एनसेलले ल्यायो ‘गज्जबको डेटा प्याक’
काठमाडौँ । एनसेलका ग्राहकहरुले अब सुलभ दरका नयाँ अल टाइम प्याकहरु मार्फत इन्टरनेट सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेल प्राईभेट लिमिटेडले ‘गज्जबको डेटा प्याक’ नामक आकर्षक नयाँ डेटा प्याक ल्याएको छ, जस अन्तर्गत ग्राहकले आफ्नो आवश्यकताअनुसार ७५ एमबी देखि ३ जिबी सम्मको विभिन्नप्याकहरु सुचारु गर्न सक्न ेछन् । गज्जबको डेटा प्याक माघ २१ बाट लागु भएको छ । यस प्याकअन्तर्गत ग्राहकले एक दिनको समयसिमा रहेको ७५ एमबी डेटा प्याक मात्र १५(रु १९.१५ कर सहित) रुपैयाँमा सुचारु गर्न सक्नेछन् । तीनदिनको समयसिमा रहेको २०० एमबी डेटा प्याक रु ३५ (रु ४४.६९ कर सहित) मा सुचारु गर्न सक्नेछन् । त्यसैगरी, ग्राहकले ५०० एमबी डेटा प्याक रु ७५ (रु ९५.७७ कर सहित) माखरिद गर्न सक्नेछन् । यो प्याकको समयसिमा सातदिनको हुनेछ । धेरै डेटा भोलुमप्रयोग गर्ने ग्राहकले एक महिनाको समयसिमा रहेको तीनजिबी डेटा प्याकमात्र रु ३५५ (रु ४५३.३०) मा लिन सक्नेछन् । ग्राहकले एस्ट्रिक्स् १७१२३ ह्यास डायल गरी प्राप्तनिर्देशनअनुसार गज्जबको प्याकहरु सुचारु गर्न सक्नेछन् । त्यसैगरी एनसेल एपबाट पनियी डेटा प्याकहरु सजिलै खरिद गर्न सकिनेछ् । गज्जबको डेटा प्याकअन्तर्गत ल्याइएको नयाँअल टाइम डेटा भोलुमहरुले सुलभ दरमाग्राहककालागि डेटा कनेक्टिभिटी सुनिश्चतगर्ने विश्वास एनसेलले लिएको छ । यो अफर सुचारु भएको दिन देखि ९० दिनका लागि मान्य रहने कम्पनीले जनाएको छ ।
एभरेष्ट मःम अष्ट्रेलियाले नेपाली स्ट्रीट फूड फ्रेन्चाइज बिक्री गर्ने
काठमाडौँ । एभरेष्ट मःमः अष्ट्रेलियाले पहिलो पटक पहिलो नेपाली स्ट्रीट फूड फ्रान्चाईजीहरु बिक्री गर्ने भएको छ । एभरेष्ट मःम अष्ट्रेलियाले ४४ भन्दा बढी विभिन्न प्रकारका मःमः हरु उपलब्ध गराउदै आएको छ । एभरेष्टले नेपाली वास्तविक मःमको स्वाद अष्ट्रेलिया भरि पस्कदै संसारका अन्य मुलुकहरुमा पनि विस्तार गर्ने योजना बनाएको छ । अष्ट्रेलियन स्थानीय गुणस्तरीय उत्पादनहरु प्रयोग गर्दै स्वस्थ र स्वादिलो मःम ग्राहकहरु समक्ष उपलब्ध गराउदै आएको छ । संग-संगै अगाडी बढौं भन्ने उद्देश्यका साथ सिड्नीको विभिन्न १० क्रमशः अर्वन, बोन्दाई, ब्ल्याक टाउन, हर्नस्की, हर्स्भिल, लिभरपूल, भेन्ले, न्युट्रल वे, न्यु टाउन, रकडेलमा लगानी गर्न आव्हान गरेको छ । यस व्यवसायमा थोरै लगानी, कम झन्झटिलो र थोरै मुनाफा रहेको र नयाँ अवसरको रुपमा रहेको यस संस्थाका संचालक सन्तोष अधिकारी बताउँछन् ।
७ अंकले घट्यो नेप्से, २३ करोडको कारोबार हुँदा अपर तामाकोशीको सबैभन्दा बढी
काठमाण्डौ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक ७.३८ अंकले घटेको छ । आज ०.६४ प्रतिशतले परिसूचक घट्दा ११३९.७२ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १६७ कम्पनीका ७ लाख ४६ हजार ९ सय ४६ कित्ता शेयर कारोबार भएको छ । समग्र नेप्सेमा आज २३ करोड ५६ लाख ३६ हजार ८ सय ५९ रुपैयाँको कारोबार छ । नेप्से परिसूचक दिन आज सबै समूह राताम्मे भएका छन् । बैंकिङ समूह ५.८४, ट्रेडिङ समूह ०.१७, होटल होटल समूह १३.९, विकास बैंक समूह २.३८, जलश्रोत समूह १५.५, वित्त समूह ४.१९, निर्जीवन बीमा समूह २७.५४, उत्पादनमूलक समूह २५.४८, अन्य समूह ३.४८, लघुवित्त समूह १०.८३ र जीवन बीमा समूह ४६.९५ अंकले घटेको छ । बजार घटेको दिन आज सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ९.९७ प्रतिशतले कमाई गरेका छन् । त्यसैगरी ग्लोबल आइएमई सम्मुन्नत स्कीमका लगानीकर्ताले सबैभन्दा बढी ४.८१ प्रतिशतले गुमाएका छन् । आज अपर तामाकोशी हाइड्रो पावरको सबैभन्दा बढी १ करोड ६२ लाख ४० हजार २ सय ८६ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । दोश्रोमा नेपाल बैंक लिमिटेडको १ करोड ४५ लाख ८८ हजार ७६ रुपैयाँ र तेश्रोमा मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १ करोड १५ लाख १६ हजार २ सय ७७ रुपैयाँको शेयर कारोबार भएको छ ।