वर्कसप दर्ता नगरे करोडौंको लगानी डुब्ने, दक्ष कामदार र न्यूनतम प्राविधिक पूर्वाधार हुनैपर्ने
काठमाडौं । नेपाल अटो वर्कसप व्यवसायी संघले कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका २०७४ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएकाे छ । हिट्को प्रालिका प्रबन्ध निर्देशक प्रदीपमान प्रधानले ग्यारेजका लागि आवश्यक इक्विपमेन्ट उपलब्ध गराउनुका साथै सञ्चालन र मर्मतका लागि आवश्यक तालिम समेत प्रदान गरिने बताए । नाडा अटो शोकै सन्दर्भमा कम्पनीले पोर्टेबल अन्डर च्यासिस वासर, मोटरसाइकल लिफ्ट र पार्किङ लिफ्ट समेत पहिलो पटक नेपालमा भित्र्याएको उनले बताए । सो अवसरमा विभिन्न क्षेत्रमा चार पांग्रे सवारी साधनको वर्कसप सञ्चालन गरिरहेका वर्कसप व्यवसायी, नेपालमा एटीएस-एल्गीका वर्कसप इक्विपमेन्ट उपलब्ध गराउदै आएको हिट्को प्रालि र एटीएस-एल्गीका प्रतिनिधिलगायत अन्य सरोकारवालाहरुको समेत सहभागिता थियो । हिट्को अटोमोबाइलले नेपाली बजारमा ८० प्रतिशत हिस्सा ओगटेको छ । विगत ३४ बर्षयता हिट्कोले एटीएस-एल्गीका ग्यारेज इक्विपमेन्ट उपलब्ध गराउँदै आएको छ । पहिले सामान्य अवस्थामा कुनै सरकारी निकायमा दर्ता गरेको वा नगरेकै भरमा पनि वर्कसप सञ्चालन भइरहेकोमा अब आधुनिक उपकरण र दक्ष जनशक्तिका साथ वर्कसप सञ्चालन गर्नुपर्ने अवस्था रहेको गुरुङले बताए । यद्पी यस क्षेत्रमा कार्यरत हजारौँ व्यवसायीहरुको करोडौं लगानी डुब्ने सम्भावना भएकोले बेलैमा सचेत भएर कार्य गर्न उनले आग्रह गरे । पहिले नै सञ्चालनमा रहेका वर्कसप पनि यातायात व्यवस्था विभागमा समयमै पञ्जिकरण नभएमा स्वतः खारेज हुने भएकाले सबैलाई आवश्यक प्रक्रिया पुरा गरी दर्ता गर्न समेत उनले अनुरोध गरे । सरकारले गत चैत १६ गते जारी गरेका १० वटा निर्देशिका मध्ये चर्चामा रहेको यातायात क्षेत्रमा सिन्डिकेट खारेजीका साथै वर्कसप सञ्चालन सम्बन्धी निर्देशिका समेत थियो । यस अनुसार अब वर्कसपमा न्यूनतम प्राविधिक पूर्वाधार हुनुका साथै दक्ष कामदार र इक्विपमेन्ट समेत हुनु पर्नेछ । त्यसैगरी, वर्कसप दर्ता गरेर मात्र सञ्चालन गर्न सकिने छ । नेपाल वर्कसप व्यवसायी संघका अध्यक्ष शरणकुमार गुरुङले गत २०७४ चैत १६ मा जारी भएको वर्कसप सञ्चालन निर्देशिका र यसमा भएका विभिन्न प्रावधानहरुको बारेमा जानकारी गराएका थिए । त्यतिबेला ६ महिनाको समय दिएर सो निर्देशिका जारी भएको र निर्देशिका अनुसार वर्कसपहरुलाई व्यवस्थित गर्ने समय आएको जानकारी दिँदै उनले यसका लागि गर्नुपर्ने आवश्यक कार्यका वारेमा जानकारी गराएका थिए ।
हुण्डाइकाे आइओनिक कार १ रुपैयाँ ५० पैँसा चार्जले १ किलोमिटर गुड्छ
लोडसेडिङ हटेपछि नेपालमा पनि विद्युतीय सवारीसाधन ( इलेक्ट्रिक) कार चढ्नेको संख्या बढ्दै गएको छ । इन्धनको हिसाबले सस्तो पर्ने र प्रदुषण कम गर्नेछ । कोरियाको गाडी निर्मार्ता हुण्डाइले नाडा अटो शोमा विभिन्न मोडेका अतिरित्त विद्युतीय कार सार्वजनिक गरेको छ । हुण्डाइले नेपालमा भित्राएको विभिन्न गाडीका विषयमा उपमहाप्रवन्धक रुपेश शर्मा भट्ट र सहायक महाप्रबन्धक दिपक थपलियासँग विकासन्यूजले गरेको कुराकानी: नाडा अटो शो सुरु भएयता कति वटा कार बुकिङ भएका छन् ? हाम्रो कति गाडी बिक्री भयो भनेर नाडा अटो शोपछि मात्रै सार्वजनिक गर्छौ । अन्य ब्राण्डका गाडी भन्दा हुन्डाईमा फरक के छ ? हुन्डाईले नेपालमा सबै भन्दा धेरै कार बिक्री गरेको छ । हामीले यो मेलामा सबैलाई हुन्डाईको बारेमा जानकारी दिनेछौं । अरु गाडीले भन्दा हाम्रो कम्पनीका गाडीहरुले राम्रो माइलेज दिन्छन । उपभोत्ताका चाहना बमोजिम सस्तोदेखि धेरै मूल्यसम्मका गाडी छन् । मूल्यका कुरा गर्दा न्युनतम १८ लाख ९५ हजारदेखी १ करोड २२ लाख ९६ हजार रुपैयाँ सम्मका छन् । हाम्रो कम्पनीमा सानो रेन्जदेखी ठुलो रेन्जसम्मका गाडी छन् । हामीले १० प्रकारका गाडी बिक्री गरिरहेका छौँ । त्यसैले पनि हाम्रो गाडीहरु लोकप्रिय भएका हुन । हुन्डाईको गाडीमा के के फिचर्स छन ? हाम्रो गाडीहरुमा ग्राहकले रोजे र खोजे जस्तो फिचरहरु छन् । हाम्रो कम्पनीले ग्राहकको रोजाइअनुसार गाडी उत्पादन गरिरहेको छ । आधुनिकतालाई हुन्डाईले आत्मासाथ गरिरहेको छ । उपभोत्ताले खोजने सबै प्रकारको फिचर हुण्डाइ गाडीमा छ । हुन्डाई ब्रान्डको सेल्स र सर्भिसलाई सगै लान्छु भनुभयो, कसरी ? हामीले गाडी मात्रै बिक्री गरिरहेका छैन । हामीले जति ठाउँमा सोरुम खोलेको छौं त्यती नै ठाँउमा सर्भिस सेन्टर पनि खोलेका छौँ । हाम्रो ब्रान्डको गाडीहरुको पाटपुर्जा पनि सहज र सरल तरिकाले उपलब्ध छ । ग्राहकले काठमाडौमा जस्तो सेवाको अनुभब गर्नु भएको छ । त्यो अनुभब देशै भरिका ग्राह्कले पाएका छन् । नाडा र दशैतिहारमा हुन्डाईले कस्तो अफर दिएको छ ? हामीले सेप्टेबर ७ बाट नै अफर सुरु गरिसकेका छौँ । हरेक गाडीको डिस्काउन्ट फरक फरक छ । स्क्याच कार्डबाट २५ हजार देखी १ लाख रुपैयाँसम्म र १ वर्षको बीमा र सडक कर हामीले नै तिरेका छौँ । नाडामा हामीले अझ १५ हजार थपेका छौँ । हुन्डाईले आइओनिक नयाँ विद्युतीय गाडी पनि ल्याएको छ । यो कस्तो कार हो ? हुन्डाईले नयाँ विद्युतीय गाडी नाडा अटो शोमा ल्याएको छ । यसको बजार मूल्य ५२ लाख ५६ हजार रुपैयाँ तोकिएको छ । एक पटक फुल चार्ज गरेपछि यो गाडी २५० किलोमिटरसम्म चलाउन सकिन्छ । नेपालको भौगोलिक अवस्थाको कारण विद्युतीय गाडीहरु व्यवसायिक रुपमा सफल भएका छैनन, यसमा आइओनिक सफल हुने छ । विद्युतीय गाडीको विस्तारका लागि हुन्डाईले विभिन्न स्थानमा चार्जिङ सेन्टर स्थापना गर्ने लक्ष्य लिएको छ । यो कार १ रुपैँया ५० पैंसा बराबरबको विद्युतको चार्जले १ किलोमिटर गुडछ । यो कार चार्ज हुन कति समय लाग्छ ? यो कार ३ प्रकारको चार्जरबाट चार्ज हुन्छ । स्टेप १ को चार्जरले चार्ज गर्दा १०–१२ घन्टा, स्टेप २ को चार्जरले चार्ज गर्दा ४ घन्टामा फुल चार्ज हुन्छ र स्टेप ३ को चार्जरले ३० मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ ।
टिभिएसको एनर्टक १२५ स्कुटर सार्वजनिक, मूल्य २ लाख २४ हजार रुपैयाँ
काठमाडौं । टीभीएस टू ह्वीलको लागि नेपालको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले स्मार्ट कनेक्टेड स्कुटर एनटर्क १२५ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले भृकुटीमन्डपमा आयोजित नाडा अटो शो २०१८ मा उक्त स्कुटर कम्पनीले सार्वजनिक गरेको हो । युवा वर्गको लागी लक्षित गरेर डिजाइन गरिएको एनर्टक स्कुटर टिभिएस रेसिङ प्लेटफर्मका साथ ३ भल्ब इन्जिन युक्त रहेको छ । एनर्टक १२५ टेक्नोलोजी प्लेटफर्म टिभिएस स्र्माट कनेक्टले यो स्कुटरलाई कनेक्टेड स्कुटरमा परिभाषित गरेको छ । यसको हालको मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार टिभिएस एनर्टक १२५मा न्यू जेनेरेशन सिभिटीआइ आरइभिभी १२६।७९ सीसीको सिगंल सिलिन्डर, ४स्टोर्क, ३ भल्ब एयरकूल्ड इन्जिन रहेको छ । यसले ७५०० आरपीएममा ९.४ पिएस र ५५०० आरपीएममा १०.५ एनएम टर्क जेनेरेट गर्दछ । यस स्कुटरमा स्पोर्ट मोड दिइएको छ, जसले रेसिङ डाटा, ल्याप समय स्क्रिनमा देख्न सकिन्छ । ३ ट्रिप मीटर, फ्यूल लेवल, स्पीड, इन्जिन टेम्परेचर, र घडीजस्ता फिचर नर्मल मोडमा पाइन्छ । यस स्कूटरमा रहेको लो फ्यूल वार्निङले रिजर्वमा आएपछि कति दुरीपार गरेको छ भन्ने कुरा देखाउँछ । हेलमेट लगाउन भुल्नेहरुलाई यसले स्टार्ट गर्नासाथ हेलमेटको आइकन डिस्प्लेमा देखिन्छ जसले हेल्मेट नलगाई बाहिर नि निस्कने संभावना अत्यन्त न्युन रहेको कम्पनीले जनाएको छ । त्यसैगरी, एंकर एपले पनि कामको धेरै सूचनाहरु दिने गर्छ । राइड रिपोर्ट जेनरेट भए पश्चात् दूरी (डिस्टेंस), टाइम, ट्राफिकको टाइम, र पछिल्लो पटक स्कूटर पार्क गरेको स्थानजस्ता कुराहरुको जानकारी यस एपले दिने गर्छ । यसमा १२ इन्चको एलोइ ह्वील दिइएको छ भने, सेफ्टीको लागि फ्रंट डिस्क ब्रेक दिइएको छ । यसमा एलईडी डे टाइम रनिङ ल्याम्प भएतापनि हेडलाइट एलईडीमा छैन । अन्डर सीट स्टोरेज क्षमतासमेत राम्रो रहेको छ । १ सय ५५ एमएम ग्राउन्ड क्लियरेन्स भएको टीभीएस एनटर्क स्कुटरमा पाँच लिटर क्षमताको फ्युल ट्यांक छ । यो स्कुटर विभिन्न ५ रङमा उपलब्ध छन् । यो स्कुटरमा रहेको डिस्क ब्रेकले सुरक्षित यात्राको लागि निकै सहयोग पुग्ने कम्पनीले जानकारी दिएको छ ।