सेरेसले बुटवलको कालीका नगरमा खोल्यो थ्री एस सुविधासहितको शोरुम
बुटवल । विद्युतीय सवारी साधनको क्षेत्रको सेरेसले बुटवलको कालीका नगरमा नयाँ शोरुमको उद्घाटन गरेको छ । कम्पनीले बुटवलमा थ्री एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुमको स्थापना गरेको हो । नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले बुटवलमा डिलरशिपका लागि इएम मोटर्ससँग साझेदारी गरेको हो । शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्नेछ । उक्त शोरुमको उद्घाटन बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, नाडा रुपन्देहीका अध्यक्ष गणेश भटराई, एमएडब्लू वृद्धि अटोकोर्पका बिजनेस हेड प्रशन्न पन्त, इएम मोटर्सका डाईरेक्टर राजेश घिमिरे लगायतले संयुक्त रुपमा गरेका थिए । रुपन्देहीमा इलेक्ट्रिक चारपाग्रे सवारी साधनको माग बढदै गएको भन्दै रुपन्देहीमा सेरेस गाडी लोकप्रिय हुने कम्पनीको विश्वास छ । शोरुम उद्घाटनको अवसरमा एक जना ग्राहकलाई इएम मोटर्सले सेरेस थ्री इभी गाडी हस्तान्तरण गरेको छ । सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा दु्रत विकास हुँदै गरेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ । जसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिवद्धता देखाएको छ । हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रतिको सेरेसको समर्पणलाई अझै प्रगाढ बनाएको छ । सेरेसको बारेमा सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता दिएको छ । सेरेस युरोप प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो र यो २१ युरोपेली राष्ट्रहरूसहित विश्वका करिब ७० देशहरूमा अवस्थित छ जसमा नेपाल ७१औँ गौरवशाली स्थान बनेको छ । सेरेस हुवाएको निर्माण साझेदार हो र यसले सन २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ । संयुक्त राज्य अमेरिकाको सिलिकन भ्यालीको मुटुमा स्थापित सेरेसले चीन, जापान र अमेरिकामा अवस्थित तीनवटा आर एन्ड डी केन्द्रहरूसँग अनुसन्धान र विकासको लागि आफ्नो प्रतिबद्धता प्रदर्शन गर्दछ । नेपालमा सेरेसले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध गराउँछ । सेरेस ३ कम्फर्ट र प्रिमियम दुई भेरियन्टहरुमा उपलब्ध छ जसको मूल्य क्रमशः ४९ लाख ९९ हजार र ५२ लाख ९९ हजार रुपैयाँबाट सुरु रहेको कम्पनीले जानकारी गराएको छ । सेरेस मिनी ईभी तीन भेरियन्टमा उपलब्ध छन् । लो ट्रिम १८० किमी बेस अप्सन, मिड ट्रिम १८० किमी फुल अप्सन, र टप ट्रिम २२० किमी फुल अप्सन, जसको मूल्य क्रमशः १३ लाख ९९ हजार, १६ लाख ४९ हजार र १७ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
एलजीलाई एआई म्यानेजमेन्ट सिस्टम सर्टीफिकेसन प्राप्त
काठमाडौं । एलजी इलेक्ट्रोनिक्स(एलजी)ले हालै कोरियन स्ट्यान्डर्ड असोसिएसनबाट एआई प्रबन्धन प्रणाली (एआईएमएस) सर्टीफिकेसन (ISO/IEC 42001) प्राप्त गरेको छ । यो सर्टीफिकेसनले एलजीको एआई प्रयोग गरिएका घरेलु उपकरणमा जिम्मेवारपूर्ण तवरले एआई म्यानेजमेन्ट गरिएको र डेटा सुरक्षालाई प्राथमिकता दिएको कम्पनीको भनाई छ । एआईएमएस प्रमाणीकरणको अधिग्रहणले सुरक्षा, निष्पक्षता, पारदर्शिता र जवाफदेहिता लगायत आफ्ना एआई उत्पादनहरू र सेवाहरूसँग सम्बन्धित सम्भावित मुद्दाहरूमा कडा नियन्त्रण सुनिश्चित गर्न एलजीको निरन्तर र व्यवस्थित प्रयासहरूलाई स्वीकार गर्दछ । यस प्रमाणीकरण मार्फत, एलजीले ग्राहकको विश्वास बढाउन र आफ्नो प्रतिस्पर्धात्मकतालाई बलियो बनाउने लक्ष्य राखेको छ । गत वर्ष, स्वतन्त्र सुरक्षा विज्ञान कम्पनी यूएलद्वारा वासिङ मेसिन र ड्रायरको लागि सम्मानित हुँदै एलजीले डिप लर्निङ एआई प्रमाणीकरण प्राप्त गर्ने पहिलो गृह उपकरण निर्माताको रूपमा आफूलाई अलग प्रमाणित गरेको थियो । साथै, एलजीले कोरिया इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीबाट एआई मा आधारित एलजी वासटावरका लागि एआई सेफ्टी सर्टिफिकेसन प्राप्त गरेको छ । एलजीले नेपालमा पनि विगत ३५ वर्षदेखि दिगो तथा वातावरण मैत्री प्रविधियुक्तका साथै विगत केही वर्षदेखि एआई सम्मिलित उत्कृष्ट उत्पादनहरू भित्र्याएको छ। नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।
भारतमा पनि लन्च भयो द अनब्रेकेबल स्मार्टफोन अनर एक्स नाइन बी
काठमाडौं । नेपालमा आयात हुने सबै स्मार्टफोनहरू भारतमा भन्दा धेरै महँगो हुने गर्दछन् । एकै मोडेल र भेरियन्टको मूल्य भारतमा भन्दा नेपालमा बढी हुने गर्दछ जसमा कुनै मोडलहरूको मूल्य त भारतको तुलनामा भन्दा दोब्बर नै हुने गर्दछ । तर अहिले भर्खरै लन्च भएको ज्इल्इच् को स्मार्टफोन मा भने कुरा केहि फरक रहेको छ । नेपालमा भन्दा भारतमा प्रायः स्मार्टफोन पहिले नै लन्च हुने गरेको भएपनि नेपालमा भने करिब एक महिना अगाडि नै लन्च गरिएको हो । नेपालमा २१ अनर एक्स नाइन बी को ९१२ं२५६० जीबी को मूल्य ४३,९९९ रुपैयाँ रहेको छ । कम्पनीका अनुसार भारतमा भने उक्त स्मार्टफोन १५ फेब्रुअरीमा लन्च गरिएको छ जसको मूल्य ९८ं२५६० जीबी भेरियन्टका लागि २५,९९९ भारतीय रुपैयाँ तोकिएको छ र नेपालमा ४१,६०० रुपैयाँ पर्न जान्छ । यसबाहेक, नेपालीहरूले अनब्रेकेबल स्मार्टफोन तीन रङमा पाउन सक्छन् जहाँ भारतमा भने दुईवटा विकल्प छन् । स्मार्टफोन जगतमा यसलाई यो राम्रो पहल मान्न सकिन्छ र भविष्यमा पनि यस्तै हुने हो भने भारतबाट स्मार्टफोन किन्ने प्रवृत्तिमा परिवर्तन आउनेछ र नेपालबाट फोन किन्न मानिसहरूलाई प्रोत्साहन मिल्ने कम्पनीले जनाएको छ ।