टाटा नेक्सन कर्पोरेट क्षेत्रको पहिलो रोजाई, बैकिङ क्षेत्रमा धेरै बिकेको सिप्रदीको भनाई
काठमाडौं । टाटा नेक्सन, कर्पोरेट क्षेत्रको पहिलो रोजाई बन्न पुगेको टाटा मोटर्सको नेपालका लागी एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले जनाएको छ । टाटा नेक्सन ग्लोबल एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी हो । यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्र राखिएको प्रविधिमा विशेष ध्यान पु¥याइएको छ । २०९ एम एम ग्राउन्ड क्लियरेन्स र डुअल फ्रन्टल एअरब्यागहरू तथा जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई आरामदायी यात्रा र पूर्ण सुरक्षा प्रदान गर्दछ । हालैमात्र नेपाल एसबिआई बैङ्केलाई टाटा नेक्सनका बिभिन्न भेरियन्टहरू भव्य रुपमा डेलिभरि गरिएको र अन्य बैङ्क तथा वित्तीय संस्थाहरु र व्यवसायिक क्षेत्रहरुबाट अग्रिम बुकिङ्ग भैरहेको नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ । एरोडाइनमिक सिलुएट भएको र स्पोर्र्टी डिजाइन रहेको टाटा नेक्सन छ वटा भेरियन्टहरूमा उपलब्ध छ । सिप्रदीले गत वर्षदेखि यो गाडी नेपाली बजारमा बिक्री गर्दै आएको छ ।
नाडाद्वारा ट्राफिकलाई मोटरसाइकल हस्तान्तरण
काठमाडौं । नाडाका अध्यक्ष दुलालले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिमप्रसाद ढकाललाई २०० सिसिको जेण्टलमेन मोटरसाइकलको साँचो हस्तान्तरण गरेका छन् । नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा १३ सदसिय नाडा प्रतिनिधि मण्डलले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख ढकालसंगकाे छलफलपछि मोटरसाइकल प्रदान गरेको हो । उक्त भेटघाटमा राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका समस्याहरु र त्यसको निराकरणका बारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख ढकालले आफनो कार्यकक्षमा नाडा प्रतिनिधि मण्डललाई स्वागत गर्दे नयाँ केन्द्रीय कार्य समितिको सफलताको कामना गरेका छन् । उक्त भेटघाट तथा छलफलमा महाशाखाका प्रमुख ढकालले राजधानीको ट्राफिक व्यवस्थापनको सन्दर्भमा देखिएका विभिन्न समस्या र चुनौतिहरु बारे चर्चा गर्दे चालक र पैदलयाात्रुहरुको सुरक्षा र सहजताको लागि सडकको जेब्राक्रसमा रातो पहेलो र हरियो रङ्गको बत्ति राख्ने व्यवस्थाका लागि नाडासंग मिलेर काम गर्न चाहेको बताए । छलफलको क्रममा नाडाका अध्यक्ष दुलालले महानगरीय ट्राफिक प्रहरी महाशाखा र नाडा विच विगतको समयदेखि नै हुदै आएको सहकार्य बारे चर्चा गर्दै नाडाले ट्राफिक प्रहरीको संख्या ज्यादै कम भएकोले त्यसको संख्या बृद्धि गर्न सम्बद्ध निकायहरुमा पहल गर्दे आएको बताए । सोही क्रममा उनले महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीको ट्राफिक व्यवस्थापनमा देखाएको भूमिकाको प्रसंसा गर्दे यसलाई अझ थप सुधार गर्नु पर्ने खाँचो रहेको र नाडा त्यसका लागि सहयोग गर्न तयार रहेको बताएका छन् । अध्यक्ष दुलालले विशेषगरी ट्राफिक प्रहरीले सडक दुर्घटनालाई सक्दो घटाउन उल्लेख भूमिका निर्वाह गर्न आग्रह गर्दै सडकको अवस्था र राजधानीमाका पुल सक्दो चाँडो निर्माणगरी ट्राफिक व्यवस्था चुस्त बनाउन पनि अनुरोध गरेका छन् । छलफलमा उपस्थित नाडाका पदाधिकारी तथा सदस्यले राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका व्यावहारिक समस्याहरु बारे उल्लेख गर्दे त्यसको समाधानका लागि समेत आग्रह गरेका छन् । छलफलको अन्तमा ढकालले सवारी साधन पैठारीकर्ताहरुले आफनो साधन विक्री गर्दा ग्राहकलाई ट्राफिक जनचेतना जगाउने एउटा पेपर समेत दिने व्यवस्थाका लागि आग्रह गर्दै सोही क्रममा नाडाका पदाधिकारीहरुले ब्लु बुकमा पनि यस्तै व्यवस्था हुन सकेमा ट्राफिक जनचेतना बढाउन सहयोग पुग्ने धारणा राखेका छन् । छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत नाडाका उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल, सुरज भट्टराई, मिलनबाबु मल्ल, पंकज अग्रवाल, निलमणी पाठक, प्रकाश कपुरी, कपिल शिवाकोटी र शुभासिस थपलिया समेतको उपस्थिति रहेको थियो।
टाटा मोटर्सले ल्यायो ‘नाईट आउट’ योजना, १ लाखसम्मकाे एक्सचेन्ज बाेनस
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र अधिकारीक वितरक, सिप्रदी ट्रेडिङ्गले नयाँ वर्ष २०२० को अवसरमा ‘नाईट आउट’ योजना ल्याएको छ । उक्त कार्यक्रम पुस २२ देखि २५ गतेसम्म पोखरा बुद्धचोकस्थित दिप मोटर्सको सोरुममा हुनेछ । यस योजनामा सहभागी हुन ग्राहकले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर, हेग्जा लगायतका गाडीहरु अवलोकन गर्न सक्नेछन् । कार्यक्रममा एक जोडीलाई सिंगापुर क्रुज टूर, जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा रु. १ लाखसम्मको एक्सचेन्ज बोनस, प्रत्येक टेष्ट ड्राइभ र मुल्याङ्कनमा आर्कषक उपहारका साथै प्रत्येक गाडीको खरिदमा एक वर्षको सवारी कर लगायतका विशेष आर्कषणहरु रहेका छन ।