सरकारले ईन्धनको भाउ बढायो, पेट्रोलमा २ रुपैयाँ र ग्याँसमा २५ रुपैयाँ बढ्यो
काठमाडौं । नेपाल आयल निगमले इन्धनको भाउ बढाएको छ । आज राती १२ बजेदेखि लागू हुनेगरी निगमले इन्धनको मूल्य बढाएको हो । निगमको शुक्रवार बसेको बोर्ड बैठकले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा ३/३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको छ । निगमकोअनुसार नयाँ मूल्यसूची अनुसार आज राती १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक सय रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७७/७७ रुपैयाँ र हवाई इन्धन -आन्तरीकको मूल्य ८७ रुपैयाँमा समायोजन गरिएको छ । त्यस्तै, हवाई इन्धन भने प्रति हजार लिटर ८ सय ५० डलर कायम गरिएको छ ।
नयाँ वर्षमा महंगिएर आउदैछन् यी कारहरु, कुनको मूल्य कति बढ्ला ?
काठमाडौं । आउदो नयाँ वर्ष २०१८ मा नेपाली बजारमा कार महँगो हुने भएको छ । भारतमा अधिकांश कार कम्पनीहरुले जनवरीदेखि कारको मूल्य बढाउने भएपछि नेपाल भित्रिने कार महँगो हुने भएको हो । भारतका अधिकांश कम्पनीहरुले कारको मूल्य बढाउने योजना बनाइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बढ्दो लागत खर्चको कारण बताउदै कम्पनीहरुले कारको मूल्य बढाउने तयारी गरेको हो । नेपालमा कारहरु भारतबाट आयात हुन्छन् । जसको कारण भारतमा कारको मूल्य बढ्दा त्यसको प्रभाव नेपाली बजारमा पनि पर्ने सिप्रदी ट्रेडिङ प्रालीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले जानकारी दिए । उनका अनुसार भारतमा कारको मूल्य बढ्दा, नेपालमा त्यसको प्रभाव स्वभाविकरुपमा पर्छ । ‘आयात करमा भन्दा पनि कारको मूल्य बढ्दा त्यसको ठुलो प्रभाव पर्छ,’उनले भने, ‘तर अहिलेसम्म कारको मूल्य बढ्नेबारे हामीलाई आधिकारिक जानकारी भने आएको छैन ।’ कम्पनीले कति प्रतिशतको दरले मूल्य बढाउने जानकारी दिएका छन् । टोयोटाको कार ३ प्रतिशतसम्मले बढ्नेछ । चलनचल्तीको मोडलको आधारमा कम्पनीले कारको मूल्य पाँच हजार भारतीय रुपैयाँदेखि १ लाख १० हजार भारुसम्म बढाउनेछ । महिन्द्रा एण्ड महिन्द्राको कारमा ७ हजार भारतीय रुपैयाँदेखि ३० हजार भारुसम्म बढ्नेछ । होन्डाले पनि १-२ प्रतिशतसम्म मूल्य बढाउने योजना बनाएको छ । त्यस्तै इसुजु मोटर्सले १५ हजार भारु देखि १ लाख भारुसम्म बढाउने तयारी गरेको छ । यद्यपी केही कम्पनीहरुको कारको मूल्य बढ्ने सम्भावना भने कम देखिएको छ । मारुति सुजुकी, हुन्डाई लगायतका कम्पनीका प्रवक्ताहरुले कारको मूल्य बढाउने कुनै योजना नरहेको जानकारी दिएका छन् । स्कोडाको प्यारेन्ट कम्पनी फोक्सवागेनले मुल्य बढाउन सोच बनाएपनि कति बढाउने भन्ने बारे यकीन भइसकेको छैन । दि इकोनोमिक टाइम्सका अनुसार भारतीय कार निर्माता कम्पनीहरु हरेक नयाँ वर्षमा कारको मूल्य बढाउने र वर्षको अन्तमा स्टक रित्याउन भारी छुटमा कार बेच्ने काममा अभ्यस्त छन् ।
कारको दुनियाँमा आयो ‘जंगली साढे’ : चाबी बिना नै स्टार्ट हुने यस्तो कार
एजेन्सी । इटालीको चर्चीत कम्पनी की ल्याम्बर्गिनीले आफ्नो नयाँ एसयूभी, युरसलाई सार्वजनिक गरेको छ । युरसको अर्थ ‘जंगली साढे’ हुन्छ । यो भव्य गाडी ल्याम्बर्गिनीले विशेष फिचरसहित ल्याएको छ । लामो समयदेखि यो कारलाई कम्पनीले निर्माण गरिरहेको थियो । यो एउटा एक एसयूभी हो तर कम्पनीले यसलाई एसएसभी सुपरस्पोर्ट यूटिलिटी भेहिकलको रुपमा दाबी गरेको छ । यसलाई फोक्सवागेनको एमक्यूबी प्ल्याटफर्ममा तयार पारिएको छ । यो कारमा चार लिटरको ट्विन टर्बो बी ८ ईञ्जनि जडान गरिएको छ । यो ईञ्जिनले ६४१ बीएचपीको पावर र ८५० न्युटन मिटरको टर्क प्रदान गर्छ । यो ८ स्पिड आटोम्याटिक ट्रान्समिशन सिस्टम रहित छ । यसले परफर्मेन्स एसयूभी ० देखि १०० किलोमीटर प्रति घण्टाको स्पिडमा ३.६ सेकेण्ड पकड लिन्छ । जबकी यो २०० किलोमिटर प्रति घण्टाको स्पिड १२.८ सेकेण्डको पकड लिन सक्षम छ । यसको अधिकतम स्पिड ३०५ किलोमीटर प्रति घन्टा छ । यो दुनियाँकै सबैभन्दा तेज एसयुभी रहेको कम्पनीको दाबी छ । यो कार चाबी बिना नै स्टार्ट हुन्छ । ब्रेकिंङका लागि अगाडीको पांग्रामा ४४० एमएम र पछाडिको पांग्रामा ३७० एमएम कार्ब सेरामिक ब्रेक दिइएको छ । यसमा २१ ईञ्चको एल्वोइ ह्विल पनि दिइएको छ। यो ५ सिटर कार हो । अगाडीपट्टी यसमा चहकिलो एलईडी हेडलाइट छ । यसमा २१ स्पिकरका साथ थ्रीडि साउन्ड सिस्टम पनि छ । यसलाई अर्को वर्षदेखि बजारमा बिक्रीका लागि सुरु गरिने कम्पनीले जानकारी दिएको छ । यसको मूल्य दुई लाख अमेरिकी डलर रहेको छ ।