एकैदिन २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौं । नेपली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य २ हजार र चाँदीको मूल्य २० रुपैयाँले बढेको हो । गत शुक्रबार एक लाख १९ हजार रुपैयाँ रहेको छापावाला सुनको मूल्य आइतबार एकैदिन २ हजार रुपैयाँले बढेर एक लाख २१ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, छापावाला सुनसँगै तेजावी सुनको मूल्य पनि बढेको छ । तेजावी सुनको मूल्य पनि आइतबार २ हजार रुपैयाँले नै बढेर एक लाख २० हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । साथै, चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर एक हजार चार सय १० रुपैयाँ कायम भएको छ ।
क्यामरा च्याम्पियन रियलमी सि ५३, कति पर्छ मूल्य ?
काठमाडौं । अहिले मानिसहरुमा उत्कृष्ट क्यामरा र अत्याधुनिक प्रविधियुक्त स्मार्टफोनहरुप्रतिको आकर्षण विश्वव्यापी रुपमा बढ्दो छ । चाहे आफ्नो जीवनका अमूल्य पलहरू कैद गर्न होस् वा लेटेस्ट प्रविधिको प्रयोगका लागि होस्, सबैले अत्याधुनिक प्रविधियुक्त र जोडदार क्यामेरा भएको उत्कृष्ट स्मार्टफोन खोज्छन् । राम्रो फोटो खिच्न, आफ्ना साथीभाई आफन्तसँग राम्रोसँग भिडियो कल गर्न या अहिलेको व्यस्त जीवनशैली सुहाउँदो ग्याजेट चलाउन चाहनकै लागि भए पनि मानिसहरुले नयाँ किन्ने स्मार्टफोनमा क्यामेरा चाँहि उत्कृष्ट नै खोज्छन् । ग्राहकहरुको यहि माग र चाहनालाई सम्बोधन गर्न अहिले बजारमा रियलमीको रियलमी सि ५३ उपलब्ध छ । रियलमी सि ५३ मा १०८ मेगापिक्सेलको अल्ट्रा–क्लियर क्यामेरा रहेको छ जुन यो मूल्यमा पाउने फोनहरुमध्य सबैभन्दा धेरै हो । यदि तपाई कम मूल्यमा राम्रो क्यामेरा भएको फोन खोज्दै हुनुहुन्छ भने रियलमी सि ५३ सहि रोजाइ हो । बेजोड फोटोग्राफी : यसमा भएको सबैभन्दा ठूलो क्यामेरा सेन्सरले फोटोमा हरेक रंगहरू प्रष्ट देखाउनुका साथै कम उज्यालोमा पनि सानो–सानो डिटेलसहित फोटो खिच्दछ । साथै यसको ३ टाईम्स इन् सेन्सर जूमले कुनै तस्बिरहरु जूम गर्नुपर्यो भने पनि १०० प्रतिशत रिजोलुुसनमा फोटो खिच्न सक्छ । रियलमीको सी सिरिजमा यो फिचर भएको रियलमी सि ५३ पहिलो मोडल हो । १०८ एमपिको क्यामरा भए पनि यसको फोटो प्रोसेसिङ टाईम कम भएकोले फुल रेजोलुसनमा खिच्दा पनि समय लाग्दैन । साथै यसमा भएको ०.३ एमपिको क्यामराले सुन्दर पोट्रेट सटहरु लिन्छ भने सेल्फीको लागि ८ एम पिको क्यामरा राखिएको छ जसले तपाईको सेल्फी गेम खतरा बनाउँछ । उत्कृष्ट डिजाइन: रियलमी सि ५३ को क्यामरा मात्र हैन , डिजाइन पनि उत्कृष्ट छ । अल्ट्रा–स्लिम र प्रिमियम डिजाइन रहेको यस रियलमी सि ५३ कम्प्याक्ट र हलुका तौलको छ । जसले गर्दा यो स्मार्टफोन ग्राहकहरूका लागि उत्कृष्ट विकल्प बन्न पुगेको छ । शक्तिसाली ब्याट्री र दमदार पर्फर्मेन्स ५००० एमएएचको शक्तिशाली ब्याट्री र १८ वाटको फास्ट चार्जरसहित आउने यस रियलमी सि ५३ मा दिनभरी आरामसँग भिडियो हेर्न अथवा गेम खेल्न मिल्छ । रियलमी सि ५३ मा बलियो युनिसक टाइगर टि ६१२ अक्टाकोर प्रोसेसर राखिएको छ भने स्टोरेज अप्सन चाँही ६+१२८ जिबिको रहेको छ । ६.७४ इन्चको फुल एचडी डिस्प्ले, ९० हर्ट्जको रिफ्रेस रेट र ५६० निट्स ब्राइटनेस भएको यो रियलमी सि ५३ गेम खेल्न पनि उपयुक्त छ । च्याम्पियन गोल्ड र च्याम्पियन ब्ल्याक जस्ता आकर्षक रङहरुमा उपलब्ध रहेको छ यस रियलमी सि ५३ को मूल्य भने मात्र रु. १६,४९९ रहेको छ ।
६ सयले बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार हिजो प्रतितोला १ लाख १८ हजार ४ सयमा कारोबार भएको सुन आज तोलामा ६ सयले बढेर १ लाख १९ हजार कारोबार भइरहेको छ । महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको हो ।