द हबि अटो ट्रेडिङबाट गाडी किन्दा सांग्रिला बैंकबाट ७० प्रतिशतसम्म कर्जा पाइने
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ्ग प्रालि बीरगंज वडा न. १५ बीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र द हबि ट्रेडिङ्ग प्राÞलिका तर्फबाट अध्यक्ष उमेशनारायण मानन्धरले हस्ताक्षर गरेका छन् । सम्झौतापछि बैंकका ग्राहकहरुले द हबि ट्रेडिङ प्रालिबाट नयाँ वैकहो लोडर तथा हेभी ईक्यूपमेन्ट खरीद गर्न चाहेमा सम्झौता अन्र्तगत खरिद रकमको अधिकतम ७० प्रतिशतसम्म कर्जा सम्बन्धी सेवा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंकको ट्याक्सी सेवा प्रदायक सारथीसँग ब्रान्डिङ सहकार्य
काठमाडौँ । कुमारी बैंक लिमिटेडले देशकै सबभन्दा व्यापक रूपमा परिचित ट्याक्सी सेवा प्रदायक कम्पनी सारथी प्राइभेट लिमिटेडसँग ब्रान्डिङ सहकार्य गरेको छ । उक्त सम्झौता-पत्रमा कुमारी बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीब गिरी र सारथीका सह–संस्थापक रवि सिंघलले हस्ताक्षर गरेका छन् । उक्त सहकार्य पश्चात सारथीका ६५० ट्याक्सी टपहरुमा कुमारी बैंकको लोगो अंकित स्टिकर तथा विविध बचत खाताहरुको विज्ञापन स्टिकर मार्फत ब्रान्डिङ गरिने छ । यसैगरी, सारथीका ट्याक्सी चालकहरुको पहिचान कार्डको पछाडि युनिक क्यूआर कोड अंकित हुनेछ, जसमार्फत सम्पूर्ण ग्राहकहरुले भौतिक नगद रहित नै सवारी शुल्क भुक्तानी गर्न सक्नेछन् ।
निसान माेटरले १० हजार कर्मचारी हटाउने, कम्पनीकाे नाफामा ९० प्रतिशत गिरावट
टोकियो । जापानी कार निर्माता निसानले १० हजारभन्दा बढी कामदार हटाउने निर्णय गरेको छ । निसानले गत मे महिनामा पनि चार हजार ८०० कामदार हटाउने निर्णय गरेको थियो । निसानमा विश्वभर एक लाख ३९ हजार कामदार र कर्मचारी कार्यरत छन् । कम्पनीका पूर्व प्रमुख कार्लोस घोउनको गिरफ्तारी र संयुक्तराज्य अमेरिका तथा युरोपमा कारको बिक्री घटेपछि कम्पनीमा समस्या उत्पन्न भएको छ । निसानका एक जना प्रवक्ताले कर्मचारी कटौतीका बारेमा सोधिएको प्रश्नमा कुनै प्रतिक्रिया दिन अस्वीकार गरे । जापानको निक्की दैनिकले बुधबार प्रकाशन गरेको समाचारमा अमेरिकामा कारको बिक्रीमा भएको मन्दीका कारण निसानको संचालन नाफामा पहिलो चौमासिक अवधिमा करिब ९० प्रतिशत कमी रहेको उल्लेख छ । यही विवरण बिहीबार कम्पनीले सार्वजनिक गर्न लागेको पनि निक्कीले लेखेको छ । निसानको पछिल्लो समय फ्रान्सेली साझेदार कार निर्माता कम्पनी रेनल्टसँग पनि विवाद चुलिएको छ । रेनल्टको जापानी कार निर्माता निसानमा करिब ४३ प्रतिशत शेयर लगानी छ । निसानको कर्मचारी कटौती योजनाले दक्षिण अमेरिका समेतका अरु केही क्षेत्रमा स्थापित कारखानामा असर पर्नेछ । खासगरी ज्यादै कम नाफा भइरहेका क्षेत्रका कारखाना बन्द हुनेछन् । रासस