अशोक लेलैण्डका गाडी किन्दा पोखरा फाइनान्सबाट ७० प्रतिशत कर्जा पाइने

काठमाडौँ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्स लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरूङ र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७०% सम्मको कर्जा सुविधा पोखरा फाइनान्स लिमिटेडबाट पाउने छन् । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्तगर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताएका छन् ।

ईजी ट्याक्सी नेपालको गाईजात्रे अफर, ‘ट्याक्सी चढ्नुस् रकम फिर्ता पाउनुस्’

काठमाडौं । ईजी ट्याक्सी नेपालले गाईजात्राको अवसर पारेर आफ्ना यात्रुहरुलाई क्यास ब्याक अफर ल्याएको छ । एप्समार्फत घरमा नै ट्याक्सी बोलाउन सकिने सेवा दिँदै आएको ईजी ट्याक्सी नेपालले गाईजात्राको अवसरमा जति रकम ट्याक्सीमा उठ्छ त्यति नै रकम यात्रुहरुको वालेटमा फिर्ता गर्ने ‘गाईजात्रे क्यासब्याक अफर’ सार्वजनिक गरेको छ । कम्पनीले जनै पूर्णिमा, रक्षाबन्धन तथा गाईजात्राको अवसर पारेर यहि साउन ३० र ३१ गते दुई दिन दिउँसो १२ बजेदेखि ३ बजेभित्र ईजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सीमा यात्रा गर्ने यात्रुहरुलाई सो रकम फिर्ता योजना ल्याएको हो । पछिल्लो दिनहरुमा एप्समार्फत ईजीट्याक्सी नेपाल प्रयोग गर्ने ग्राहकहरुको संख्यामा भएको वृद्धिसँगै कम्पनीले आफ्ना यात्रुहरुको लागि नयाँ अफर सार्वजनिक गरेको हो । फिर्ता भएको क्यासब्याक रकम यात्रुहरुले अर्को ट्याक्सी राईडमा प्रयोग गर्न सक्नेछन् । ईजी ट्याक्सीले आफ्नो मोबाइल एपमा नयाँ अपडेट ल्याएसँगै यो अफर पनि सार्वजनिक गरेको छ । गाईजात्रे अफरअन्तरगत ईजीट्याक्सी नेपालका एप्समार्फत ट्याक्सीमा यात्रा गर्ने यात्रुहरुका साथै चालकहरुका लागि समेत अफर घोषणा गरेको छ । जसअन्तरगत चालकहरुले सो एपमार्फत यात्रुहरुलाई जति किलोमिटर यात्रा गराउँछ त्यति धेरै रकम आम्दानी गर्नसक्ने सुविधा दिएको छ । चालकहरुका लागि प्रतिकिलोमिटर रु.२ को दरले चालकहरुको वालेटमा रकम फिर्ता हुनेछ । ईजी ट्याक्सी नेपालका अपरेशन हेड दामोदर श्रेष्ठले ईजी ट्याक्सी नेपालका प्रयोगकर्ता यात्रुहरुलाई थप सुविधा दिने उद्देश्यले यो योजना ल्याएको बताए । ‘ईजी ट्याक्सी नेपालमा २७०० भन्दा बढी ट्याक्सी चालक तथा व्यवसायीहरु आबद्ध भएको ईजी ट्याक्सी नेपालका अपरेशन हेड श्रेष्ठले बताए । ईजी ट्याक्सीले फिर्ता दिने रकम बैंक एकाउन्टमा समेत ट्रान्सफर गर्न सकिने सुविधा रहेको छ । ईजी ट्याक्सी नेपालको गाईजात्रे क्यासब्याक अफरमा यात्रुहरुलाई भने अधिकतम रु. २००/-(दुई सय रुपैयाँ) सम्म मात्र प्राप्त हुने जनाइएको छ ।

‘भक्सवागन एक्सचेञ्ज अफर’ योजना साउन २८ गतेदेखि ३२ गतेसम्म

काठमाडौँ । भक्सवागन कम्पनीको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनल नेपाल प्रालिले साउन २८ गतेदेखि ३२ गतेसम्म ‘भक्सवागन एक्सचेञ्ज अफर’ योजना सञ्चालन गरेको छ । यो योजना अन्तरगत ग्राहकहरुले भक्सवागनका शो रुमहरुमा पुरानो कार एक्सचेञ्ज गरी नयाँ लिन सक्ने कम्पनीले जनाएको छ ।