इलेक्ट्रिक सेग्मेन्टमा टिभिएसको प्रवेश, फुल चार्जमा १०० किलोमिटर माइलेज दिने स्कुटर ल्याउँदै
काठमाडाैं । टिभिएसले टिजर मार्फत् आफ्नो आउँदै गरेको इलेक्ट्रिक स्कुटरको एक झलक देखाएको छ । कम्पनीले सो टिजरलाई आफ्नो आधिकारीक सामाजिक सञ्जाल पेजमा रिलिज गरेको हो । उक्त स्कुटर आउँदो जनवरी २५ का दिन भारतमा आधिकारीक रुपमा सार्वजनिक हुँदैछ । टिजरमा देखिएअनुसार यो स्कुटर फेमिली-ओरियन्टेड डिजाइनमा आधारित छ । अर्थात् यसमा ठूला बढी प्यानल्स र ठुलो फ्रन्ट एप्रोन समावेश हुनेछन् । आधुनिक समय अनुसारका फुल-डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ब्लुटुथ कनेक्टिभिटी, फुल एलईडी लाइटिङ्ग लगायतका विशेषताहरु पनि यसमा समावेश हुनेछन् । यस इलेक्ट्रिक स्कुटरको पर्फमेन्स अन्य ११० सीसी स्कुटरहरु जस्तै हुने अनुमान गरिएको छ । यो स्कुटर टिभिएस क्रेओन कन्सेप्टमा आधारित हुने अनुमान गरिएको छ । क्रेओन कन्सेप्टलाई टिभिएसले सन् २०१८ को अटो एक्स्पोमा प्रदर्शनको लागि राखेको थियो । यस स्कुटरमा ८० देखि १०० किलोमिटरको रेञ्ज प्रदान गर्नसक्ने ४ किलोवाटआवरको लिथियम-आयन ब्याट्री समावेश गरिने आँकलन गरिएको छ । त्यसैगरी, यसमा अगाडितर्फ टेलिस्कपिक फर्क र फ्रन्ट डिस्क ब्रेक पनि समावेश हुनेछ । बजारमा आए पश्चात् सो स्कुटरले बजाजको इलेक्ट्रिक स्कुटर ‘चेतक’ सँग कडा प्रतिष्पर्धा गर्नेछ ।
आकर्षक डिजाइनकाे रेनो ट्राइबर सार्वजनिक, मूल्य २८ लाख २० हजार
काठमाडौं । नेपालको नम्बर एक यूरोपियन ब्राण्ड रेनोले नयाँ उत्पादन गेम चेन्जर-रेनो ट्राइबर नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले बुधबार एक कार्यक्रम गरी उक्त नयाँ उत्पादन नेपाली बजारमा भित्र्याएको हो । कम्पनीका अनुसार यसकाे मूल्य २८ लाख २० हजार रूपैयाँ ताेकिएकाे छ । रेनो ट्राइबरले बि-सेगमेन्टका गाडीहरु खरिद गर्न चाहने ग्राहकहरुलाई उच्च मुल्याङकन प्रस्ताव गर्दछ । रेनो ट्राइबर विशाल, अल्ट्रा मोड्युलर, इन्धन खपत गर्ने गाडी जो जसमा आकर्षक इन्टेरियरसहित ४ मिटरको स्पेसमा विभिन्न आधुनिक र व्यवहारिक विशेषताहरु छन्। रेनो ट्राइबर आकर्षक डिजाइन भएको रुमी र मोड्युलर सुविधा सम्पन्न सवारी साधन हाे । रेनो ट्राइबर ४ ट्रिममा उपलब्ध छ – आरएक्सइ, आरएक्सएल, आरएक्सजेड जसमा २० भन्दा बढि विशेषताहरु रहेका छन् । रेनो ट्राइबरको संस्करण र मुल्यमा ग्राहकहरुलाई हरेक संस्करण स्तरमा उत्तम मूल्य लाभ सुनिश्चित गर्दछ । यसले रेनो ट्राइबर स्टाइलिस, फराकिलो, आधुनिक र व्यवहारिक सुविधा सम्पन्न, अल्ट्रा मोड्युलरले सुसज्जित छ र कुल १०० भन्दा बढि विभिन्न सिट कन्फ्रिगेसनहरु छ ३० भन्दा बढि उत्कृष्ट विशेषताहरू जस्तै इजीफिक्स सिट, एसयुभी स्कीड प्लेट्स, एलइडी इन्स्टुमेनट क्लस्टर, दोस्रो र तेस्रो रो मा टुइन एसी भेन्ट, १८२ एमएम को उच्च ग्राउण्ड क्लियरेन्स र ८ इन्चको टच स्कीन मिडिया नेभिगेसन इभोलुसन प्रणालीहरु रहेको छ । यसमा नयाँ इन्धन इन्जिन : रेनो ट्राइबरमा १ लिटरको पेट्रोल इन्जिन राखिएको छ जसले प्रदर्शन र इन्धनमा एकरुपता कायम गरेर कुल मेन्टेनेन्श खर्च कम गर्ने कम्पनीले जनाएकाे छ । “हामी हाम्रो नयाँ गेम चेन्जर-रेनो ट्राइबर आज नेपालमा सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुशी छौं । अन्य बजारहरुमा जस्तै हामी आशावादी छौं कि यो विशाल, अल्ट्रा मोड्युलर गाडीले यो सेगमेन्टमा थुप्रै ग्राहकहरु आकर्षक गर्नेछ । यसको आकर्षक मुल्य निर्धारणका साथ गाडी खरिद गर्ने निर्णय गर्दा उच्च मुल्याङकन खोज्ने ग्राहकहरुका लागि रेनो ट्राइबर गाडी निकै उपयुक्त छ । रेनो ट्राइबरले भारतमा एक सफल अवधारणको रुपमा आफूलाई स्थापना गरिसकेको छ र ग्राहकहरुबीच पनि ठुलो स्वीकार्यता देखिएको छ । हामी ट्राइबर परिवारललाई बढाउदै हाम्रा अमुल्य ग्राहकहरुलाई यो परिवारमा स्वागत गर्न चाहन्छौं,” रेनो इन्डिया अपरेशनका कन्ट्री प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक वेंकटराम ममिलापल्ले भने । कम्पनीका अनुसार रेनो ट्राइबर आकर्षक रुपले डिजाइन गरिएको छ, कडा, कम्प्याक्ट, फराकिलो, भर्सटाइल तथा मोड्युलर गाडी हो । रेनो ट्राइबर नेपाली ग्राहकहरुको अपेक्षाहरुको पूर्ण विशलेषण हो जसले अपराजय लचिलोपन प्रदान गर्दछ । रेनो ट्राइबर वास्तविक गेम चेन्जर हो, यसको आधुनिक, फराकिलो तर कम्प्याक्ट, अल्ट्रा मोड्युलर, इन्धन खपत गर्ने आकर्षक इन्टेरियर र विभिन्न आधुनिक तथा व्यवहारिक विशेषता भएको गाडी हो । रेनो ट्राइबरमा यो श्रेणीको ५ सिटर कन्फिगेशनमा सबैभन्दा ठुलो बुट क्षमता छ। एडभान्स अटोमोबाइल प्रा.लि.का प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले भने, “नेपालमा रेनो ब्राण्डलाई विस्तार गर्दै हरेक बर्ष बिक्री मात्रा बढाउँदै लैजान हामीसँग प्रष्ट उद्देश्य र रणनीति छ । रेनो ट्राइबरले हाम्रो विस्तार योजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ र स्पेश र मोडुलारिटीमा नयाँ बेन्चमार्क बनाउनेछ । रेनो ट्राइबरले कन्टेम्पोररी डिजाइन, आधुनिक विशेषता, धेरै स्पेश, रुमीनेश र भर्सटाइलिटी प्रदान गर्दछ । नेपालमा रेनो ट्राइबर भित्र्याउन पाउँदा हामी निकै खुशी छौं ।”
‘टिभीएस एनटर्क रेस एडिसन’ चितवनमा लन्च हुँदै, मूल्य साढे २ लाख रूपैयाँ
काठमाडौं । नेपालका लागि टिभीएस बाइक तथा स्कुटरको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले चितवनमा ‘टिभीएस एनटर्क रेस एडिसन’ लञ्च गर्ने भएको छ । कम्पनीले माघ १० गते शुक्रबार २ बजे चितवन नारायणघाटको टिभीएस शोरुम मलाश्री मोटर्समा एक कार्यक्रमबीच उक्त स्कुटर लन्च गर्न लागेको हो । एनटर्क रेस एडिसनमा एलईडी डीआरएल र एलईडी हेडल्याम्प रहेको छ । यसमा हजार्ड लाइट अर्थात आकष्मिक बत्ति पनि छ, जसलाई रातो रङको हजार्ड स्विचद्वारा इनेबल गर्न सकिन्छ । स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिक्ससँगै ‘रेस एडिसन’ ले यसको रेसिङ पेडिग्रीलाई झल्काउने कम्पनीले जानकारी दिएकाे छ । सो स्कुटर विभिन्न तीन कलर अप्सनमा उपलब्ध छ । यसको मूल्य २ लाख ४६ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । कम्पनीले एनटर्क १२५ मा कुनै मेकानिकल परिर्वतन भने गरेको छैन । एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयरकुल्ड इन्जिन रहेको छ । यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा स्मार्ट एक्सकनेक्टद्वारा ब्लुटुथ कनेन्ट गरी कल डिटेल, जीपीएस जस्ता फिचरको प्रयोग गर्न सकिन्छ ।