शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको थप दुर्इ शाखा विस्तार
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैकले रुपन्देही जिल्लाको शंकरनगर तथा नवलपरासी जिल्लाको सुनवलमा शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखा विस्तारसंगै बैंकको शाखा संख्या ३८ पुगेको छ भने एउटा एक्सटेन्सन कार्यालय रहेको छ । चुक्ता पूँजी रु १ अर्व ६२ करोड रहेको यस बैंकले रु १५ अर्व ५५ करोड निक्षेप परिचालन गरि रु १४ अर्व कर्जा लगानी गरेको छ । बुटवलको कालिकानगरमा अत्याधुनिक कर्पोरेट भवन निर्माण गरिरहेको छ । उक्त बैंकले ५ नम्वर प्रदेशको प्रत्येक घरमा बैंकिङ्ग पहुंच पुरयाउने रणनीति अनुरुप कार्य गर्दै आएको छ । बैंकले रुपन्देही जिल्लाको बुटवल र मणिग्राम, गुल्मी जिल्लाको तमघास र बलेटक्सार, अर्घाखाँची जिल्लाको सन्धिखर्क, प्यूठान जिल्लाकोे विजुवार र कपिलवस्तु जिल्लाको चन्दौटा शाखा कार्यालयहरुवाट ३६५ दिन नै बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
पोखरा फाइनान्सको नयाँ शाखा कास्कीको बाँझापाटनमा
काठमाडौं । पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्सले कास्कीको पोखरा म.न.पा. १३, बाँझापाटनमा नयाँ शाखा समुद्घाटन गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाको समुद्घाटन पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जि.सि.ले गरेका छन् । चुक्ता पुँजी रु. ८५ करोड ७२ लाख रहेको यस वित्तीय संस्थाको हालसम्म निक्षेप रु. ५ अर्व ७ करोड तथा कर्जा लगानी रु. ४ अर्व ४३ करोड एवं जगेडा कोषमा रु. २४ करोड ९२ लाख रहेको छ । उक्त बाँझापाटन शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा, मोबाइल बैंकिड्ड सेवा प्रदान गरेको छ । हालै सम्पन्न वित्तीय संस्थाको आर्थिक वर्ष २०७४।७५ को वार्षिक साधारण सभाबाट पारित भएको नगद तथा बोनस सेयर समेत गरी कुल १३.६८४ प्रतिशत मुनाफा वितरण गरिएको जानकारी कार्यकारी प्रमुख रवि चन्द्र गुरुङले बताएका छन् ।
गण्डकी विकास बैंककाे नयाँ शाखा तुलसीपुरमा
काठमाडौं । गण्डकी विकास बैंकले आफ्नो नयाँ शाखाको औपचारिक रुपमा तुलसीपुरमा उद्घाटन गरेको छ । प्रमुख अतिथिको रुपमा तुलसीपुर उप महानगरपालिकाका मेयर घनश्याम पाण्डेले उद्घाटन गरेको हुन् । बैंकका संचालक कृष्णबहादुर थापा क्षेत्रीको अध्यक्षतामा रहेको उक्त कार्यक्रम बैंकले प्रदान गर्ने सेवा सुविधा एवंम गतिविधिलाई प्रष्ट रुपमा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम थापाले जानकारी दिएका छन् । आर्थिक वर्ष २०७५ ०७६को पहिलो त्रैमासिक संचालन मुनाफा रु १५ करोड ३० लाख आर्जन गरेको छ भने सोही अवधि निक्षेप रकम २३ अर्ब ७२ करोड, कर्जा तर्फ २१ अर्ब २५ करोड पुगेको छ । केन्द्रिय कार्यलय साथै देशभरीका ७७ शाखाहरु मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाका साथमा एविविएस, एटिएम, सि एसबिए, आईपीएस मोवाइल बैंकिङ्ग सेवा, सुन धितो सेवा, लकर सेवा, रेमिट्यान्स सेवा रहेका छन् ।