होण्डाले सार्वजनिक गर्यो सेकेण्ड जेनेरेशन एक्टिभा १२५
काठमाडौँ । होण्डा टू व्हिलर इन्डियाले आज भारतीय बजारमा एक्टिभा १२५ को सेकेण्ड जेनेरेशन आधिकारिक रुपमा लञ्च गरेको छ । यो स्कुटर होण्डाको पहिलो बीएस६ कम्पाइल्ड इञ्जिन भएको पहिलो मोडल पनि हो । लञ्च भएसँगै यो नयाँ एक्टिभा भारतीय बजारमा स्ट्याण्डर्ड, अलोए र डिलक्स गरी ३ अलग अलग भेरियन्टमा उपलब्ध भएका छन् । भारतीय बजारमा एक्टिभा स्ट्याण्डर्डको मूल्य रु.६७,४९० तोकिएको छ भने अलोए र डिलक्सको मूल्य क्रमशः रु.७०,९९० र रु.७४,४९० तोकिएको छ । ४ नयाँ कलर अप्सन्समा उपलब्ध भएको एक्टिभा १२५ बीएस६ मा सार्पर लुकिङ्ग हेडलाइट, एग्रेसिभ फ्रन्टइन्ड र पहिलेभन्दा फरक किसिमले डिजाइन गरिएको एप्रोनको रुपमा केहि कस्मेटिक चेञ्जहरु पनि गरिएका छन् । यस स्कुटरमा दिइएको १२४ सीसीको बीएस६ इञ्जिनले ८.१ एचपीको पावर र त्यसैगरी १०.५ एनएमको टर्क प्रोड्यूस गर्दछ । यो पावर फस्र्ट जेनेरेशन एक्टिभाको भन्दा थोरै हो र यसो हुनुको कारणमा अहिलेको मोडलले फ्यूल इन्जिेक्टेड इञ्जिन प्रयोग गर्नुलाई मानिएको छ । कम्पनीले भने यो इञ्जिनले पहिलेभन्दा राम्रो माइलेज दिनेछ भनी क्लेम गरेको छ । भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार होण्डा एक्टिभा १२५ बीएस६ मा नोइजलेश स्टार्टर सिस्टम, रियलटाइम फ्यूल इफिसियन्सी र रेञ्ज इन्फर्मेशनसमेत डिस्प्ले गर्ने डिजिटल–एनालग इन्स्ट्रुमेन्ट कन्सोल, आइडल स्टार्ट–स्टप सिस्टम, साइड स्ट्याण्ड इञ्जिन किल सिस्टम, फ्रन्ट ग्लोव बक्स र एक्स्टर्नल फ्यूल फिलर क्याप लगायतका नयाँ फिचरहरु समावेश गरिएका छन् ।
टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसन नेपाली बजारमा
काठमाडौँ । टिभिएस मोटर कम्पनीले उत्कृष्ट मोडल टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसनलाई नाडा अटो शो २०१९ को दौरान नेपालमा सार्वजनिक गरेको छ । टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसन टिभिएस रेसिङ्ग परम्पराको गौरवमय ३७वर्षको एक घनीभूत विश्वमै लोकप्रिय उपलब्धि हो र युवा पुस्ताहरुमा यसलाई लक्षित गरिएको छ । अभूतपूर्व रेसिङ्ग डिकल्स, थ्रीडि लोगो, चमकदार रङ्गहरु एवं स्पिड मिटरको नवीन डायलले यो मोटरसाइकललाई एक स्टाइलिस ढाँचा प्रदान गरेको छ । यसैगरी उच्चग्रिप टायरहरुका साथ पांग्रामा भएको नयाँ पिन स्ट्राइपहरु, डबल डिस्क ब्रेकहरु र एक शक्तिशाली इन्जिनले बाइक चालकलाई रेसिङ्ग अनुभूतिमा कुनै सम्झौता नगरेरै बाइक चलाउने अनुभव प्रदान गर्दछ । टिभिएस मोटर कम्पनी, अन्तर्राष्ट्रिय बिजनेसका कार्यकारी उपाध्यक्ष आर.दिलिपले ग्राहक आधारको एक महत्वपूर्ण हिस्सा युवा भएको हुँदा टिभिएस मोटर कम्पनीका लागि नेपाल एक संवेदनशील बजार भएको बताए । सोहीअवसरमा जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले “नेपालमा टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसन भित्राउन पाएकोमा हर्षित भएको बताए । टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसन सबै टिभिएस जगदम्बा शोरुमहरुमा उपलब्ध हुनेछ । यसको हालको बजार मुल्य रु.२,६४,९००/-रहेको छ ।
कार किन्नुभयो ? अब जान्नुस् त्यसलाई मेन्टेन गर्ने ५ तरिका
काठमाडौँ । हरेक कार मालिकले यहि चाहन्छन् कि आफ्नो कार लामो समयसम्म पनि दुरुस्तै बनिरहोस् । तर, चाहेर मात्र हुँदैन, कारलाई मेन्टेन गर्ने केहि तरिकाहरुको पनि ज्ञान हुनु आवश्यक हुन्छ । यदि तपाईं पनि यस्तै चाहना गरिरहनु भएको छ, तर कारलाई मेन्टेन गर्ने तरिकाहरुको बारेमा राम्रो छैन भने तपाईंको कार नयाँबाट पुरानो हुन धेरै समय लाग्दैन । आज हामीले कारलाई मेन्टेन गर्ने ५ तरिकाहरु लिएर आएका छौं, जुन तपाईंका लागि पनि लाभदायी सिद्ध हुन सक्छ । आउनुस् जानौं यी ५ तरिकाहरुका बारेमा: ब्याट्रीको जाँच कारको लाइट, स्टार्टर मोटर, हर्न लगायतका विभिन्न इलेक्ट्रिक सिस्टमहरु ब्याट्रीमै निर्भर गर्ने भएको हुनाले कारको ब्याट्री राम्रो अवस्थामा हुनु जरुरी हुन्छ । त्यसैले तपाईं पनि ब्याट्रीमा चार्ज छ छैन भन्ने तर्फ सचेत रहनुहोस् र ब्याट्रीमा एसिडको मात्रा पनि के कति छ भन्ने तर्फ विचार पु¥याउनुहोस् । विज्ञहरुले हरेक २ देखि ३ वर्षमा कारको ब्याट्री चेञ्ज गर्दा ब्याट्रीको कारण बेहोर्नुपर्ने झन्झटबाट मुक्त हुन सकिन्छ भनी बताउँदै आएका छन् । एयरफिल्टरको सफाई कारको इञ्जिन चल्ने भनेको फ्यूल र एयरको मिक्स्चर बर्न भएर हो । एयर फिल्टरले इम्पियोर एयरलाई पियोर अर्थात् शुद्ध बनाएर इञ्जिनमा बर्न हुनका लागि पठाउने गर्दछ । यसले इञ्जिनलाई स्मूथ बनाइरहन समेत मद्दत पु¥याउँछ । यो क्रममा फिल्टरमा धेरै फोहोरहरु जम्मा भएर फिल्टरको जालीहरु ब्लक भएका हुन सक्छन् । यसै कारणले गर्दा समयसमयमा एयर फिल्टरलाई सफा गर्न तर्फ ध्यान पु¥याउने गर्नुहोस् । टायर प्रेसरको जाँच टायरको प्रेसरले कम्फर्ट लेभल र ड्राइभको क्वालिटी राम्रो बनाउने भएकाले यसको मात्रा सहि हुनु जरुरी हुन्छ । यदि मात्रा सहि छ भने टायरले राम्रो ग्रिप प्रदान गर्छ र जसले ब्रेकिङ्गलाई समेत राम्रो बनाउँछ । त्यसैले यात्रा गर्नु अघि वा यात्रा गरिसकेपछि तपाईं पनि चारओटै टायरको प्रेसर चेक गर्ने गर्नुहोस् । स्मरण रहोस्, कारका लागि सहि टायर प्रेसर भनेको ३० देखि ३५ पीएसआई हो । इञ्जिन आयलको अवस्था इञ्जिन र गियरलाई लुब्रिकेट गराउने काम भनेको इञ्जिन आयलको हो । लुब्रिकेट गराउनु भन्नाले इञ्जिन र गियरलाई सुक्खा हुन नदिनु भन्ने बुझिन्छ । इञ्जिन आयलको प्रयोग नगरिँदा इञ्जिन र गियरका पार्टस्हरुमा घर्षण उत्पन्न हुनगई चाँडै बिग्रन सक्दछन् । तसर्थ आफ्नो कारमा इञ्जिन आयल चेञ्ज गर्ने वेला भएनभएको वारे ध्यान दिने गर्नुहोस् । ब्रेकिङ्ग सिस्टमको जाँच ब्रेकमा आएको समस्याका कारण दुर्घटना भएका समाचार हामिले सुन्दै आइरहेका छौं । यस्ता दुर्घटनाबाट बच्नका लागि आफ्नो सवारीको ब्रेकिङ्ग सिस्टमले राम्रोसँग काम गरिरहेको छ भन्ने कुराको यकिन गरेर मात्र सवारी चलाउने गर्नुहोस् । कारको सन्दर्भमा कुरा गर्नुपर्दा चाहिँ ब्रेकिङ्ग प्याड फेर्नुपर्ने वेला भए नभएको, ब्रेक फ्लुइडको मात्रामा कमी आए नआएको लगायतका कुराको जाँच गरिराख्नु पर्ने हुन्छ ।