‘अटोमोबाइल्स एशोसियसन’को अध्यक्षमा प्रिया

काठमाडौं । ‘बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसन’को अध्यक्षमा राजन प्रिया निर्वाचित भएका छन् ।  आइतबार सम्पन्न प्रथम साधारणसभाबाट उपाध्यक्षमा रामकुमार शाही ठकुरी र सीता केसी, सचिवमा यज्ञ प्रसाद पौडेल र कोषाध्यक्षमा जनक कुमार ढकाल निर्वाचित भएका हुन् ।  त्यसैगरी सदस्यमा पियुष गजुरेल, दीपेश योगल श्रेष्ठ, लोमश अधिकारी र सुनिता रेग्मी निर्वाचित भएका हुन् । सोही निर्वाचित कार्यसमितिले उपाध्यक्षमा राजेन्द्र प्रसाछे, सचिवमा निमेष बर्तौला र सदस्यमा आरुषी थापा र विमल पौडेललाई मनोनीत गरेको छ । साधारणसभाले अटोमोवाइल क्षेत्रको विकास, साहसिक पर्यटन तथा महिला सशक्तीकरणमा क्रियाशीलता बढाउनुका साथै बागमती प्रदेशका अर्थ, यातायात, खेलकुद तथा पर्यटन मन्त्रालयमा नीतिगत सुधारका लागि सुझाव तथा माग पेश गर्ने निर्णयसमेत गरेको छ ।

हुन्डाईको नयाँ वर्ष अफरमा ६ लाखसम्मको नगद छुट

काठमाडौं । हुन्डाई अटोमोबाइल्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ वर्ष मध्यनजर गर्दै ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाई सँग’ योजना ल्याएको छ । यो योजना बिहीबारदेखि नेपालभरि सुरु भएको छ । आफ्ना ग्राहकको यात्रा खास बनाउन हुन्डाईले नगद छुटको आकर्षक अफर ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले हुन्डाई गाडी खरिदमा ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । हालै सार्वजनिक गरिएको चुज योर फ्युचर थिमसहित, क्रेटा ईभी र क्रेटा आईसीई (मेड इन नेपाल) लाई यो अफरले अझै उत्साहजनक बनाउने कम्पनीको भनाइ छ । यो योजनामा ग्राहकले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्स्चेन्ज सुविधा पाउनेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकको आवश्यकता र रुचि ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ । सबै आईसीई हुन्डाई गाडीमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ र ईभी गाडीको हाई भोल्टेज ब्याट्रीमा ८ वर्ष र गाडीको अरू कम्पोनेन्टमा २ वर्ष वारेन्टी उपलब्ध हुनेछन् । यस योजनाबाट हुन्डाईको कुनै पनि ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी तथा ईभी गाडी खरिद गरी फाइदा लिन सकिने कम्पनीले जनाएको छ ।

नाइमा र नाडा सँगसँगै सहकार्य गरेर अघि बढ्ने

काठमाडौं । अटोमोबाइल व्यवसायीहरूको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) र सोही संगठनबाट जन्मिएको नयाँ संस्था अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) एक अर्काको परिपूरक भएर जानेका भएका छन् ।  नाडा र नाइमाले संयुक्त वक्तव्य जारी गर्दै एउटै प्रकृतिका काम अलग्गै गर्ने हुनाले  काम गर्नुपरेको अवस्थामा दुवै संस्थाले छलफल गरेर सहमति गरेका हुन् । नाडाले लामो समयदेखि नेपालका अटोमोबाइल व्यवसायीहरूलाई समेट्ने साझा संस्था भएर काम गर्दै आएको छ । अटोमोबाइल क्षेत्रको समग्र प्रबर्द्धन, नीति निर्माणमा सहकार्य, तथा व्यापार तथा व्यवसायलाई सहज बनाउने काममा नाडा सधैं सक्रिय रहँदै आएको छ भने नाइमाले आगामी वैशाख ४ गते आफ्नो उद्देश्य तथा कार्यदिशा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।  नाइमा मोबिलिटी सशक्तिकरणको वकालत गर्ने उद्देश्यले स्थापना गरिएको संस्था हो । यसमा नेपालका अटोमोबाइल आयातकर्ता तथा निर्माता सदस्य छन् ।  नाइमाको उद्देश्य ‘मोबिलिटीमार्फत विकास सशक्त बनाउने’ रहेको छ । यसले रणनीतिक, नीतिगत वकालतद्वारा नेपालको अटोमोटिभ क्षेत्रलाई सबल बनाउने लक्ष्य राखेको छ, जसमा दिगो तथा सुरक्षित मोबिलिटीलाई प्राथमिकता दिनेछ । दुवै संस्थाले आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहँदै स्वतन्त्र रूपमा आफ्ना प्रयासहरू जारी राख्नेछन् । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल अटोमोबाइल उद्योगलाई समर्थन गर्ने र राष्ट्र विकासमा योगदान पुर्‍याउने दृष्टिकोणले स्थापना गरिएको संस्था हो ।  नाडाले नेपालको अटोमोबाइल नीतिहरू निर्माण गर्न तथा उद्योगसँग सम्बन्धित चुनौतीहरू समाधान गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । नयाँ गठन भएको नेपाल अटोमोबाइल इम्पोटर्स तथा म्यानुफ्याक्चरर्स संघ (नाइमा) भनेको मोबिलिटी सशक्तीकरणको वकालतका लागि गठन गरिएको संस्था हो ।  जसमा नेपालका अटोमोबाइल आयातकर्ता र निर्माताहरूको प्रतिनिधित्व गर्छ । दुवै संस्था अटोमोबाइल व्यवसायमा प्रत्यक्ष संलग्न भएकाले केही सदस्य कम्पनीहरू दुवै संघको सदस्य बन्ने छनौट गर्न सक्छन् । नाइमाले अटोमोबाइल उद्योगको विशेष क्षेत्रमा प्रतिनिधित्व गर्ने भए तापनि यसको कार्यक्षेत्र उद्योग र सरोकारवालाहरुको सशक्तिकरण, विकास तथा समृद्धिमा केन्द्रित रहनेछ। यस संस्थाले वातावरणमैत्री अभ्यास, उपभोक्ता शिक्षाको प्रवर्द्धन, सडक सुरक्षा तथा पूर्वाधार सुधारको आवश्यकतालाई सम्बोधन गर्दै सरकारसँग मिलेर यी उद्देश्यहरू पूरा गर्न काम गर्नेछ । ‘हालै नाइमाको स्थापनासँग सम्बन्धित छलफल तथा समाचारहरूबाट नाडाको भूमिकालाई लिएर केही भ्रमहरू उत्पन्न भएका छन्। हामी स्पष्ट पार्न चाहन्छौं कि नाडा र नाइमा दुवै संस्थाको स्वतन्त्र सहअस्तित्वले नेपालमा अटोमोबाइल उद्योगलाई सशक्त बनाउनेछ भन्ने कुरामा दुवै संस्थाले विश्वास गर्छन्,’ संयुक्त वक्तव्यमा भनिएको छ।  लामो इतिहास बोकेको नाडा गत फागुन ९ गते आधिकारिक रूपमा दुई टुक्रा भएको थियो । कम्पनी रजिस्ट्रार कार्यालयमा नाफा वितरण नगर्ने गरी नेपाल अटोमोबाइल्स इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) दर्ता भएको थियो । नयाँ संस्था नाइमामा १० ठूला आयातकर्ता व्यवसायी आबद्ध छन् भने नाइमाको अध्यक्षमा ऋतुसिंह वैद्य छिन् । संकटमा नाडा अटो शो, ३ कम्पनी मात्र इच्छुक