सुजुकीको पहिलो रिटेल मिट सम्पन्न, १४० वटा आधिकारिक आउटलेटहरुकाे सहभागी
काठमाडौं । सिजी मोटोकर्पको नेपालकालागि आधिकारीक विक्रेता सुजुकी फोर ह्विलर र सुजुकी अटोमोटिभ डिभिजनको पहिलो रिटेलरमिट काठमाडौंमा सम्पन्न भएको छ । रिटेलमिटमा मुलुकभरका १ सय ४० वटा आधिकारिक आउटलेटहरु सहभागी थिए । सुजुकीका रिटेलरहरुको क्षमता अभिवृद्धि तथा उनीहरुलाई विभिन्न किसिमका इन्सेन्टिभहरुको घोषणागर्ने प्रमुख उद्धेश्य सहित सो कार्यक्रम आयोजना भएको थियो । त्यस क्रममा रिटेलरहरुले ब्यवसाय सम्वन्धी आफूलाई लागेको जिज्ञासा राखेका थिए । सिजी मोटोकर्पले रिटेलर नेटवर्कवाट सुजुकी सर्भिस पार्टसका ग्राहकहरुमा सरल तरिकावाट उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा सुजुकिका सर्भिस तथा स्पेयर्स पार्ट डिभिजनका डिजिएम श्याम श्रेष्ठले गुणस्तरीय पार्टको प्रयोग र त्यसका फाइदाबारे जानकारी गराएका थिए । देशभर छरिएका सुजुकिका रिटेलरकै कारण उपभोक्ताले सस्तो र सरलरुपमा गुणस्तरिय सामान पाउन सकेको उनले बताए ।
एमएडब्लुले दियो नेपाल प्रहरीलाई दुई वटा स्कुटर, सबै ब्रान्डका स्कुटरलाई ‘फ्रि वास’ सर्भिस
काठमाडौं । यामाहाले नेपालमै पहिलो पटक ‘स्कुटर डे’ (स्कुटर दिवस) मनाएको छ । मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पुर्याएको योगदानको कदर गर्दै यामाहाले ७ मार्चलाई ‘स्कुटर डे’का रुपमा मनाएको हो । स्कुटर डेको अवसरमा नेपाल ट्राफिक प्रहरीका एसएसपी उमेश रञ्जितकार (बायाँ)लाई विशेष यामाहा स्कुटर हस्तान्तरण गर्दै एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल । पहिलो ‘स्कुटर डे’को अवसरमा यामाहाले आफ्ना सबै सर्भिस सेन्टरबाट ‘फ्रि स्कुटर वाश’को अफर दिएको थियो जसमा विभिन्न ब्रान्डका स्कुटर चढ्ने राइडरले व्यापक सहभागिता जनाएका थिए । ‘पहिलो स्कुटर डेलाई स्मरणीय बनाउन हामीले स्कुटर राइडरहरुलाई निशुल्क स्कुटर वासको अफर दिएका थियौं । राइडहरुबाट हामीले निकै राम्रो प्रतिक्रिया पायौं,’ एमएडब्लुका सर्भिस हेड शरद मिश्रले भने, ‘नेपालभरका यामाहा सर्भिस सेन्टरबाट विस्तृत विवरण आइनसके पनि हजारौंको संख्यामा राइडरहरु आफ्नो स्कुटर धुलाउन आएको जानकारी पाएका छौं ।’ बुधबार यामाहाका सर्भिस सेन्टरहरुमा अन्य ब्रान्डका स्कुटरहरुको पनि भीड लागेको थियो । ‘हामीले फेसबुकबाट फ्रि वास अफरबारे सूचना पाएका थियौं । पहिला त हल्ला जस्तो मात्र लागेको थियो तर यामाहाले वास्तवमै फ्रिमा वास गरिरहेको रहेछ,’ यामाहाको त्रिपुरेश्वस्थित सर्भिस सेन्टरमा साथीहरुसँग स्कुटर वास गराउन आएका लक्ष्मण व्यञ्जनकारले भने, ‘मेरो लागि यो अनौठो अनुभव भयो ।’ ट्राफिकलाई दुई वटा स्कुटर यसैबीच, ‘स्कुटर डे’कै अवसरमा एमएडब्लुले नेपाल ट्राफिक प्रहरीलाई दुई वटा साइरनजडित यामाहा स्कुटर हस्तान्तरण गरेको छ । एमएडब्लुका प्रबन्ध निर्देशक विष्णु अग्रवालले ट्राफिक एसएसपी उमेश रञ्जितकारलाई स्कुटरको साँचो हस्तान्तरण गरेका थिए । कार्यक्रममा एसएसपी रञ्जितकारले यामाहाको प्रयासलाई धन्यवाद दिँदै अटोमाबाइल कम्पनीहरुले अन्य फिचरका साथसाथै सुरक्षालाई पनि प्राथमिकता दिनुपर्ने बताए । ‘अहिले दैनिक दर्जनौं दुर्घटनाहरु हुन्छन् । यसलाई रोकथाम गर्नमा अटोमोबाइल कम्पनीहरुको भूमिका हुन्छ,’ उनले भने, ‘तपाईंहरुले पनि चालकहरुलाई कसरी सुरक्षित यात्रा गर्ने भन्ने सिकाउन सक्नुहुन्छ ।’ एमएडब्लुका प्रबन्ध निर्देशक विष्णु अग्रवालले यामाहा सामाजिक उत्तरदायित्वप्रति सदा प्रतिबद्ध रहेको बताए । ‘हामीले विगत केही वर्षदेखि युवालाई लक्षित गरी यामाहा सेफ राइडिङ साइन्स (वाईएसआरएस) नामको सडक सुरक्षा सचेतना कार्यक्रम चलाइरहेका छौं । यामाहाबाट तालिमप्राप्त हाम्रा प्रशिक्षकहरुले काठमाडौं र बाहिरका कलेज तथा अन्य संघसंस्थामा गएर सुरक्षित यात्राबारे तालिम दिइरहेका छन्,’ उनले भने । वाईएसआरएसबाट हालसम्म पाँच हजारभन्दा बढी युवा लाभान्वित भइसकेको पनि उनले जानकारी दिए । यामाहाले बिहीबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालकै अग्रणी, सम्भवतः नेपालकै पहिलो स्कुटरचालक कमला श्रेष्ठलाई सम्मान गरेर यामाहा स्कुटर हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ ।
‘स्टाइल’ र ‘कम्फोर्ट’का लागि यामाहा स्कुटर
काठमाडौं । नेपाली बजारमा उपलब्ध स्कुटरबारे भर्खरै गरिएको एउटा स्वतन्त्र अध्ययनमा यामाहाका स्कुटरलाई ‘स्टाइल’ र ‘कम्फोर्ट’का लागि सबैभन्दा बढी रुचाइने गरेको देखिएको छ । नेपालको प्रतिष्ठित रिसर्च संस्था मिडियारिचले गरेको सर्वेक्षणमा चालकहरुले यामाहाका स्कुटरको ‘स्टाइल’ र ‘कम्पोर्ट’लाई सबैभन्दा बढी मन पराएको १ नम्बरमा राखेका हुन् । ‘हामीले भर्खरै स्टाइल, कम्फोर्ट, माइलेज, पिकअप जस्ता गुणलाई प्राथमिकतामा राखेर बजारमा उपलब्ध विभिन्न ब्रान्डका स्कुटरप्रति ग्राहकको रुचीबारे एउटा बृहत अनुसन्धान गरेका थियौं,’ मिडियारिचका निर्देशक मिरेश अधिकारीले भने, ‘यसमा यामाहाका स्कुटरहरु स्टाइल र कम्फोर्टका लागि ग्राहकले सबैभन्दा रुचाएको पायौं ।’ उनले स्कुटरप्रति नेपालीको हेराइमा आमुल परिवर्तन आएको पनि बताए । ‘पहिले स्कुटरलाई फिमेल राइडको रुपमा लिइन्थ्यो अहिले यसलाई पुरुषले पनि प्रयोग गर्छन् ।’ यसै अवसरमा एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले सम्पूर्ण ग्राहकलाई धन्यवाद व्यक्त गरेका छन् । ‘यो हाम्रोलाई ठूलो उपलब्धीको कुरा हो । यामाहा ब्रान्डप्रति ग्राहकले दिनु भएको विश्वास, स्नेह र साथको हामी हृदयदेखि आभारी छौं,’ उनले भने, ‘हामी जे गर्छौं ग्राहकको सुविधा अनि सन्तुष्टीका लागि गर्छौं । हामीबीचको यो सम्बन्ध अबिरल र अटुट रहोस् भन्ने कामना गर्न चाहन्छु ।’ एमएडब्लुले सन् १९७५ बाट यामाहाका मोटरसाइकल र ६ वर्षअघिबाट स्कुटरलाई नेपालमा आधिकारिक रुपमा भित्र्याउन थालेको थियो । यो छोटो अवधिमा यामाहाका स्कुटर नेपाली ग्राहकमाझ लोकप्रिय बनिसकेको छ । डिजाइन र प्रविधिमा यामाहाको नविनतम प्रयोगले गर्दा विश्व बजारमा नै यामाहाको स्कुटर चर्चित छ । यामाहाको इन्जिनियरिङले स्कुटरलाई स्टाइलिस र स्पोर्टी भिजुअल अपिल मात्र दिँदैन यसले हरेक राइडलाई आरामदायी र रोमाञ्चकारी समेत बनाउँछ । नेपालमा अहिले यामाहाको फेसिनो, रेजी, रे जेडआर र अल्फा गरी चार मोडेलका स्कुटर उपलब्ध छन् । यी स्कुटरहरु विभिन्न उमेर र फरक पेसामा आबद्ध महिलापुरुषलाई सुहाउने गरी तयार पारिएका हुन् । यामाहा स्कुटरमा प्याटेन्डेट ब्लुकोर टेक्नोलोजीजडित इन्जिन छ जसले स्कुटरको पर्फमेन्स र माइलेजलाई पनि बढाउँछ । यसैबीच, यामाहाले आजैबाट ‘एसस्कुटर’ नामको अभियान सुरु गरेको छ । मानिसहरुको दैनिकी सहज बनाउन स्कुटरले निर्वाह गरेको भूमिकालाई कदर गरेर एमएडब्लुले यो अभियान थालेको हो । किन चाहिन्छ ‘स्टाइल’ र ‘कम्फोर्ट’ ? स्कुटर विशेषगरी युवापुस्ताले रुचाउने साधन हो र यो फिमेल भेहिकल भन्दा पनि ‘युनिसेक्स्युअल भेहिकल’ बनिसकेको छ । आजकलका टिनएजर आफ्ना स्टाइलप्रति निकै सचेत छन् । त्यसैले त आफ्नो स्टाइलसँग म्याच हुने साधन उनीहरु रुचाउँछन् । मिस नेपाल २०१७ निकिता चन्दक स्टाइललाई फेसनसँग मात्र होइन कन्फिडेन्स यानि आत्मविश्वाससँग जोडेर हेर्ने गर्छिन । ‘जो स्टाइलिस देखिन्छ उनै सबैभन्दा कन्फिडेन्ट हुन्छन् । कन्फिडेन्स विनाको फेसन फेसन हुँदैन,’ उनले भने । त्यसैगरी, ‘कम्फोर्ट’ भनेको आराम हो । र आरामको प्रत्यक्ष सम्बन्ध मानव स्वास्थ्यसँग हुने हाडजोर्नी विशेषज्ञ डा. श्रीकृष्ण अवाल बताउँछन् । ‘स्कुटर आरामदायी भएन भने यात्रा तनावपूर्ण हुन्छ र तनावपूर्ण यात्रा सुरक्षित कदापी हुन सक्दैन,’ डा. अवालले भन्छन् । उनका अनुसार स्कुटर चलाउँदाखेरि बडी पोजिसन राम्रो भएन भने हाडमा असर गर्छ । उनले भने ‘बडी पोजिसनिङ राम्रो भएन भने ढाड दुख्ने र कम्मर दुख्ने समस्या निम्तिन सक्छ । र यो समस्या दीर्घकालीन समेत हुनसक्छ ।’