२.२५ र १.५ लिटर कोका-कोलाको खरिदमा २५० मिलिलिटर निःशुल्क

काठमाडौं । पेयपदार्थ उत्पादक कोका-कोलाले २.२५ र १.५ लिटर कोका-कोलाको खरिदमा २५० मिलिलिटर निःशुल्क प्रदान गर्ने भएको छ । कोका-कोलाले २.२५ र १.५ लिटर प्याक साइजको कोका-कोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलिलिटरको कोका-कोला निःशुल्क प्रदान गर्ने भएको हो । यस प्रमोशनल अफर कोक एण्ड मिल्स क्याम्पेनको एक हिस्सा हो । जुन धेरै वर्षदेखि निरन्तर चल्दै आइरहेको छ । कोका-कोलाको साथले साधारण खाना खाँदाको क्षणलाई पनि एक रमाइलो पलमा परिणत गर्ने अफरको लक्ष्य रहेको कम्पनीले जनाएको छ । अफरले कोका-कोलाको विश्वव्यापी ‘कोक एण्ड मिल्स’ क्याम्पेनलाई थप बढावा दिने कम्पनीको विश्वास छ । अफर सीमित अवधिको लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ । कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भने, ‘कोका-कोला सधैं आफ्ना उपभोक्ताहरुको लागि रमाइलो पलहरू सिर्जना गर्न प्रतिबद्ध छ । यो विशेष अफरले हाम्रा उपभोक्ताहरुको साधारण खाना खाने समयलाई पनि अविस्मरणीय बनाउन मद्दत पुर्‍याउनेछ भन्ने हामीलाई विश्वास छ ।’

टोफिचू इक्लियर नेपाली बजारमा

काठमाडौं । सूर्य नेपाल प्रालिले आफ्नो कन्फेक्सनरी ब्राण्ड टोफिचू अन्तर्गत नयाँ क्यान्डी इक्ल्येर नेपाली बजारमा सार्वजनिक गरेको छ । ‘प्युर चकलेटी जोए’को उद्घोषसहित प्रवर्द्धन गरिएको यो उत्पादन बाहिरी तहमा ‘मिल्क चकलेट’ हुनुका साथै भित्री तहमा चकलेट भरी बनाइएको छ । सुनौलो रंगको आकर्षक ट्वीस्ट र्यापमा प्याक गरिएको ‘टोफिचू इक्ल्येर’ बजारमा उपलब्ध अरु चकलेट स्वादका कन्फेक्सनरी उत्पादनहरू भन्दा स्वादिलो, आकर्षक र प्रिमियम रहेको कम्पनीको दाबी छ । कुनै विशेष अवसर अथवा कुनै पनि समय यो क्यान्डीको स्वाद लिई ‘इक्लेयर’को बेग्लै आनन्द लिन सकिने कम्पनीद्वारा जारी प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ । पाँच रुपैयाँमा दुईवटा उपलब्ध हुने इक्लेयर नेपालभरका खुद्रा पसलमा उपलब्ध हुनेछ । इक्लेयरको साथै टोफिचू अन्न्तर्गत विभिन्न ब्रान्डहरू ‘तड्का कच्चा म्याङ्गो’, ‘तड्का लिच्ची’ र ‘डुवोज’ पनि बजारमा उपलब्ध छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख २३ हजार पुग्यो

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोला दुई हजार रुपैयाँले बढेर नयाँ बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २२ हजार चार सय रुपैयाँ कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख २० हजार चार सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३५ रुपैयाँले बढेर एक हजार चार सय ४५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । यसअघि गत पुस १२ गते प्रतितोला एक लाख २२ हजार रुपैयाँको उच्चदरमा छापावाल सुन कारोबार भएको थियो । त्यसपछि केही समय सामान्य रही यही फागुन २ गते एक लाख १६ हजार पाँच सयसम्म आएको सुनको मूल्य त्यसयता उतारचढाव हुँदै आज हालसम्मकै उच्च बनेको हो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रतिऔँसत दुई हजार एक सय १५ डलर आसपास कारोबार भइरहेको छ ।