अशोक लेलैण्डका गाडी किन्दा रिलायन्स फाइनान्सबाट ७० प्रतिशत कर्जा पाइने

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र रिलायन्स फाइनान्स लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र आइएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७०% सम्मको कर्जा सुविधा रिलायन्स फाइनान्स लिमिटेडबाट पाउने छन् ।

टाटा मोटर्स कार्निभल शुरु, टाटाको प्यासेन्जर गाडीमा ३ लाख सम्मको छुट

काठमाडौँ । टाटा मोटर्सले हरेक बर्ष मनाउँदै आएको कार मेलालाई यस बर्ष परिमार्जित रुपमा ‘टाटा मोटर्स कार्निभल’ नाम दिई शुरु गरेको छ । २०१९ अगस्ट १ देखि शुरु भएको ‘टाटा मोटर्स कार्निभल’ विहान ११ बजेदेखि बेलुका ७ बजेसम्म टाटा मोटर्सको शोरुम थापाथली काठमाण्डौंमा सञ्चालन हुनेछ । नेपालमै पहिलो पटक सिप्रदी ट्रेडिङ्ग प्रालिे टाटा मोटर्स कार्निभल आयोजना गर्न लागेको हो । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालि हो । यसअघि पनि सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा कार मेलाको आयोजना गर्दे आएको थियो टाटा मोटर्स कार्निभल नेपालमा आयोजना हुने सबै भन्दा ठूलो र भब्य कार्यक्रम भएको कम्पनीले जनाएको छ । यस कार्यक्रमका मुख्य विषेशताहरुमा टाटाको प्यासेन्जर गाडिहरुमा ३ लाख सम्मको छुट, विभिन्न आर्कषक उपहार, लक्की ड्र, १ लाखसम्मको एक्सेन्ज बोनस, टेष्ट ड्राईभ, संगित, मनोरञ्जन र विभिन्न खानाका परिकारहरु समेत रहेको छ । यो कार्यक्रमले सुस्ताइ रहेको अटोमोबाइल बजारलाई जागरुक बनाई ग्राहक माझमा एउटा नयाँ हर्ष र उल्लासको माहोल ल्याउनेमा पूर्ण विश्वास रहेका नेपालका लागि टाटा मोटर्स लिमिटेडका कन्ट्री म्यानेजर अजित नारायण सिंहले बताए । टाटा मोटर्स कार्निभलबाट बजारमा रहेकोभन्दा आकर्षक छुट, अन्तराष्ट्रिय स्तरका उत्पादन र सेवा उपलब्ध गराई ग्राहकहरुलाई पूर्ण रुपमा सन्तुिष्ट र लाभ प्राप्त हुने विश्वास लिएको सिप्रदी ट्रेडिङ्ग प्रालिका सिइओ राजनबाबु श्रेष्ठ बताउँछन् । लक्की ड्रबाट बुकिङ्ग गर्दाको अफरहरु यस्ता छन्ः – एक भाग्यशाली जोडिलाई यूरोप भ्रमण/एप्पलको सेट/ ३ लाखसम्मको नगद छुट । – १ लाखसम्मको लोएल्टी बोनश । – एक वर्षसम्मको लागि रोड टयाक्समा छुट । – डोर प्राईजमा एकजनालाई ब्याङकक भ्रमण । – बुकिङ्गमा लक्की ड्र मार्फत एक सामसुङ्गको ३२ ईन्च टिभी उपहार । – परीक्षण टेष्टमा एक भाग्यशालीलाई लक्की ड्र बाट हुवाईको स्मार्ट फोन । – पूरानो सवारी मूल्यांकनमाएक भाग्यशालीलाई लक्की ड्र बाट दक्षिणकाली भिलेज रिर्सोटमा एक रातको बास । – प्रत्येक टेष्ट ड्राईभमा २जनालाई फिल्मको टिकट । – प्रत्येक गाडिको डेलिभरीमाआकर्षक उपहारहरु ।

हुण्डाई एक्सचेन्ज योजना विहिबारबाट शुरु

काठमाडौँ । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विहिबारदेखि हुण्डाई एक्सचेञ्ज योजना ल्याएको छ । यो योजना साउन २३ गते साँझ ६ बजेसम्म जारी रहने कम्पनीले जनाएको छ । यो जोजनामा एक्सचेञ्जका साथै स्पोट एक्सचेञ्ज एण्ड भ्यालुएशन, इजी फाइनान्स एण्ड इन्स्योरेन्स, एट्रयाक्ट्रिभ क्यास डिस्काउण्ट, लोयल्टी बोनस रु. १५००० र एक्सचेञ्ज बोनस १ लाख ५० हजारसम्म दिइने छ । साथै ४ वर्षको फ्रि सर्भिस र ३ वर्षको वारेन्टी रहने जनाइएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रवन्धक रुपेश शर्मा भट्ट भन्छन्–‘ग्राहकहरुलाई सधै उत्कृष्ट स्ुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको छ ।’