नेपालमा पाँच महिनामै ७०० युनिट बिक्री भयो हुण्डाइको ‘भेन्यु’ एसयूभी, सुरुवाती मूल्य ३४ लाख ९६ हजार

काठमाडाैं । हुण्डाईको ‘भेन्यु’ नेपाली अटोमोवाइल बजारमा प्रशिद्ध नाम हो । हुण्डाइको नेपालका लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाली बजारमा भेन्युको इ, एस, एसएक्स र एसएक्स डिसिटि गरी ४ अलग भेरियन्टहरु बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले भेन्युको सुरुवाती मूल्य भने ३४ लाख ९६ हजार रुपैयाँ तोकेको छ । हुण्डाईको एसयूभी चढ्ने चाहना त हुने तर क्रेटा अलि महँगो लाग्नेहरुका लागि भेन्यु एउटा राम्रो विकल्प बनेको छ । नेपाली बजारमा क्रेटाको मूल्य ४७ लाख रुपैयाँ बाट शुरु छ । कम्पनीका अनुसार नेपाली बजारमा भेन्यु भित्र्याएको अहिले ५ महिना पूरा भयो भने हालसम्म ७०० युनिट जति बिक्री पनि भइसकेको छ । भेन्यु एउटा ५–डोर सबकम्प्याक्ट एसयूभी हो । यस कारमा प्रोजेक्टर फग ल्याम्प, इलेक्ट्रिकली अपरेट गर्न मिल्ने आउटसाइड रियर भ्यू मिरर, स्मार्ट इलेक्ट्रिक सनरुफ, एयर प्युरिफायर, वायरलेस फोन चार्जर, रियर एसी भेन्ट्स, ग्लोभबक्स कुलिङ्ग, आर्मरेस्ट, मल्टिफङ्कसन स्टेयरिङ्ग लगायतका फिचरहरु समावेश गरिएको छ । त्यसैगरी सेफ्टी फिचर्सका रुपमा चाहिँ ड्राइवर र पेसेन्जर एयरब्याग्स, एबीएस, इलेक्ट्रोनिक ब्रेकफोर्स डिष्ट्रिब्युसन, इञ्जिन इमोविलाइजर, सेन्ट्रल लकिङ्ग, चाइल्ड सेफ्टी लक, पावर डोर लक, अटो क्र्यास नोटिफिकेशन, हाइ स्पिड अलर्ट, आइडल अलर्ट, इम्प्याक्ट सेन्सिङ्ग अटो डोर अनलक, सिटबेल्ट रिमाइन्डर, स्पिड सेन्सिङ्ग अटो डोर, हिल एसिस्ट लगायतका विशेषता रहेका छन् । भेन्यूमा प्रयोग गरिएको ११९७ सीसी पेट्रोल इञ्जिनले ८२ बीएचपीको पावर र ११५ एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी यस कारमा ५ गियरहरु रहेका छन् भने कारले १७.५० केएमपीएलको माइलेज दिन्छ । ५ सिटर यस कारको ग्राउण्ड क्लियरेन्स १९५ मिलिमिटर, बुट स्पेश २९५ लिटर र फ्युल ट्याङ्क क्यापासिटी चाहिँ ४५ लिटरको रहेको छ । त्यसैगरी यस कारका आगाडिका चक्काहरुमा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएका छन् । कम्पनीका अनुसार अहिलेको विशेष अफर अन्तर्गत यस कारको खरिदमा १ लाख ५० हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सकिनेछ । नेपाली बजारमा उपलब्ध भेन्युका भेरियन्टहरुको मूल्य भने यस प्रकार रहेको छः

होण्डाको विश्व चर्चित् ‘गोल्डविङ्ग’ नेपाली बजारमा, मूल्य ६६ लाख ९९ हजार, यस्ता छन् विशेषता

काठमाडाैं । होण्डाको नेपालका लागि आधिकारीक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले ‘गोल्डविङ्ग’ नामक मोटरसाइकल नेपाल भित्र्याएकाे छ । नेपाली बजारको लागि विल्कुलै नयाँ मोटरसाइकल ‘गोल्डविङ्ग’ एउटा टुरिङ्ग मोटरसाइकल हो । होण्डाको सबैभन्दा महँगो मोडेलको रुपमा रहेको गोल्डविङ्गको नेपाली बजार मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । होण्डा नेपालका अनुसार नेपालमा हाल गोल्डविङ्गको एउटा मात्र पिस उपलब्ध रहेको छ । सन् १९७४ मा उत्पादन गरिएको गोल्डविङ्ग नर्थ अमेरिका, वेष्टर्न युरोप, अष्ट्रेलिया र जापान लगायतका ठाउँहरुमा निक्कै चर्चित् छ । एकदमै लक्जरियस मानिने यस मोटरसाइकलमा आधुनिक प्रविधि पनि उत्तिकै जडान गरिएका छन् । गोल्डविङ्गमा एप्पल कारप्ले, ७-स्पिड अटोमेटिक डुअल क्लच ट्रान्समिशन, किलेस स्टार्ट, रिभर्स गियर लगायतका फङ्कसनहरु समावेश छन् । डुअल क्लच ट्रान्समिशनले गर्दा बाइकमा क्लच पेड र गियर पेडलको आवश्यकता विनानै चालकले अटोमेटिक नै गियर परिवर्तन गर्दछ । त्यसैगरी बाइकमा इको, रेन, टुरिङ्ग र स्पोर्ट गरी ४ अलग राइडिङ्ग मोडहरु समावेश छन् । गोल्डविङ्गमा हिटरमार्फत् न्यानो बनाउन मिल्ने सिट पनि समावेश छ । गोल्डविङ्गको इन्स्ट्रुमेन्ट कन्सोल निकै एडभान्स रहेको छ । यसमा गति, इन्धनको मात्रा, इञ्जिन तापक्रम, ट्रिपमिटरका साथै वातावरणको तापक्रम, क्रुज कन्ट्रोल स्पिड, हिटरको अवस्था लगायत पनि हेर्न सकिन्छ । त्यसैगरी यो मोटरसाइकलको विन्डस्क्रिनलाई बटन मार्फत् आफ्नो आवश्यकता अनुसार एड्जस्ट समेत गर्न मिल्ने बनाइएको छ । इञ्जिन तर्फ चाहिँ यस मोटरसाइकलमा १८३३ सीसीको ६ सिलिण्डर लिक्विड कुल्ड इञ्जिन जडान गरिएको छ जसले १२५ बीएचपीको पावर र १७० एनएमको टर्क उत्पादन गर्दछ । गोल्डविङ्गलाई होण्डाको कान्तिपथ स्थित शोरुममा राखिएको छ । कम्पनीका अनुसार उक्त शोरुममा सो मोटरसाइकल हेर्नका लागि दैनिक धेरैको संख्यामा मानिसहरु आउने गरेका छन् ।

यामाहाले शुरू गर्दै नयाँ अभियान, बाइककाे एफआइ प्रविधि र कार्बरेटर बारे जानकारी दिने

काठमाडौं । यामाहा टू ह्वीलर्सको आधिकारीक वितरक मोरङ अटो वक्र्स इन्टरप्राइजेजले नयाँ अभियान शुरू गर्ने भएकाे छ । इन्टरप्राइजेजले मोटरसाइकलमा प्रयोग गरिने फ्युल इन्जेक्टेड (एफआइ) प्रविधि र कार्बरेटरमा यसले दिने फाइदाहरुका सम्बन्धमा जनचेतना अभिवृद्धि गर्न एक जानकारीमूलक उक्त अभियानको थालनी गर्न लागेकाे हाे । फ्युल इन्जेक्टेड(एफआइ) इन्जिन र धेरैजसो दुई पाँग्रे सवारी साधनहरुमा यो प्रविधि जडान गरिएका छन् । यो प्रविधि कार्बरेटरको स्वचालित संस्करण एवं अत्याधुनिक प्रविधि हो, जसले मोटरसाइकलमा जडान गरिएको यसको ८ सेन्सरहरु (क्र्यान्क अवस्था सेन्सर, कूल्यान्ट तापमापक सेन्सर, इन्टेक एयर प्रेसरसेन्सर, थ्रोटल अवस्था सेन्सर, ओटू सेन्सर, लीन एँगल सेन्सर र स्पीड सेन्सर) को मद्दतले काम गर्ने गर्दछ, जहाँ इसियु मोनिटरहरुले डाटा प्राप्त गर्दछन् र सोही बमोजिम कारवाही प्रक्रिया शुरु गर्दछ । अन्ततः मानव शरीरमा रहेका दिमाग र इन्द्रियहरु झैं मोटरसाइकललाई उत्कृष्ट प्रतिक्रिया प्रदान गर्छ । यद्यपि यामाहाले यो प्रविधिलाई एक दशकभन्दा अघि सन् २००८ को शुरुदेखि नै आफ्नो यामाहा आर १५ को पहिलो उत्पादनबाटै भित्र्याइसकेको हो । यो प्रविधि एफ जेड सिरिजहरु, आर-सिरिजहरु र हालसालै मात्र प्रस्तुत एमटि १५ मा समेत प्रयोग गरेर उत्कृष्ट प्रविधिको रुपमा प्रमाणित भैसकेको छ । यामाहाले भर्खरै आफ्नो रोडिज स्क्वाडको साथमा नेपालको उच्च पहाडी भेगहरु र उबडखाबड मार्गहरु पार गरेर बजारमा छाप छोड्न सफल भएको छ । रोडिज स्वाडहरुले आफ्नो यामाहा एफजेड चलाएर ९ दिनभित्रमा १३०० किमि र ३८४० मिटर उचाईको यात्रा तय गरेका छन् । बाइक चालकहरुको चयन उनीहरुको मोटरसाइकलको प्रमर्फेन्ससँग मेल खाने उनीहरुको शारीरिक क्षमताको आधारमा गरिएको थियो । एफआइ प्रविधि भएका कारण बाइक चिसोमा पनि स्टार्ट गर्न सजिलो भएको थियो भनें मौसम र उचाईमा आएको परिवर्तनले पनि बाइकमा कुनै प्रकारको असर पुगेको थिएन । त्यस्तो स्थान र अवस्थामा पनि मोटरसाइकलले कुनै ठाऊँमा धोका दिएको थिएन भनें आफ्नो लक्ष्यलाई बिना अवरोध पूरा गर्न सफल भएको थियो । यो प्रविधिले कसरी फ्युल इन्जेक्टेड प्रणालीबाट इन्जिनलाई तीव्र वेग र सजिलो स्टार्ट गराउँछ कार्बरेटरभन्दा १४ प्रतिशत बढी माइलेज दिन्छ । साथै, कम लागतको मर्मतबाट लाभ दिने बारे जानकारीका पाउन आवश्यक रहेको मोरङ अटो वक्र्सका बजार आधिकारीले बताए ।