनिक गर्दै बिक्री सुरु गरेको हो । यस मोटरसाइकलको शुरुवात मूल्य ४ लाख ५ हजार रुपैयाँ तोकिएको छ, जुन कम्पनीको अनुसार सीमित समय अवधिको लागी मात्र उपलब्ध हुनेछ । यो दुई आकर्षक रंग र ग्राफिक्समा उपलब्ध छ । यसमा २२३ सीसी क्षमताको इन्जिन रहेको छ भने यो बाइकले अधिकतम १२.५ किलोवाट पावर र टर्क १७ एनएम दिने बताइएको छ । एसएलआर टेक्नो एण्ड ट्रेड (एसजी समूहको एक सहायक कम्पनी) मोटरहेड मोटरसाइकलको नेपालको लागी अधिकृत विक्रेता हो, जसले विश्वमै परिचित अफ रोड मोटरसाइकलहरु चीनबाट आयात गर्दछ । एसएलआर टेक्नो एण्ड ट्रेडले मोटरहेड ब्रान्ड ५ वर्षदेखि नेपालको दुईपांग्रे बजारमा– डर्ट सेगमेन्टको रूपमा परिचित गराएको छ । त्यसबाहेक, कम्पनीले क्रसओभर र स्क्रयाम्बलर सेगमेन्टहरुलाई पनि नेपालमा लोकप्रिय बनाउन सफल भएकाे छ । मोटरहेडको हाल प्रमुख शहरहरुमा थ्रीएस सुविधा (बिक्री, सेवा र स्पेयर) सहित १४ वटा डिलर आउटलेटहरु छन् । धोबीघाट –३, ललितपुर कलंगा कम्पलेक्स परिसरमा यसको कर्पोरेट शोरूम रहेको छ । कम्पनीले भर्खरै धादिङ्ग, मन्थली र कावाशोतीमा ३ अतिरिक्त थ्रीएस आउटलेट ल्याएको छ ।
भृकुटीमण्डपमा टिभिएस् ग्राण्ड दशैं एक्सचेन्ज मेला सुरु, १० लाखसम्म जित्न सकिने
काठमाडाैं । भृकुटीमण्डपमा आजबाट टिभिएस् ग्राण्ड दशैं एक्सचेन्ज मेला सुरु भएकाे छ ।नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सकाे अनुसार उक्त मेला असोज ६ गतेसम्म संचालन हुनेछ । यस दशैं ग्राण्ड एक्सचेन्ज मेलाको उद्घाटन शंकर ग्रुप तथा जगदम्बा मोटर्सका अध्यक्ष शाहिल अग्रवालले गरेका थिए । यस एक्सचेन्ज मेलामा उपहारको वर्षाको साथै ग्राहकले कुनै पनि कम्पनिको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्नेछन् । यस एक्सचेन्ज मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्यभन्दा थप १० हजारसम्म मुल्याङ्कन पाउने छन् । त्यस्तै नयाँ सवारी खरिद नगरी १ लाखसम्म र किनिसकेपछि १० लाख सम्मको आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् र त्यसको लागि नयाँ सवारी किन्न इच्छुक ग्राहकले http://tvsnepal.com/Dashain मा जानु पर्ने हुन्छ। यसैगरी ० प्रतिशत व्याजदरको विशेष सुविधाका कारण यो मेला किस्ताबन्दीमा सवारी किन्न चाह्नेका लागि समेत उत्साहजनक रहेको छ । यस अफरमा प्रि-बुकिङ् गरे मात्र पनि ग्राहक हरुको लागि २ हजार बराबरको आकर्षक उपहारको पाउनेछन् । यस योजनाको मुख्य आकर्षण भने एक्सचेन्जमा ईएम्आइ अफर रहेको छ जहाँ ग्राहकले कुनै पनि कम्पनिको पुरानो मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको मुल्याङ्कन बराबरको रकम डाउन पेमेन्ट स्वरुप तिरेर बाँकी रकम इएमआइको सुरुवाती दर ५ हजार ९९९ रुपैयाँ मासिक रुपमा तिरेर नयाँ मोटरसाइकल वा स्कुटर घर लैजान सक्नेछन् । यस अफरले पुरानो सवारीको सट्टा नयाँ सवारी घर लैजान इएम्आइ र क्यास दुवैको माध्यमबाट विकल्प ल्याएकाे छ । त्यसका साथै यस एक्सचेन्ज अफरमा टेस्ट राइड गरेमात्र पनि ग्राहकले पक्का उपहार प्राप्त गर्ने छन् । नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न सफल भएको छ ।
असोज दोस्रो सातादेखि अग्रिम टिकट खुलाइने
काठमाडौं । सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्ष गरी यही १०÷११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको छ । यही असोज २१ गते घटस्थापनाभन्दा १०/११ दिन पहिल्यै टिकट खुलाउने गरी छलफल भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले प्रत्येक वर्ष यातायात व्यवसायीसँग समन्वय गरी अग्रिम टिकट खुलाउने गर्दै आएको छ । अग्रिम टिकट खुलाउनका लागि पटकपटक छलफल भइरहेकाले आउँदो सातासम्म निर्णय भइसक्ने विभागका प्रवक्ता डा लोकनाथ भुसालले जानकारी दिए । उनका अनुसार गत साता यातायात व्यवसायीसँग दुईतीन चरणमा भएको छलफलका आधारमा आउँदो सातासम्म कति सङ्ख्यामा टिकट खुलाएर कसरी यात्रुलाई सुरक्षितरुपमा गन्तव्यसम्म पु¥याउने भनी निर्णय हुनेछ । सङ्घीय सरकारले पछिल्लो पटक गत असार २७ गते भाडादर समायोजन गरेको थियो । त्यसै आधारमा सबै प्रदेश सरकारले र स्थानीय तहले भाडा समायोजन गर्नुपर्नेमा अझै गरिसकेका छैनन् । व्यवसायीले भाडादर समायोजन चाँडो गर्न माग गर्दै आएका छन् । भाडा समयोजनको विषयले अग्रिम टिकट खुलाउन र यात्रुलाई समयमै घर पुग्न समस्या नहुने प्रवक्ता डा भुसालले जानकारी दिए । उनका अनुसार लामो दूरीका बाटामा सङ्घीय सरकारले निर्धारण गरेको नयाँ भाडादरका आधारमा हुने तथा मध्यम दूरीमा तत्काल समायोजन भएमा नयाँ भाडादर र नभएमा पुरानै भाडादरमा टिकट काटिनेछ । उनले भने, “प्रदेशका भाडाका विषयमा विभाग बोल्न मिल्दैन तर समयमै टिकट खुलाउन समस्या हुने छैन ।” कोभिड सङ्क्रमणको जोखिम अझै रहेकाले त्यसको असर चाडपर्व लक्षित टिकटमा पर्ने देखिएको छ । जे जसरी भए पनि यात्रुलाई सजिलै घर जान पाउने व्यवस्था मिलाइने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताउँछन् । “गत आवमा अग्रिम टिकट नखुलाएर पनि फर्कन चाहनेलाई व्यवस्था मिलाइएको थियो । यस वर्ष पनि सबैलाई घरघरमा पु¥याइनेछ,” उनले भने ।