जगदम्बा इन्टरप्राइजेजको ‘जगशक्ति गोल्ड फलामे छड’ नेपाली बजारमा
काठमाडौं । जगदम्बा इन्टरप्राइजेजले जगशक्ति गोल्ड फी ५०० डी टीएमटी फलामे छड नेपाली बजारमा ल्याएको छ । कम्पनीले शुक्रबारदेखि बजारमा उपलब्ध हुनेगरी छडलाई बजारमा ल्याएको हो । छडले प्राविधिक रुपमा निर्माण कार्य हुँदा कंक्रिटले अत्याधिक दबाब सहने क्षमता राख्ने कम्पनीका अध्यक्ष शंकरलाल अग्रवालले बताए । छड भूकम्पछिको पुननिर्माणमा निकै उपयोगी हुने कम्पनीको विस्वास रहेको छ । कम्पनीले ब्राण्ड एम्बेस्डरको रुपमा कलाकार जोडी सिताराम कटेल र कुञ्जना घिमिरेलाई अनुबन्ध गरेको छ ।
सुनको माग चार प्रतिशत वृद्धि, बढ्यो कारोबार
बेइजिङ, चीन । विश्वव्यापीरूपमा सुनको माग बढ्दो अवस्थामा रहेको वल्र्ड गोल्ड काउन्सिल (डब्लुजीसी) ले बिहीबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ । केन्द्रीय बैंकले दशकौँदेखि बढी मात्रामा सुन खरिद र सुनमा लगानी तीब्र पारेको कारणले सुनको मागमा वृद्धि देखिएको हो । सन् २०१७ मा सुनको विश्वभर जम्मा चार हजार ३४५ टन माग रहेकोमा सन् २०१८ मा यसमा चार प्रतिशतको वृद्धि देखिएको डब्लुजीसीले रिपोर्टमा उल्लेख गरेको छ । हरेक मुलुकको केन्द्रीय बैंकद्वारा हुने सुनको खरिदमा अघिल्ला बर्षको तुलनामा सन् २०१८ मा ७४ प्रतिशतले वृद्धि भई जम्मा ६५१.५ टन पुगेको छ । यो आर्थिक बर्षमा सुनको कारोबारमा अहिलेसम्मकै दोस्रो धेरै खरिदविक्री भएको प्रतिवेदनमा उल्लेख छ । गत बर्षमा गहनाका लागि दुई हजार २०० टन सुनको माग रहेको थियो यो अघिल्लो बर्षको तुलनामा सामान्य वृद्धि हो । सुनको सिक्का र बारहरूको लागि सुनको मागमा पनि चार प्रतिशतको वृद्धि आई गत बर्ष जम्मा एक हजार ९० टन पुगेको छ । सुनमा आधारित विनिमय व्यापार कोष तथा अन्य उत्पादनमा भने सुनको मागमा भने अघिल्लो बर्षको तुलनामा सन् २०१८ मा ६७ प्रतिशतले कमी आउँदा यस शीर्षकका लागि जम्मा ६८.९ टन माग देखिएको छ । गत बर्ष प्रविधि क्षेत्रमा ३३४.६ टन सुनको प्रयोग भएको छ, जुन अघिल्लो बर्षको तुलनामा जम्मा एक प्रतिशत बढी हो । स्मार्ट फोनको विक्रीमा देखिएको मन्दीका कारण प्रविधि क्षेत्रमा सुनको प्रयोगमा कमी आएको डब्लुजीसीले उल्लेख गरेको छ । , रासस÷सिन्ह्वा
नूबियाले स्मार्टफोनको मूल्य घटायो, अब कतिमा पाइन्छ ?
काठमाडौँ । नूबियाले नेपाली बजारमा लोकप्रिय मोबाइल फोनहरुको मूल्य घटाएको छ । नूबिया फोनको नेपालका लागि आधिकारिक बितरक आइटिपी नेपाल प्रालिले चार मोडलहरु जेड १७ मिनी, जेड १७ लाइट, जेड १७ मिनी एस र भी १८ स्मार्टफोनको अधिकतम बजार मूल्य घटाएको हो । कम्पनीले जेड १७ मिनी स्मार्टफोनको मूल्य घटाउँदै रु.२३,०००/– कायम गरेको छ । यसअघि जेड १७ मिनीको पुरानो मूल्य रु.२४,५९०/– रहेको थियो । जेड १७ लाइटको मूल्यमा पनि रु.२,०००/– घटाउँदै नयाँ मूल्य रु.२६,५००/– कायम गरेको छ । नूबिया जेड १७ मिनी एसको नयाँ मूल्य रु. २८,०००/– रहेको छ । यसअघि यो स्मार्टफोनको पुरानो बजार मूल्य रु.२९,५००/– रहेको थियो । त्यसैगरी नूबिया भी १८ स्मार्टफोनको मूल्यमा रु.२,५००/– घटाएर नयाँ बजार मूल्य रु. २५,०००/– कायम गरेको छ । नूबियाका स्मार्टफोनहरुमा घटेको बजार मूल्यमा नै यी फोनहरु नेपालभर उपलब्ध रहेको आइटीपी नेपाल प्रालिले जनाएको छ । जेड १७ लाइट र जेड १७ मिनी एस स्मार्टफोनमा कम्पनीले स्न्यापड्रागन ६५३ प्रोसेसर राखेको छ भने यसमा ६जीबी र्याम तथा ६४ जीबीको स्टोरेज रहेको छ । ड्यूल रियर क्यामरा भएका स्मार्टफोनहरुमा ३२०० एमएएचको ब्याट्री ब्याकअप तथा फिंगरप्रिन्ट सेन्सर पनि रहेको छ । ६ जीबी र्याम भएका यी स्मार्टफोनहरु नेपाली बजारमा सबैभन्दा सस्तो मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।