वाणिज्य विभागको आँखा गाडी व्यापारीमा, विभाग भन्छः कमिसन नखुलाई नवीकरण हुँदैन

काठमाडौं । अटोमाेबाइल्स विक्रेता कम्पनीले गाडी बिक्री गरेवापत ग्राहकसगँ लिएको कमिसन नखुलाई गाडी बिक्रेता कम्पनीहरुको नवीकरण नहुने भएको छ । कानुन बमोजिम नवीकरण गर्दा विक्रेताले कमिसन खुलाउनुपर्ने भन्दै बाणिज्य विभागले गाडी विक्रेता कम्पनीको नवीकरण रोकेको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले व्यापार गर्दा कति प्रतिशत कमिसन खाएको छ देखाउनुस् भनेको बताए । उनले ग्राहक ठगिएका छन् कि भनेर गाडी बिक्रेतासगँ कमिसन खुल्ने कागजपत्र मागिएको बताए । ‘नेपालको कानुन अनुसार वस्तु बिक्री गर्दा २० प्रतिशतसम्म मात्रै कमिसन खाएर बस्तु बिक्री गर्न पाइन्छ, तर गाडी बिक्री गर्दा कति प्रतिशत कमिसन लिएका छन् भनेर कागजपत्र मागिएको हो,’ सुवेदीले भने । एजेन्सी ऐनमै कमिसन खुलाउनुपर्ने व्यवस्था छ । एजेन्सी ऐन २०१४ अन्तर्गत जारी भएको नियमको अनुसूची १ मा एजेन्ट हुन चाहने व्यक्तिले दर्ताका लागि निवदेन दिँदा कमिसन खुलाउनुपर्ने सुवेदीको भनाइ छ । नेपाल अटोमोबाइल्स डिलर एसोसिएसन नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले आफुहरुले कर कार्यलयमा सबै कागजपत्र बुझाएको बताए । उनले गाडी विक्री गर्दा २० प्रतिशतभन्दा कम कमिसन खाएको बताए । सरकारले व्यापारीलाई प्रोत्साहन गर्नु पर्ने ठाउँमा निरुत्साहित गरेको उनको भनाइ छ । एजेन्सी ऐन २०१४ को कानुनले नै फर्महरु नवीकरण भइरहेका छन् । पुरानो कानुन भएकाले पनि कानुन संशोधन गर्नु पर्ने दुलालको भनाइ छ । ‘सरकारले कानुन संशोधन नगरी व्यापारीलाई समस्यामा पारिरहेको छ, हामीले सम्बन्धित मन्त्रालयसगँ कुरा गरिसकेका छौं,’ दुलालले भने । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले अटोमोबाइल्स डिलर एसोसिएसन नेतृत्व र विभागलाईसँगै राखेर छलफल भैइसकेको बताए । नवीकरणको समस्यालाई समाधान गर्न मन्त्रालय लागिरहेको उनको भनाइ छ । यस्तो छ सवारी साधनमा कर सवारी साधन आयात गर्दा भन्सार, अन्तशुल्क र मूल्य अभिवृद्धि कर गरी २ सय ५६ प्रतिशतसम्म कर लिइने गरेको छ । गाडीमध्येमा सबैभन्दा बढी निजी सवारी साधनमा कर लाग्छ । पार्टपूर्जा खरिदमा पनि ५ देखि ३० प्रतिशतसम्म कर लाग्ने गरेको छ ।

टुटल र पठाओको सेवा सञ्चालनबारे अझै लागेन टुङ्गो

काठमाडाैं । निजी नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी यात्रुसँग भाडा लिएर गन्तव्यसम्म पुर्याउँदै आएका सेवा प्रदायकलाई कसरी सञ्चालन गर्ने भनी टुङ्गो लाग्न सकेको छैन । टुटल पठाओलगायतका सेवा प्रदायकका एकातिर काठमाडौँ उपत्यकालगायतका शहरी क्षेत्रमा प्रयोगकर्ता बढिरहेका छन् भने अर्कातिर यिनलाई समेट्ने नियम अहिलेसम्म बन्न सकेको छैन । यातायात व्यवस्था विभागले मन्त्रालयमा पेश गरेको यातायात व्यवस्थासम्बन्धी विधेयकमा यी सेवा प्रदायकलाई समेट्ने विषयमा छलफल भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । सो विषयमा मन्त्रालयमा अहिले छलफल भइरहेको प्रवक्ता सरोजकुमार प्रधानले बताए । उनले भने, “अहिले नै यसरी गर्ने भनी निर्णय भने भइसकेको छैन ।” यातायात व्यवस्था ऐन, २०४८ मा निजी नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउने नियम रहेको छ । यात्रुको सुरक्षाको समेत विषय भएको भन्दै सरकारले यसअघि सेवा अवरुद्ध गर्ने निर्णय गरे पनि जनगुनासोका आधारमा हालकै अवस्थामा चल्न दिने निर्णय भएको थियो । विभागले तीन महिना पहिले सूचना जारी गरी निजी सवारी यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन भन्ने व्यवस्था ऐनमा भएको उल्लेख गर्दै टुटल पठाओलगायतका सेवाप्रदायक संस्थालाई सेवा रोक्न भनेको थियो । भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङले विभागलाई कार्यविधि/निर्देशिका बनाएर यी सेवा सञ्चालन गर्न दिन पनि निर्देशन दिएका थिए । गत वर्ष पनि विभागले सेवा अवरुद्ध गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा अवरुद्ध नगर्न निर्देशन दिएका हुन् । रासस

तीन वर्षे वारिन्टी सहित फोर्ड एन्डेभरको नयाँ संस्करण नेपाली बजारमा, मूल्य साढे एक करोड

काठमाडौं । फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । फोर्डले बीएस-६ प्रदुषण नियन्त्रणमा आधारित २०२० एन्डेभर ४x४ टाइटेनियम प्लस भेरियन्ट नेपाल भित्र्याएको हो । यो कार डिफ्युज सिल्भर, डायमन्ड वाइट र एब्सोल्युट ब्ल्याक गरी तीन कलरमा उपलब्ध रहेको छ । जसको प्रारम्भिक मूल्य एक करोड ४९ लाख रुपैयाँ तोकिएको कम्पनीले जानकारी गराएको छ । विश्वको पहिलो १०-स्पीड स्वचालित ट्रान्समिशन भएको यस गाडीमा नयाँ २.० लिटर ईकोब्लू डीजेल इन्जिन राखिएको छ । यसले १७० पीएस पावर र ४२० एनएम टर्क पैदा गर्छ र यो अफरोड तथा उपर खापड सडकमा पनि सजिलैसँग चलाउन सकिन्छ । कम्पनीका अनुसार यस कारको उत्कृष्ट पर्फरमेन्स र अनुकूल मूल्यका साथ नेपालमा यो कार भित्रिएको छ । विश्वको पहिलो १० स्पीड स्वचालित ट्रान्समिशनयुक्त यो कार सेलेक्ट सिफ्ट टेक्नोलोजीयुक्त सेग्मेन्टको पहिलो गाडी हो साथै चाहेको दायरामा रहेर गियर लक गर्ने सुविधा पनि रहेको छ । पूर्ण सुरक्षा मापदण्ड पूरा गरि निर्माण गरिएको यो कार सुरक्षाका दृष्टिकोणले उत्कृष्ट छ । यसमा सात एयरब्याग, भूमि व्यवस्थापन प्रणाली जडान गरिएको छ । यसले गाडी भित्रको ध्वनिको उत्सर्जनलाई कमगर्ने प्रविधिको पनि प्रयोग गरिएको छ साथै आरामदायी, समानान्तर पार्क सहायता लगायतका फिचरहरू यसमा राखिएका छन् । १४ प्रतिशतसम्म इन्धन खपतमा सुधार गरिएका, शक्तिशाली अफरोड क्षमता, सस्तो सर्भिसिङ्ग सेवा, उत्कृष्ट पर्फरमेन्सका साथ २०२० एन्डेभर एसयूवी सेग्मेन्टमा नेपालमा आफ्नो छुट्टै प्रभूत्व स्थापित गर्ने आशा राखेको छ । एसयूवी चालकले अपेक्षा गरेभन्दा बढी सुविधाहरू भएकाले एसयूवी पारखीहरुको यो पहिलो रोजाइ बन्नेमा कम्पनी विश्वस्त छ । डिजेल गेम चेंन्जर-अल न्यू फोर्ड २.० लिटर ईको ब्लू इन्जिन २०२० फोर्ड एन्डेभरमा उन्नत २.० ईकोब्लू डीजेल इन्जिन प्रयोग गरिएको छ, पछिल्लो परिस्कृत यस इन्जिनका कारण इंधन र पर्फरमेन्सका लागि यो अतुलनिय प्याकेज बन्न पुगेको छ । यसले उत्सर्जनलाई घटाएर कम इन्धन खपत गर्दछ । एन्डेभरको यस संस्करणमा १७० पीएस पिकपावर र ४२० टर्कका साथ कम्पनीले यात्रालाई शानदार र मनोरञ्जन गराउन गाडीको पर्फमेन्सको गुणस्तरलाई निरन्तरता दिएको छ । ४x४ भेरीयन्टको ईकोब्लूयुक्त यस गाडीमा विशिस्ट इन्धन क्षमता रहेको छ जसले १२.४ किलोमिटरप्रति लिटर माइलेज दिन्छ । फोर्ड इकोब्ल्यू इञ्जिन परिष्कृत स्वरुप हो, जसले ध्वनि उत्सर्जन कम्तीमा ४ डेसिबल एकाई घटाएको छ । उत्कृष्ट प्रदर्शन र टेक्नोलोजीका कारण विभिन्न अवार्डले पुरस्कृत यो कारमा पूर्ण नयाँ डिजाइन, बहु आविस्कार सहितका विशेषताहरू छन् । ईको ब्लू इंजिनले इन्धन दक्षतामा पनि सुधार ल्याएको छ । यस गाडीमा नयाँ इञ्जिन डिजल निकास फ्लुइडको प्रयोग गरिएको छ । यस फ्लुईडले नाइट्रोजन अक्साइडको उत्सर्जन घटाउन मद्दत गर्दछ र प्रदुषण कम गर्ने कम्पनीले जनाएको छ । विशिष्ट नवीनताहरु सेलेक्ट शीफ्ट सहित पहिलो पटक १० स्पीड अटोमेटिक ट्रान्समिशन प्रयोगमा ल्याइएको यो गाडीले आरामदायी र उच्च गतिका साथयात्रालाई विशिष्ट बनाउन मद्दत गर्दछ । कम्पनीका अनुसार स्टील, आल्मुनियमको मिश्रणसाथ यो कारलाई बलियो र वजनदार रुपमा निर्माण गरिएको छ जसले उत्कृष्ट प्रदर्शन गर्दछ । सेलेक्टसिफ्ट यस सेग्मेन्टको अर्को विशिष्ट विशेषता हो । विशेषगरी चुनौतीपूर्ण ड्राइभिङको समयमा ड्राइवरद्धारा नियन्त्रण गर्न सकिने गरी यस कारलाई निर्माण गरिएकोले सुरक्षाका दृष्टिकोणले यो कार चालकप्रति उत्तरदायी छ । एसयूभी हरेक कोणले सबैभन्दा राम्रो २०२० मा सार्वजनिक यस एन्डेभर पूर्ण एलईडी हेडल्याम्प राखिएको छ । अल न्यू कन्टेम्पोरेरी स्क्वायर डिजाइनमा निर्माण गरिएको यस एलइडी हेडल्याम्पलाई तल र माथि दुबै बिममा कम्तीमा २० प्रतिशत प्रकाश बढाउने गरी निर्माण गरिएको छ । यस लगायत यो कारमा ८ इन्च टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, आरामदायी सिट, पावर एडजेस्टेबल ओआरवीएम लगायतका विशेषताहरु राखिएका छन् । याे कार आकर्षक डिजाइन, उत्कृष्ट अफरोड क्षमता, सुरक्षा आदिलाई मध्यनजर गरी निर्माण गरिएको  कम्पनीले जनाएकाे छ ।   यस्ता छन् थप विशेषताः – आवश्यक ट्रान्सफरर्मर र टर्कका लागि उत्कृष्ट फोर ह्वील ड्राइभ सिस्टम प्रयोग गरिएको छ । – यस सेग्मेन्टमा पहिलोपटक सामान्य, हिउँ परेको सडक, हिलोयुक्त सडक, घाँसयुक्त सडकर बालुवा र चट्टानयुक्त सडक गरी चारवटा मोडमा टेरेन म्यानजमेन्ट सिस्टम (टीएमएस)को प्रयोग गरिएको छ । जसले जस्तोसुकै अवस्थामा पनि गतिशील र सुविधा सम्पन्न यात्राका लागि सहयोग पुर्याउँछ । – सुरक्षाकालागि ड्राइभरको घुँडा छेउको एयरब्यागसहित यस कारमा सातवटा एयरब्यागहरु राखिएका छन् । -उत्कृष्ट ग्राउन्ड क्लियरेन्सका साथै ८०० मिलिमिटर वाटर वेडिङ क्षमता छ । – ८ इन्च टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड एप्पल कारप्ले, गुगल अटो कम्प्याटिबल, एसवाईएनसीथ्री लगायतका विशेषताहरु रहेका छन् । – क्याविनमा आवाजलाई कम गर्ने तथा इन्जिनको ध्वनिलाई घटाउने नोइज क्यान्सिलिङ प्रविधियुक्त यस गाडीलाई बनाइएको छ । – ५० प्रतिशत गाडीको छत प्यानोरेमिक सन रुफले कभर गरिएको छ । – फ्लेग्जिबल सिट र कार्गो व्यवस्थापनको प्रयोग गरिएको छ । दोस्रो रो र तेस्रो रो सिट फोल्ड गरी २ हजार १० लिटरसम्म कार्गो होल्ड गर्न सक्दछ । – अर्धस्वचालित समानान्तर पार्क एशिस्ट, पुश स्टार्ट बटन, पछाडिको गेटमा हैंडफ्री पावर लिफ्ट, अगाडि र पछाडि दुबैतर्फ पार्किङ सेन्सर, पछाडिपट्टि पार्किङ क्यामेरा, अटोमेटिक हेडल्याम्प, अटोमेटिक वायपर्स, डीआरएल, ड्युलजोन अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, ड्राइभर र पेसेन्जर सिट ८ तरिकाले पावर एडजस्टेबल गर्न सकिने जस्ता विशेषता राखिएका छन् । – ३ वर्ष वा एक लाख किलोमिटर सम्मको वारेन्टी ।