क्यासलेस मोटर वीमा सेवा सुरु, सिप्रदी ट्रेडिङ र शिखर इन्स्योरेन्सबीच सहकार्य

काठमाडौं । नेपालका लागि टाटा कम्पनीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र शिखर ईन्श्योरेन्स कम्पनीबीच क्यासलेस इन्स्योरेन्समा सम्झौता भएको छ । शिखर इन्स्योरेन्सको प्रधान कार्यलय शिखर विजमा भएको एक कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र शिखर इन्स्योरेन्सको तर्फबाट संस्थाको प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले सहकार्य सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । नेपालमै पहिलो पटक सञ्चालनमा ल्याउन लागेको यस योजना अन्तर्गत टाटा कम्पनीका जुनसुकै मोडलका गाडीहरु दुर्घटना भएको अवस्थामा ग्राहकले सिधै सिप्रदी ट्रेडिङ्गको आफूलाई पाएक पर्ने सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बीमा दावी गर्न सक्नेछन् । ग्राहकहरुलाई सुलभ, छिटो र झन्झटरहित सेवा दिन यस व्यवस्थाले सहयोग पुर्याउने दुवै कम्पनीको दावी छ ।

हानकुक टायर अब नेपाली बजारमा, सवारीसँगै स्पेयर पार्ट व्यापारमा जम्दै लक्ष्मी ग्रुप

काठमाडौँ । काेरियाली उत्पादन हानकुक टायर नेपाली बजारमा अाएकाे छ । लक्ष्मी ग्रुपकाे भगिनी संस्था एलएच सर्भिसेस र स्पेयर पार्टस् (एलएचएस्एस्) ले उक्त टायर नेपालमा ल्याएकाे हाे । एलएच एस् एस् कम्पनी २०१८ मा स्थापित भएको हो । हानकुक दक्षिण कोरियाबाट विश्वव्यापी विस्तार भएकाे प्रमुख टायर निर्माण ब्राण्ड हो । उक्त टायर साेमबार लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, कम्पनीकाे उच्च पदाधिकारी र हानकुकका प्रतिनिधिहरूले संयुक्त रूपमा अनावरणा गरेका हुन् । हानकुक टायरले उच्च इन्धन क्षमता, आवाज, राम्रो आकर्षण र उच्च टायर जीवनको आश्वासन दिने कम्पनीले जनाएकाे छ । एलएचएस्एस्ले हाल इन्डोनेसिया र कोरियामा आधारित दुई कारखानाबाट हानकुक टायर आयत गरिरहेको छ । २०१८ मा हानकुक टायरले लक्ष्मी समूहसँग मिलेर नेपाली बजारमा गुणस्तरीय सेवाप्रदान गर्ने योजना लिएर नेपाली बजारमा आएको जनाएकाे छ । कम्पनीको भिजन “उपभोक्ताको गतिशीलताका लागि एक मात्र समाधान” भन्ने लक्ष्यका साथ अगाडी बढेको छ ।लक्ष्मी समूह एक स्थापित व्यवसायिक कम्पनीहरुको समूह हो । लक्ष्मी ग्रुप अन्तरगतका भगिनी कम्पनीहरूले विश्वव्यापी रुपमा प्रख्यात आटोमोटिभस् तथा सहायक बस्तुहरु आयत गरी बिक्री वितरण गर्दै अाएका छन् । यस ग्रुपले हुण्डाइ माेटरकाे व्यापारमा सफलता चुमेपछि  ब्याट्री, लुब्रिकेन्टस् र टायर व्यवसायमा हात हालेकाे छ । पाेखराबाट चकलेट र डेरी उद्याेगबाट उदाएकाे लक्ष्मी ग्रुपले पछिल्लाे दशक व्यापार, सेवा र उद्याेगका क्षेत्रमा लगानी विस्तार गरेकाे छ ।

सोमबारदेखि हुण्डाईको फ्री चेक अप क्याम्प शुरु, हेराैँ कँहा कँहा हुँदै छ ?

काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि ले “हुण्डाई हाईवे एसुरेन्स” योजना गरेको छ । उक्त योजना अन्तर्गत हुण्डाई गाडिहरुका लागि फ्री चेक अप क्याप आयोजना गरेको छ । यस कार्यक्रमअन्तर्गत कम्पनीले आफ्ना ग्राहकको लागि राजमार्गका विभिन्न स्थानहरुमा हुण्डाई गाडीको फ्री चेक अप क्याप स्थापना गरेको छ । नेपालीहरुको महान चाड वडा दसैंमाआफ्नो परिवारजन तथा इस्टमित्रहरुसँग मनाउने हेतुले आफ्नो हुण्डाई गाडीमा घर फर्कदै गरेका ग्राहकहरुलाई लक्षित गरी यो कार्यक्रममको आयोजना गरेको हो । यस फ्री चेक अप क्याप मा ग्राहकहरुले आफ्नो हुण्डाई गाडीको फ्री चेक अप क्याप गराउनुको साथै आवश्यक लुब्रिक्यान्ट कुल्यान्टको मात्रा कम भएमा कम्पनीले निःशुल्क थप गरिदिने व्यवस्था पनि गरेको छ । यो योजनाअन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थान बिर्तामोड(काँकड्भित्ता रोड), इटहरी (मिलनचोक), जनकपुर (ढल्केबर), सिद्धार्थ रिसोर्ट (चुम्लिङ्गटार, कुरिनटारबाट ५कि.मी. उत्तरतर्फ), भरतपुर (बालमन्दिर चोक), चौराहा (बुटवल), कोहलपुर चोक, धनगढी रोड (अतरिया) फ्री चेक अप क्याप पोइन्टको स्थापना गरीेएको छ । यो कार्यक्रम असोज २९ देखी ३१ गतेसम्म बिहान १० बजेदेखी साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।