टाटा नेक्सनले पायो ‘सवकम्प्याक्ट एसयूवी’ अवार्ड
काठमाडौं । टाटा नेक्सनले एनडीटीभी कार तथा बाइक अवार्डस् २०१८को उत्कृष्ट ‘सवकम्प्याक्ट एसयूवी’ अवार्ड पाएको छ । यस वर्ष टाटा मोटर्सबाट सबैभन्दा महत्वपूर्ण प्रक्षेपण रहेको नेक्सन भारतमा निमार्ण गरिएको सव-४ मिटर एसयूवी स्पेस क्षेत्रमा लन्च हुने पहिलो मोडेल रहेको छ । टाटा मोटर्सको प्रभावशाली डिजाइन दर्शनमा आधारित चौथो उत्पादन टाटा नेक्सनलाई टाटा मोटर्सले २१ सेप्टेम्बर, २०१७मा भारतमा लन्च गरेको थियो । टाटा नेक्सनमा रहेका केहि भागका डिजाइनहरु ल्याण्ड रोभर मोडेलहरु, विशेष गरी रेञ्ज रोभर इभोकबाट प्रेरित रहेको छ । कर्भ डिजाइन, पृथक स्टाईल र स्मार्ट फिचरहरुका साथ नेक्सनले कम्प्याक्ट एसयूवी स्पेशको वर्गमा नयाँ आयाम ल्याएको छ । स्टाईलिङ्ग डुअल कलर विकल्पमा उपलब्ध यस कारमा भएका केहि नवीन र चाख लाग्दो स्टाईल तत्वहरुले यस कारको लक्स्र शोभा अझ बढाएको छ । प्रोजेक्टर हेडल्याम्पस्, एलइडी डे टाइम हेडल्याम्प र एलइडी टेलल्याम्प तथा १६ ईन्च एलोय व्हील जस्ता यस कारका महत्वपूर्ण विशेषताहरु हुन् । कारको क्याबिनमा रहेको उच्चस्तरीय इन्टेरिएर, उत्कृष्ट फिट र फिनिसका साथै सर्वोत्कृष्ट ड्यासबोर्डले यस कारलाई थप आकर्षित बनाएको छ । यस कारको दुई मुख्य विशेषता भनेकै यसमा रहेको ड्यास टप एच्डी इन्फोटेन्मेन्ट डिस्प्ले र मल्टी-ड्राईभिङ्ग मोड सिस्टम रहेको छ । टाटा मोटर्सले टाटा नेक्सनलाई नेपाली बजारमा चाँडै लन्च गर्ने लक्ष्य लिएको छ ।
बंगलादेशी रनर बाइक नेपालगञ्जमा पनि
काठमाडौं । बंगलादेशमा उत्पादित रनर ब्राण्डका मोटरसाइकल र स्कुटर अब नेपालगञ्जमा आइपुगेको छ । नेपालका लागि आधिकारीका बिक्रेता रमण मोटर्स प्रा.लिले राजधानीमा मोटरसाईकलको बिक्री खुला गरेलगत्तै नेपालगञ्जका लागि डिलर लक्ष्मी ट्रेड लिंकले आफ्नो शोरुम को उद्घाटन गरेको हो । नेपालगजं उप महानगरपालिकाका मेयर डा. धवलसमशेर राण ले शोरुम उद्घाटन गर्दै सफलता को शुभकामना दिएका छन । कार्यक्रमा नेपालगजं उद्योग वाणिज्य संघका अध्यक्ष्य नन्दलाल बयस्य, मिडियाकर्मी, बैंक तथा वित्तिय संस्था, अटोमोबाइल क्षेत्रका प्रतिनिधिको उपस्थिती थियो । नेपालमा पहिलो पटक छ बर्ष वारेन्टी का साथ प्रस्तुत रनर ब्रण्डका ८०, १००, ११०, १२५, १५० सीसीका बाइक र ११० सीसीको गियर जडित क्लज रहित स्कुट रहेका छन् ।
अब मात्र २० प्रतिशत डाउन पेमेन्टमा किन्न पाइन्छ जेसीबीका मेसिन
काठमाडौं । एमएडब्लु अर्थमुभर्स प्रा. लि.ले जेसीबी मेसिन खरिदका लागि अभुतपूर्व डाउन पेमेन्टको योजना सार्वजनिक गरेको छ । यो योजना अनुसार अब ग्राहकले मात्र २० प्रतिशत डाउन पेमेन्टमा जेसीबी ब्रान्डका मेसिन खरिद गर्न पाउनेछन् । जेसीबीको नयाँ अफरमा एनसीसी बैंक लिमिटेडको साथ रहेको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एमएडब्लु अर्थमुभर्सका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एनसीसी बैंकका सीइओ रमेश राज अर्यालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यसैबीच, जेसीबीको नयाँ अफरको प्रचारार्थ ‘विकासका लागि निर्माण, निर्माणका लागि जेसीबी’ अभियान सुरु गरेको छ । ‘हामीलाई विश्वास छ कि स्थानीय र संसदीय निर्वाचनको समापनसँगै अब विकासनिर्माणको कामले तीव्रता पाउनेछ । जस्तोसुकै निर्माण कार्यका लागि हेभि इक्विपमेन्ट आवश्यक पर्छ । २० प्रतिशत डाउन पेमेन्ट ल्याएर हामी हाम्रा विश्वसनीय उत्पादन जेसीबी एक्साभेटर र ब्याकहो लोडर राष्ट्रिय तहमा मात्र होइन स्थानीय तहमा समेत पुर्याउन चाहन्छौं,’ एमएडब्लु अर्थमुभर्सका सेल्स एन्ड मार्केटिङ हेड दिपक राज गिरीले भने । ‘नेपालमै सबैभन्दा बढी रुचाइएको ब्रान्ड बन्नु र देश विकासमा सहभागी हुन पाउनु हाम्रो लागि गर्वको कुरा हो । हामीलाई विश्वास छ । हामीलाई विश्वास छ, २० प्रतिशत डाउन पेमेन्ट अफरले जेसीबी मेसिन खरिदलाई सहज बनाउनेछ र यसबाट सरकारी पक्ष मात्र होइन निजी क्षेत्र पनि लाभान्वित हुनुहुनेछ,’ गिरीले थपे । नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो लोडर, रोलर, कम्प्याक्टर, ह्विल लोडर, लोडअल र रोबोट लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको कम्पनीको दाबी छ । एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा बेलायती हेभि इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरसिप लिएको थियो । ललितपुरमा अवस्थित जेसीबीमा हाल साढे दुईसयभन्दा बढी कर्मचारी कार्यरत छन् भने अर्थमुभिङ र निर्माण उपकरण क्षेत्रमा यसको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी रहेको कम्पनीले जनाएको छ । देशभर ११ स्थानमा ‘थ्रि एस’ सुविधासहितको शाखा, चार वटा आधिकारिक विक्री केन्द्र (एआरओ) र एक सय ६६ जना सर्भिस इन्जिनियर छन् । हाल जेसीबीले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ, सुर्खेत र जनकरपुरबाट सेल्स, सर्भिस र स्पेयरको सेवा दिइरहेको छ । जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बन्न सफल भएको कम्पनीको दाबी छ ।