ज्योति विकास बैंक कास्कीको घान्द्रुकमा, थप ९ वटा शाखा खोल्ने
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले कास्की जिल्लाको घान्द्रुकमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन अन्नपूर्ण गाउँपालिका वडा नं १० का अध्यक्ष कुमार गुरुङ्ग तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । हाल बैंकले ८१ वटा शाखा कार्यालय तथा २२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्ष भित्र थप ९ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।
घर बनाउँन कति खर्च गर्ने ?
काठमाडौं । घर कसरी बनाउँने भन्ने विषयमा मानिसहरुको आ आफ्नो धारणा रहेको हुन्छ । कति खर्च गर्ने कुन डिजाइन बनाउँने कस्तो बनाउँने मानिसहरुको मौलिक तरिका रहेका हुन्छन् । हाल ३ लाख देखि करौडौंको घर नेपालमा निर्माण हुँदै आएको छ । यस्तो छ मेरोघरडटकमले तयार गरेको साढे २ तल्ला (२५००) वर्गफिट घर निर्माण खर्च विवरण 1. डिजाइन तथा नक्सा पास -१ देखि २ लाख 2. छड/ डन्डी/ सरिया -१० देखि १३ लाख 3. सिमेन्ट ९ देखि साढे -१२ लाख 4. इँटा -८ देखि १५ लाख 5. बालुवा -साढे ८ देखि १० लाख 6. रोडा / गिट्टी -साढे ८ देखि १० लाख 7. चिप्स् -१ देखि २ लाख 8. ढोका / चौकोस -१ देखि २ लाख 9. ढोका / पल्ला फिटिङ समेत -१ देखि ५ लाख 10.झ्याल चौकोश तथा पल्ला फिटिंग समेत – डेढ देखि साढे २ लाख 11. रंगरोगन -३ लाख देखि ५ लाख 12. टालय मार्बल -३ देखि ८ लाख 13. आइरन रेलिङ / ग्रिल -१ देखि डेढ लाख 14. प्लम्बिङ्ग स्यानिटरी धारा -३ देखि ८ लाख 15. बिजुली बत्ति -३ देखि ८ लाख 16. ज्याला -१६ देखि २२ लाख जम्मा खर्च- ८० देखि १२० लाख (डिजाइन, सामानको रोजाई र साइटको अवस्था अनुसार घरको लागत फरक पर्छ ।)
अशोक लेलैण्डको नयाँ शाखा अब पोखरामा, थ्री एस सेवा दिने
पोखरा । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि.द्धारा प्रवद्र्धित अशोक लेलैण्ड गाडीको नयाँ शाखा स्वागतनगर चाउथे, १४–पोखरामा स्थापना गरिएको छ । यस शाखाबाट अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिसर स्पेयर्स पार्टसहरु उपलब्ध हुने छ । उक्त थ्री एस (सेल्स,सर्भिस र स्पेयर्स) सेटअपको उद्घाटन आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले संयुक्त रुपमा गरेका छन् ।