आइएमइ मोटर्सद्धारा अशोक लेलैण्डका थप २० थान सिटी बस खरिद
काठमाडौं । आइएमइ ग्रुप अन्तर्गतको आइएमइ मोटर्स प्रालिले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको लोकप्रिय अशोक लेलैण्डका थप २० थान सिटी बस खरिद गरेको छ । कम्पनीले सो मात्राको बस खरिद गर्ने सम्बन्धमा साझा यातायातसँग सम्झौता गरेको छ । बिहीबार सम्पन्न उक्त सम्झौतामा साझा यातायातका तर्फबाट निमित्त कार्यकारी प्रमुख महेन्द्रराज पाण्डे र आइएमइ मोटर्सकातर्फबाट प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीबीच सम्झौता पत्र आदान–प्रदान भएको थियो । सो अवसरमा अशोक लेलैण्ड, इन्डियाका प्रतिनिधिकन्ट्री मेनेजर टोनीगुइन पनि उपस्थित थिए । भारतको चेन्नई स्थित अशोक लेलैण्डले साझा यातायातले खोलेको टेन्डर प्राप्त गरी नेपालमा सिटी बस सप्लाइ गर्ने भएको छ । अशोक लेलैण्ड भारतको नं. १ बस बनाउने कम्पनीमध्ये एक हो । भारतका साथसाथै अशोक लेलैण्डको बाहुल्यता श्रीलंका र बंगलादेशमा पनि राम्रो उपस्थितिका साथ रहेको छ । अशोक लेलैण्डका बसहरु वातावरण मैत्री तथा अपाङ्ग मैत्री रहनेछन् । कार्यक्रममा आइएमइ मोटर्सका प्रमुख कार्यकारी अधिकृत शिवाकोटीले भने “अशोक लेलैण्डका सिटी बसहरु नेपाली बाटोमा अरब्यान ट्रन्सपोर्टको कोशेढुङ्गा साबित हुनेछन् । साझा यातायातद्वारा आयात गरिने बसहरु काठमाडौँ महानगरपालिका भित्र सञ्चालन गरिनेछन् जसका कारण निजि सवारी साधन प्रयोग घट्ने र ट्राफिक समस्या कम हुने छ” । साथै उनले उक्त गाडीहरु काठमाडौं भित्रिएपश्चात् अफिस टाइममा हुने जामको समस्या पनि कम हुनेछ र सिट नपाएर दुःख भोग्दै, उभिएर अफिस जानुपर्ने समस्या हट्ने बताएका छन् । अशोक लेलैण्डको नेपालका लागि अधिकारिक बिके्रता आइएमइ मोटर्सले उक्त गाडीहरुका लागि चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाइ पनि पर्याप्त मात्रामा गर्ने प्रतिबद्वता जनाएको छ ।
वीरगञ्जमा महिन्द्रा गाडीको लागि प्रि डेलिभरी इन्स्पेक्शन सेन्टर खुल्यो
काठमाडौं । अग्नि ग्रुपले वीरगञ्जमा पिडिआई (प्रि डेलिभरी इन्स्पेक्शन) सेन्टर तथा स्पेयर पार्ट बिक्री केन्द्रको स्थापना गरेको छ । महिन्द्रा एण्ड महिन्द्रा साउथ एशियाका उपाध्यक्ष इन्टरनेशनल अपरेशन प्रमुख सञ्जय ज्यादभ र अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले केन्द्रको चैत १ गते सामुहिक रुपमा समुद्घाटन गरेका छन् । पिडि आईसेन्टरको उद्घाटनका क्रममा सञ्जय ज्यादभले “महिन्द्रा गाडी प्रतिको आमविश्वास अनि भरोसालाई आत्मसाथ गर्दै कम्पनीले यो केन्द्रको स्थापना गरेको बताए । त्यस्तै अर्जुनप्रसाद शर्माले ग्राहक समक्ष गाडी पुर्याउनु पूर्व नै गाडी पूर्ण रुपमा गुणस्तर युक्त छ भनी सुनिश्चितता प्रदान गर्न सेन्टर स्थापना गरेके बताए । यस सेन्टरबाट गुणस्तरीयताको १०० प्रतिशत सुनिश्चितता प्राप्तहुनुका साथ साथै गाडीका सम्पूर्ण अवस्थाहरु जस्तैः गाडीको फिनिसिङ्ग, ग्यास, वासर फ्ल्युड, इन्जिनआयल राख्ने जस्ता कार्यहरु गरिनुका साथै बोल्टहरुलाई कस्ने, आदि कार्यहरु हुने कम्पनीले जनाएको छ ।
बजाजको ‘बजाज युगारम्भ’ योजना सार्वजनिक, नयाँ युगलाई स्वागत गर्ने उद्देश्य
काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नयाँ वर्ष २०७५ को अवसरमा बजाजको ‘बजाज युगारम्भ’ योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘नयाँ नेपालको नयाँ शुभारम्भ’ नारा सहित यस योजना शुरु गरेको हो । नेपालले अब विकासको बाटो समाउने तर्रखर गरिरहेकाले अब आउँदै गरेको नयाँ वर्ष नेपाली नागरिकको लागि निकै महत्वपूर्ण हुने हुँदा कम्पनीले यस योजना सार्वजनिक गरेको हो । यस योजनाले विकासको युग आरम्भ भएको संदेश युवाहरुमा प्रवाह गर्ने कम्पनीले जनाएको छ । यसले देशको विकासप्रति युवाहरुलाई जागरित गराउने र अग्रसर हुन प्रेरित गर्ने छ । यस योजनाले नयाँ कामको सुरुवात गर्दै नयाँ नेपाल निर्माणमा सहयोगी बन्न सक्ने छ । यो अभियानका विशेषताहरुमा ‘रु.७५०० स्योर सट अफर’ स्कीम अन्तर्गत कुनैपनि बजाजका बाइकहरु खरिदमा हरेकले तत्काल ७५०० रुपैयाँ नगद छुट पाउनेछन् । साथै हरेक खरिदकर्तालाई हरेक दिन हुने लक्की ड्रमा समाबेस गराइने छ । जहाँ भाग्यशाली ग्राहकले ७५ हजार रुपैयाँ हरेक दिन जित्न सक्ने छन् । यो योजना शुभारम्भ गर्दै कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने ‘नयाँ बर्षको अबसरसँगै देश निर्माण र विकासले गतिलिने हामीले विस्वास लिएका छौं । त्यसैले सबै युवाको मन र मस्तिष्कमा नयाँ युगको आरम्भ भएको संदेश पुर्याउन हामीले ‘बजाज युगारम्भ’ योजना सार्वजनिक गरेका हौं । नयाँ वर्षको उपहार योजनामा नयाँ युगलाई स्वागत गर्ने उद्देश्य र नयाँ नेपाल बनाउन युवाहरुको योगदानको उतिकै महत्व छ भन्ने सन्देश दिन हामीले यो योजना सार्वजनिक गरेका हौं ।’