सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प, ७ जनालाई उपहार

काठमाडौं । सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प आजबाट सुरु भएको छ । साउन २९ गतेसम्म चल्ने उक्त क्याम्पमा ७ जना भाग्यमानी ग्राहकले आकर्षक एसोसरिज प्याकेज जित्न सक्नेछन् । नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटो मोबाइल डिभिजन सीजी मोटोकर्पले ‘KEEP YOUR CAR IN TOP SHAPE, AND LET THE MONSOON BE AN ADVENTURE’ नारामा मनसुन फ्री सर्भिस क्याम्प’ को आयोजना गरेको हो । लगातार परिरहेको भारी वर्षाका कारण सवारी साधनमा नकारात्मक असर पर्नसक्ने र बेलैमा ध्यान नदिनाले विभिन्न समस्याको सम्भावना हुने कम्पनीले जनाएको छ । सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसीरहिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशतसम्मको छुट पाउनेछन् भने लेबर चार्जमा २०५ सम्मको छुट र स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशत सम्मको छुट पाउनेछन् ।

सिट्रोनको नेपालभरि निःशुल्क चेकजाँच क्याम्प

काठमाडौं । नेपालमा सिट्रोन गाडीका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले सिट्रोन गाडीका ग्राहकहरूलाई लक्षित गरी निःशुल्क चेकजाँच क्याम्प आयोजना गर्दैछ । यो क्याम्पले खरिद गरिएका सिट्रोनका सवारीसाधनलाई राम्रो अवस्थामा राख्नुका साथै विशेष छुटहरूको फाइदा पनि प्रदान गर्ने कम्पनीले जनाएको छ। यस क्याम्पमा, फ्री सर्भिसिङ, गाडीका सबै पार्ट्समा १० प्रतिशत छुट, निःशुल्क साधारण चेकजाँच साथै लुब्रिकेन्ट्समा ५ प्रतिशत छुट लगायतका विभिन्न आकर्षक अफरहरू उपलब्ध हुनेछन् । यी सुविधाहरूले सिट्रोन गाडीका ग्राहकहरूको सवारी अनुभवलाई अझ राम्रो बनाउने र उल्लेखनीय बचत पनि गराउने कम्पनीको दाबी छ । यो क्याम्प पहिलो चरण साउन २७ र २८ गते विर्तामोडमा, २९ र ३० गते बिराटनगरमा र ३२ गते वीरगञ्जमा हुँदैछ । दोस्रो चरणमा पोखरा, दाङ, बुटवल, र नारायणघाटमा हुने र त्यसको मिति छिट्टै घोषणा गरिने कम्पनीले जनाएको छ ।

भेरी रिठ्ठा पात ब्रान्डमा डिटरजेन्ट पाउडर सार्वजनिक

काठमाडौं । नेपालगन्जस्थित देउती सोप एन्ड केमिकल्स प्रालिले ‘भेरी रिठ्ठा पात’ ब्रान्डमा डिटरजेन्ट पाउडर उत्पादन गरी बजारमा ल्याएको छ । कम्पनीले सोमबार नेपालगन्जमा एक कार्यक्रम गरी नयाँ ब्रान्ड सार्वजनिक गरेको हो । कम्पनीका सञ्चालक यज्ञबहादुर ओली र बिजनेस हेड सिए टोपबहादुर शाहीले भेरी रिठ्ठापात डिटरजेन्ट पाउडर १५० ग्रामदेखि ४ किलोग्रामसम्मको प्याकेटमा बजारमा उपलब्ध गराएको जानकारी दिए । कपडाबाट पसिना, माटो, खानेकुरालगायतको दाग हटाउने मामिलामा प्रतिस्पर्धी ब्रान्डको तुलनामा अब्बल रहेको यो डिटरजेन्ट पाउडरमा कलर प्रोटेक्सन टेक्नोलोजी प्रयोग गरिएको उनले बताए । उक्त टेक्नोलोजीले कपडाको रङ उड्ने र फिका हुँदै जाने समस्या आउन नदिने कम्पनीको दाबी छ । यसमा रहेको जर्म फाइटरले कपडालाई किटाणुरहित बनाउँदै सफाइको स्तर उकास्ने कम्पनीका बजार व्यवस्थापक शालिकराम कँडेलले बताए । देउती सोप एन्ड केमिकल्सले यशोदा ब्रान्डमा डिटरजेन्ट पाउडर, भेरी ब्रान्डमा लुगाधुने साबुन, हर्बल डिटरजेन्ट केक र डिसवासबार उत्पादन गर्दै आएको छ । भेरी ब्रान्डमा डिटरजेन्ट पाउडर पनि कम्पनीले उत्पादन एवं ब्रिक्री वितरण गर्दै आएको छ । कम्पनीका उत्पादनहरु उपभोक्तामाझ निकै लोकप्रिय रहेको शाहीले दाबी गरे ।