लगातार बढेको सुनको मूल्य आज घट्यो

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रतितोला एक लाख ४९ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज दुई सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी आज तेजावी सुन पनि प्रतितोला दुई सय रुपैयाँलेनै घटेर एक लाख ४९ हजार रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य तोलाको २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन चाँदी प्रतितोला एक हजार सात सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सामाखुशीमा क्युएफएक्स चेनको नयाँ हल खुल्यो

काठमाडौं । काठमाडौंको सामाखुशीमा रहेको सिटी स्क्वायर महलमा क्युएफएक्स चेनको नयाँ हल खुलेको छ । बिहीबार साँझ अभिनेता अभिनेता किरण केसी, रमेश उप्रेती, जितु नेपाल, प्रदीप खड्का, गायक प्रकाश सपुत र अभिनेत्री नीति शाहले संयुक्त रूपमा उक्त सिनेमा हलको उद्घाटन गरेका थिए । तीनवटा पर्दा रहेको हलमा ४९७ दर्शकले एक साथ सिनेमा हेर्न सक्नेछन् । सिटी स्क्वायर महलको नवौँ तलामा खुलेको हलको ११ औँ र १२ औँ तलामा दर्शकलाई रिफ्रेसमेन्ट गर्नुपरे कसमी बार एण्ड लाउन्ज समेत सञ्चालनमा ल्याइएको छ । हरेक पर्दामा सोफा सेटसहित सुतेर सिनेमा हेर्ने सिट जडान गरिएको छ । उद्घाटनपछि कुराकानी गर्दै सञ्चालक सुमित मैनालीले हलका सबै थिएटरमा पिक्चर र साउण्ड क्वालिटीलाई उच्च प्राथमिकता दिँदै उत्कृष्ट साउण्ड एरोम्याक्स वाई बार्को र दक्षिण एशियाकै सिरिज फोर बार्को लेजर प्रोजेक्सन प्रविधि जडान गरिएको बताए । जम्मा दर्शक क्षमता ५ सय सिट रहेको बताए । लाउञ्जर, सोफा सिटहरु रहेको जानकारी दिए । यससँगै क्यूएफएक्सको हल संख्या १७ पुगेको छ । हलको टिकट रेट अहिले कम रहेको र बिस्तारै अरुकै स्तरमा पुर्याउने बताए । ३ वटा थिएटरका लागि १८ करोड लगानी लागेको जानकारी दिए ।

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै डेढ लाख

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । नेपाली सुनचाँदी व्यावसायीका अनुसार बिहीबार १ लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला १ लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ ।