थोरै विद्यार्थी लिन्छौं र १०० प्रतिशत सफल बनाउँछौं- राजन खड्का

नेपाली युवाहरु देशमा स्तरीय शिक्षाको अभाव देखाउँदै विदेशिने परम्पराले निरन्तरता पाइरहेको छ । देशमानै प्राविधिक र राम्रो शिक्षा उपलब्ध हुन नसक्दा युवा वर्ग अध्ययनका लागि विदेशिन बाध्य छन् । यसरी बाहिर गएर पढ्न चाहने विद्यार्थीहरुलाई परामर्श दिने र आवश्यक सहयोग गर्ने उद्देश्यका साथ आज विभिन्न कन्सल्टेन्सीहरुले सेवा विस्तार गरिरहेका छन् । तिनै कन्सल्टेन्सीहरु मध्येमा पर्दछ काठमाडौंको बागबजार स्थित ब्रेभ एजुकेशनल कन्सलटेन्सी पनि । यस कन्सल्टेन्सीले ९ वर्षदेखि जापान र अष्ट्रेलियामा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई उचित परामर्श दिँदे आइरहेको छ । प्रस्तुत छ यसै कन्सल्टेन्सीका सञ्चालक तथा शैक्षिक परामर्श संघ नेपाल (इक्यान) को कार्यसमिति सदस्य राजन खड्कासँग विकासन्युजका राजाराम न्यौपानेले गरेको कुराकानी :- राजन खड्का, सञ्चालक, ब्रेभ  एजुकेशनल कन्सल्टेन्सी, बागबजार कन्सल्टेन्सी कस्तो खालको व्यवसाय हो ? यो सेवामुलक व्यवसाय हो । हामीले विद्यार्थीलाई विदेशमा अध्ययन गर्दा के हुन्छ, त्यहाँ गएर कसरी अध्ययन गर्ने, कस्ता खालका कोर्षहरु हुन्छन् र कति समयमा कोर्ष सकिन्छ भन्ने जस्ता कुरा बुझाउने हो । शैक्षिक परामर्शकर्ता भएको नाताले विद्यार्थीको शैक्षिक भविष्यको बारेमा उचित परामर्श दिने गर्दछौं । नेपाली विद्यार्थीहरु के कारणले विदेश अध्ययन गर्न जान्छन् ? नेपालमा राम्रो शिक्षाको व्यवस्था नभएर विदेश अध्ययन गर्न जाने गरेका छन । नेपालमै बसेर अध्ययन गर्दा रोजगारको अवसर पाइँदैन । कुनै पनि विषयमा मास्टर्स नै गरियो भने पनि सोर्षफोर्स विना काम पाउन गाह्रो छ । विद्यार्थीले पढ्न चाहेको कोर्सहरु पनि छैन । नेपालको शैक्षिक अवस्था पछाडी परेको कारणले नै विद्यार्थीहरु अध्ययनको लागि विदेशिने गरेका हुन् । नेपालमा पढ्ने कलेज नभएर नै नेपाली विदेश अध्ययन गर्न गएका हुन् ? नेपालमा हुँदै नभएको भन्ने त हैन । तर जति चाहिने हो त्यती छैन । नेपालमा पनि बिस्तारै त्यस्ता खालका कलेजहरु खुल्दै छन् । त्यसैगरी जति छने ती पनि सहरमा मात्रै केन्द्रित भएका छन् । विश्वमा बिक्ने खालको शिक्षामा पनि कमि छ । रोजगारी र सिपमुलक शिक्षाको पनि देशमा कमि छ । नेपालले विदेशमा विद्यार्थी पठाँउदा के पाउँछ ? नेपालबाट विद्यार्थी विदेशीएकोमा देशलाई घाटा छ । नेपालबाट अरबौं पैसा विदेशीइरहेको छ । देशका युवाहरुको श्रम अन्य देशले लुटिरहेका छन् । नेपालीहरुले बहिर गर्ने जति दुख नेपालमा गरेका भए देशमा आज धेरै परिवर्तन हुने थियो । अर्काे अर्थमा नेपालीहरुले विदेशमा गरेको अध्ययन, कामको अनुभव र सिपको प्रयोग यता आएर गरेमा देशको अवस्था चाँडै नै राम्रो बन्न सक्छ । नेपालबाट गएका विद्यार्थीहरु थोरै मात्र नेपाल आएको पाइन्छ । उतै बसेका विद्यार्थीहरुले के काम गर्छन् ? ग्रास लेबल, होटल, ड्राइभिंग, स्टोर र क्याफे लागायतका ठाउँमा काम गर्ने गरेका छन् । धेरै विद्यार्थी उतै नै बस्ने सपना बोकेर गएका हुन्छन् । उनिहरुले उतैको पिआर लिने गरेका छन् । नेपालबाट गएका विद्यार्थीहरुले नेपालको भन्दा त्यहाँको सबै कुरा राम्रो देख्ने गरेका छन् । नेपालले पनि त्यस्ता विद्यार्थीहरुलाई नेपाल फर्कने वातावरण निर्माण गरेको पाइँदैन । नेपाल आउँदा उसले जिरो बाट नै सुरु गर्नु पर्छ । तपाइँको विचारमा हाल नेपालमा कति कन्सल्टेन्सीहरु सञ्चालनमा होलान् ? मेरो विचारमा शिक्षा मन्त्रालयमा दर्ता भएका २ हजार जति कन्सल्टेन्सीहरु छन् । दर्ता बिना पनि सञ्चालन भएका धेरै छन् । त्यसमा कुनै दर्ताको प्रक्रियामा पनि छन् । यसरी हेर्दा नेपालमा हाल २५ सयको हाराहारीमा कन्सल्टेन्सीहरु हुनुपर्छ । सरकारले समय समयमा अनुगमन गर्ने गर्छ नि, किन होला ? आजभोलि पनि सञ्चार माध्यमहरुमा कन्सल्टेन्सीहरुलाई छापा मारेको कुरा आहिरहेको छ । गलत नियतले खोलेको कन्सल्टेन्सीहरुलाई छापा मारिरहनु पर्छ । राम्रो काम गर्ने हाम्रोजस्ता कन्सल्टेन्सीहरु पनि ति कन्सलटेन्सीहरुको कारणले गर्दा बदनाम हुन पुगेको छ । नेपालबाट सीमापारी अध्ययन गर्न जाने विद्यार्थीहरु कुन वर्गका छन् ? पहिले उच्च र मध्यम वर्गका विद्यार्थीहरु मात्र अध्ययनका लागि विदेश जाने गरेका थिए । अहिले त्यसमा निम्न वर्गका पनि थपिएका छन् । यो कन्सल्टेन्सीले विद्यार्थीलाई जापान र अष्ट्रेलिया पठाउँछ भन्नुभयो । नेपाली विद्यार्थीका लागि जापान र अष्ट्रेलिया कस्तो गन्तव्य हो ? जापान र अष्ट्रेलिया अहिले सबै विद्यार्थीको क्रेज बनेको छ । अन्य देशको तुलनामा यी देशहरु बढि सुरक्षित भएकोले गर्दा पनि यस्तो भएको हो । त्यसैगरी त्यहाँ पढाइ सकेर प्राप्त हुने सर्टिफिकेट पनि संसारभर मान्यता पाइने भएकोले गर्दा पनि नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया र जापान राम्रो गन्तव्य हो भन्ने मलाई लाग्छ । नेपालबाट धेरै विद्यार्थीहरु पढ्न जाने देश कुन कुन हुन् ? पछिल्लो तथ्याङ्क अनुसार नेपालबाट धेरै विद्यार्थी अष्ट्रेलिया गइरहेका छन् । अष्ट्रेलिया बाहेक जापान, अमेरिका, जर्मनी, डेनमार्क, चीन, भारत, जापान लगायतका देशमा पनि गएका पाइन्छन् । विद्यार्थीले विदेश अध्ययन गर्न जाँदा के बुझनु पर्छ? अरुको देखासिकीमा विदेश अध्ययन गर्न जानुभन्दा पनि विद्यार्थीले आफू जाने देशको बारेमा राम्रोसँग बुझेर मात्र जानु पर्छ । त्यहाँ गएर कुन र कस्तो कोर्ष पढ्ने र ति कोर्षहरु कति समयमा सकिन्छ भन्ने जस्ता कुराहरु बुझनु पर्छ । त्यहाँको नीति कस्तो छ, कति काम गर्न पाइन्छ जस्ता कुराहरु पनि विद्यार्थी आफैंले बुझ्न जरुरी छ । त्यसमा परामर्शदाताले कस्तो भूमिका खेल्नुपर्छ ? हामीले पढ्न जाने विद्यार्थीलाई त्यहाँको सबै सत्य तथ्य जानकारी इमान्दारिताका साथ दिनुपर्छ । पैसा कमाउने उद्देश्यले मात्र परामर्शको काम गर्नु हुँदैन । विद्यार्थीको भविष्यप्रति पनि जिम्मेवार बन्नुपर्छ । विद्यार्थीको आर्थिक र शैक्षिक अवस्था हेरेर सोही अनुसारको शिक्षण संस्थाको छनौट गरिदिनु पर्छ । जापान र अष्ट्रेलिया पढेपछिको अवसरका बारेमा पनि स्पष्ट पारिदिनुपर्छ ।

३७ लाख मै सिभिल होम्सको अपार्टमेन्ट किन्न सकिन्छ- सुदर्शन पराजुली

सुदर्शन पराजुली–म्यानेजर सेल्स एण्ड मार्केटिङ, सिभिल ग्रुप प्रपर्टी एक्स्पोमा सिभिल होम्स्को स्टलमा अवलोकनकर्ताले के के पाउँछन् ? नेपाल जग्गा तथा आवास विकास संघले आयोजना गर्ने हरेक एक्स्पोमा हाम्रो कम्पनी सिभिल होम्स सहभागी हुँदै आएको छ । मेलामा आउने अवलोकनकर्तालाई हाम्रा विभिन्न प्रोजेक्टको बारेमा जानकारी दिनेछौं । कम्पनीले प्रदान गरेको छुटको बारेमा जानकारी गराउँछौं । साथै, सिभिल होम्सले गर्ने काम र प्रदान गर्ने सेवा, सुविधा लगायत सम्पूर्ण जानकारी ग्राहकले पाउनेछ । कम्पनीले अहिले कस्तो प्रोजेक्टलाई अघि बढाएको छ ? अहिले हाम्रो विभिन्न प्रोजेक्टहरु अघि बढिरहेको छ । जसमा फेज फोर धापाखेल, फेज सेभेन सितापाईला र फेज ९ गोदावरीमा सञ्चालनमा आएको छ । ती प्रोजेक्टहरुमा इण्डिभ्यूजल होम र अपार्टमेन्टहरुको बिक्री भइरहेको छ । हाम्रो घरको मोडल साढे २ तलाको छ । हामीले धापाखेलमा ३७ लाखको अपार्टमेन्टको बिक्री शुरु गरेका छौं । दुई टावर छन् । टावर ए र बी मध्ये बी सकिसकेको छ । अहिले ए टावरमा केही अपार्टमेन्ट बाँकी छन् । त्यसको लागि बुकिङ खुलाएका छौं । मेलाको अवसरमा के-कस्तो अफर छ ? हामीले विभिन्न अफर ल्याएका छौं । सोही योजना अन्तर्गत ३७ लाख रुपैयाँमा वान बेड रुमका अपार्टमेन्ट बिक्री गर्दैछौं । यस्ता अपार्टमेन्टहरुमा कम्तिमा ३५० स्क्वार फीट स्पेस हुन्छ । त्यस्तै त्योभन्दा बढीको टु बेड रुम र थ्री बेड रुम भएका अपार्टमेन्टहरु पनि छन् । उक्त अपार्टमेन्टहरुमा बेड रुमसहित एउटा लिविङ रुम, साथमा बाथरुम र किचन हुन्छ । अपार्टमेन्टको बिक्री भने धापाखेलको कोलोनिमा मात्रै छ । थ्री बेड रुमको आपर्टमेन्टलाई एक कोरोड रुपैयाँसम्म पर्छ । इण्डिभ्यिूजल घरहरुको मूल्य १ करोड ५५ लाखदेखि ३ करोड रुपैयाँसम्म पर्छ । ती घरहरुमा पनि अफर राखेका छौं । सितापाइलाको घरहरु १ करोड ९५ लाख रुपैयाँमा अफर दिएका छौं । गोदावरीमा अफर अन्तर्गत नै १ करोड ५५ लाख रुपैयाँदेखि बिक्री शुरु गरेका छौं । मेला सकिएपछि उक्त मूल्यमा पाइदैन । ती घरहरु साढे दुई आनादेखि चार आनासम्ममा बनेका छन् र साढे दुईतलाका छन् । ३/४ ओटा वेड रुम छन् । त्यसमा आफूलाई कस्तो मोडल, टाइपको मनपर्छ सोही अनुसार छनौट गर्न सकिन्छ । निर्माणाधिन, निर्माण भइसकेका घरहरु शुरुमै खरिद गर्न सकिन्छ । निर्माण भइरहेका घरहरुलाई समेत आफ्नो डिजाइन दिन सकिन्छ । त्यस्तै, हामीले मेला अबधिमा करिब ८५ युनिट अपार्टमेन्ट मध्ये ३० प्रतिशत र ‘इण्डिभ्यूजल’ ३० देखि ४० घर बुक हुने अपेक्षा गरेका छौं । ३७ लाख मूल्य भएको अपार्टमेन्टमा कति जनाको परिवार बस्न सकिन्छ ? विगतमा जस्तो ठूलो र संयुक्त परिवारमा अहिले विरलै हुन्छन् । अधिकांशको परिवार सानो र स्मार्ट हुन्छ । जसमा श्रीमान्, श्रीमती बच्चा हुन्छ । साथमा प्यारेन्ट्स भए पनि सहजै बस्न सकिन्छ । पछिल्लो समय अपार्टमेन्टप्रति मानिसहरुको आकर्षण बढिरहेको देखिएको छ । अहिले बजारमा ५० लाखभन्दा तलको अपार्टमेन्ट पाउन गाह्रो छ । सिभिल होम्स सबै माझ छाइसकेको कम्पनी भएकोले पनि हामीले भने शुरुको फेज भएको कारण कम मूल्यमा अपार्टमेन्ट बिक्री गरिरहेका छौं । पछि बिक्री बढ्दै जाँदा अहिलेको मूल्यमा दिन सक्दैनौं । भाउ पनि बढ्छ । ल्याण्ड प्रोपर्टीको भाउ क्षणभरमै बढ्न सक्छ । अन्य रियलस्टेट कम्पनी भन्दा सिभिल होम्समा के फरक छ ? सिभिल होम्सले एक्स्पो लगायतको अबधिमा जुन अफरहरु दिएको छ त्यस्तो अफर अरु कम्पनीहरुले दिएका छैनन् । सिभिल होम्सलाई बजारमा नम्बर वानको रुपमा लिने गरेका छन् । हाम्रो अफर अफोर्डएबल छ । हामीले ३/४ आनामा साढे २ तलाको, मोडर्न आर्किटेक्चरहरुको नयाँ कन्सेप्टमा घरहरु बनाएका छौं । भित्र फिनिसिङ समेत रहेको उक्त घरहरुलाई अफोर्डएबल मूल्यमा बजारमा उपलब्ध गराएका छौं । यस कम्पनीले बनाएका घरहरु राम्रो पृष्ठभूमि भएका व्यक्तित्वहरुले खरिद गरिरहेका छन् । त्यस्तै, हाम्रो घरहरु एकआपसमा टाँसिएका छैनन् । प्रत्येक घरमा बगैचाँ, गाडी राख्ने स्पेस छ । त्यसकारणले पनि हाम्रो प्रोजेक्ट छुट्टै छ । धापाखेलमा मात्रै ३ सय बढी घरहरु छन् । सितापाइला र गोदावरीमा ११० युनिटभन्दा बढी घर बनइरहेका छौं । कम्पनीको आगामी योजना के छ ? तत्काल हामीले उपत्यकामा मात्रै काम गरिरहेका छौं । हालसम्म राजधानीमा ९ फेजको प्रोजेक्ट सञ्चालन गरिसकेका छौं । अब राजधानीबाहिर जाने हाम्रो योजना छ । माग बढिरहेको छ । बाहिर लैजाने अवसर खोजिरहेका छौं । आगामी दिनमा अन्य विजनेश पनि थप्दैछौं । जसमा रेन्टल, लिजका घरहरुतर्फ काम गर्ने योजना बनाइरहेका छौं । कसैले सिभिल होम्सको घर अथवा अपार्टमेन्ट बेच्न चाहे, भाडामा लगाउन चाहे सहजीकरण गर्ने हो कि भन्ने छलफल अगाडि बढाएका छौं । करिब दुई दशकअघि स्थापना भएको सिभिल सेभिङ एण्ड को अपरेटीभबाट सिभिल ग्रुपको जन्म भएको हो । सिभिल ग्रुपअन्तर्गत सिभिल सेभिङस, सिभिल रियलस्टेट, बैंक, मनोरन्जन, सिनेमा, इन्जियरिङ, कन्सल्टेन्सी लगायत विभिन्न कम्पनी सञ्चालनमा छन् ।  

गणित विनाको विज्ञान शिक्षा र जग विनाको महलको कल्पना एउटै हो – प्रा.डा टंकनाथ धमला

राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ बाहिर आएपछि कक्षा ११ र १२ को विज्ञान विषयमा भएको गणित हटाउने तयारीमा पाठ्यक्रम विकास केन्द्र लागिरहेको छ । यस कदमको शिक्षक, विद्यार्थी, अभिभावक लगायतले सवत्र आलोचना गरिरहेका छन् । हाल अध्ययन भैरहेको विज्ञान विषयमा भएको गणित हटाउदा हाम्रो विज्ञान शिक्षा कस्तो हुन्छ ? कक्षा ११ र १२ को विज्ञानको कोर्षमा गणितले कस्तो काम गरिरहेको छ ? गणित विनाको विज्ञान अपूर्ण हुन्छ ? विश्वको अनुभवले के भन्छ ? गणितीय ज्ञानविनाका प्राविधिकहरुले देशलाई के योगदान गर्न सक्छन्र ? गणितिय ज्ञान विनाका विज्ञानका विद्यार्थीहरुले विदेशी विश्वविद्यालयहरुमा अध्ययन गर्न के कठिनाई भोग्नु पर्छ ? प्रस्तुत छ, यसै विषयमा विगत ३ दशकदेखि विश्वका विभिन्न विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरुसंगको सहकार्य गर्दे, गणित विषयको अध्ययन, अनुसन्धानको क्षेत्रमा क्रियाशिल रहि, थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान तथा पुरस्कारहरु प्राप्त गरेका नेपाल गणित समाजका अध्यक्ष प्रा.डा टंकनाथ धमलासँग विकासन्युजका राजाराम न्यौपानेले गरेको कुराकानी । प्रा.डा टंकनाथ धमला, अध्यक्ष, नेपाल गणित समाज विज्ञान विषयमा गणित नहुदा के हुन्छ ? विज्ञान विषयको भाषा नै गणित हो । विना भाषाको सिकाईको कल्पनै गर्न सकिदैन । गणित, विज्ञानको आधार र मेरुदण्ड दुवै हो । विज्ञान गणितबाट सुरु हुने हो । विज्ञानका मोडल र इकोइसनमा गणित नै हुन्छ । विज्ञानको जुनसुकै विषयमा र क्षेत्रमा गणित हुन्छ । विज्ञानबाट गणित हट्यो भने विद्यार्थीले विज्ञान पढ्नै सक्दैनन् । कक्षा ११ र १२ को भौतिकशास्त्र समुहमा अहिले पनि गणित छ । जीवशास्त्र विद्यार्थीले गणित पढन नपाउने बनाउँदै छ । पहिले अनिवार्य विषय कम थिए अहिले बढेको छन् । अनिवार्य विषय धेरै भएपछि विद्यार्थीले ऐच्छिकमा गणित पढने अवस्था नै रहदैन । गणित पढेका पनि भौतिकशास्त्रको कक्षामा हुन्छन्, नपढेका पनि हुन्छन् अनि कसरी विद्यार्थीलाई शिक्षकले पढाउने भन्ने पनि हुन्छ । भौतिकशास्त्र कोर्ष हेर्ने हो भने पनि पहिलो पाठमा नै गणित छ । गणित हटाउने हो भने विद्यार्थी कमजोर हुनेछन् । त्यसैले गणित विनाको विज्ञान हुनै सक्दैन । विज्ञान विषयबाट गणित हटाउँदा जीवविज्ञानका विद्यार्थीहरुलाई उच्च अध्ययनमा के असर पर्छ ? कक्षा ११ र १२ का ऐच्छिकका रुपमा विज्ञानका विषयहरुमा भौतिक विज्ञान, रसायन विज्ञान, गणित तथा जीव विज्ञान आधारभूत विज्ञानका आधार स्तम्भ हुन् । तर यो पाठ्यक्रममा जीवविज्ञानका विद्यार्थीहरुले गणित पढ्न नपाउने गरि तयार गरिएको छ । जीवविज्ञानका विद्यार्थीहरु गणित पढ्नबाट वञ्चित हुँदा भविष्यमा उनीहरु उच्च अध्ययनको अवसरवाट समेत वञ्चित हुने देखिन्छ । जब कि कृषि तथा वन विज्ञान कार्यक्रममा भर्ना हुन आउने विद्यार्थी नै जीव विज्ञान समुहका हुन्छन् । त्यसैगरि पोखरा, काठमाडौं, पुर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल विश्वविद्यालयहरुमा इन्जिनियरि तथा सूचना प्रविधि कार्यक्रमहरुमा प्रवेश पाउन कम्तिमा १०० पूर्णाको गणित उत्तिर्ण गरेको हुन पर्ने प्रस्ट व्यवस्था हुँदाहुँदै पनि यो व्यवस्थाले गर्दा जीव विज्ञान समुहका विद्यार्थीहरुले उक्त विश्वविद्यालयहरुका यि कार्यक्रमहरु अध्ययन गर्न नपाउने भएका छन् । वायोलोजी पढेका विद्यार्थीहरु स्वास्थ्य क्षेत्रमा जान सकेनन् भने अब कता जान्छन ? यसको जिम्मा कसले लिन्छ ? वायोलोजी पढेका धेरै विद्यार्थीहरु मेडिकल क्षेत्रमा जान्छन, त्यो क्षेत्रमा जाने विद्यार्थीलाई चै गणितको ज्ञान कतिको आवश्यक छ ? मेडिकल क्षेत्रमा हुने अनुसन्धानको नतिजा गणितमानै आधारित हुन्छ । आज विश्वका मेडिकल क्षेत्रमा भएका उत्कृष्ट अनुसन्धानहरुमा गणितिय मोडेलहरुको महत्वपूर्ण योगदान छ । कक्षा ११ र १२ मा विज्ञानमा गणित नराखेर अन्य व्यबस्था गर्न सकिदैन ? हामी पनि यो कुरा पनि सुनिरहेका छौँ । कक्षा ११ र १२ को नियमित पाठ्यक्रममा नराखेर अतिरिक्त बिषयको रुपमा पढ्न पाउने व्यबस्था गर्ने भन्ने पनि सुन्दै छौं । यो वेतुकको तर्क हो । जुन विद्यार्थीलाई आवश्यक विषय हो । त्यो अतिरिक्त पढ्न लाउने जुन नहुँदा पनि हुन्छ त्यो चै जबरजस्ति लाध्ने ? यो भन्दा बहुलापन के हुन्छ ? अन्य मुलुकको शिक्षामा गणित विनाको विज्ञान अध्ययन भएका छन् ? विश्वका उत्कृष्ट विश्वविद्यालयहरुमा गणित विनाको विज्ञान अध्ययन भएको छैन । तर, नेपालमा कुन आधारले हटाउन लागेका हुन् । हामीले शिक्षा राम्रो बनाउदै लाने हो कि झन कमजोर बनाउदै लाने हो ? शिक्षालाई राम्रो बनाउने हो भने गणित हटाउँदा कसरी राम्रो हुन्छ ? त्यसको र्तार्किक जवाफ दिनु पर्याे । गणित विनाको विज्ञान शिक्षा र जग विनाको महलको कल्पना एउटै हो । ११, १२ पास भएपछि उच्च शिक्षाको लागि विदेश जाने गरेका छन् । पाढ्यक्रमको यो व्यबस्थाले उनीहरुलाई कस्तो असर गर्छ ? नेपाली विद्यार्थीहरु प्राय विदेशमा मेडिकल, इन्जिनियरि, विज्ञान, व्यवस्थापन आदि विषयहरु पढ्न जाने गरेका छन् । विदेशी विश्वविद्यालयहरुमा यी विषयहरुमा गणितलाई उच्च महत्व दिइन्छ । विदेशी विश्वविद्यालयहरुमा भर्ना पाउनैको लागि जीआरई, जीम्याट, स्याट जस्ता विशिष्टिकृत परिक्षहरुमा राम्रो अंक ल्याउनु पर्छ जसमा गणिलाई उच्च अंकभार दिईएको हुन्छ । अब गणितै पढ्न नपाएका विद्यार्थीहरुले यस्तो परिक्षामा कसरी राम्रो गर्न सक्छन र ? त्यसैले अब हाम्रा विद्यार्थीहरु अन्तराष्ट्रिय प्रतिस्प्रर्धामा कमजोर हुनेछन । यो हाम्रो शिक्षा क्षेत्रमा निम्तिन लागेकको ठूलो डिजास्टर हो । विज्ञान विषय बाहेकका विषयहरुमा गणितको उपयोगीता कतिको छ ? यसमा हामीले जवाफ दिनु भन्दानी सम्बन्धित विषयका विज्ञहरुबाटै यसको उत्तर आउनु राम्रो हुन्छ । तर म अन्तराष्ट्रिय स्तरमा मैले अन्य बिषयका धेरै अनुसन्धानकर्ता संगसंगै काम गरेको छु । उनिहरुको गणितिय ज्ञान धेरै उच्च छ । त्यसैले उनिहरुका अनुसन्धान उच्च स्तरका मानिन्छन । व्यवस्थापन, अर्थशास्त्र, जनसंख्या अध्ययन लगायतका विषयहरुमा गणितिय ज्ञान अति आवश्यक हुन्छ । तपाँईलाई यो पनि जानकारी गराउकी अर्थशास्त्र क्षेत्रका धेरै नोवेल पुरस्कारहरु गणितिय मोडेलहरुको प्रयोग भएका अनुसन्धानहरुका लागि प्रदान गरिएका छन् । तपाँईहरुले पाठ्यक्रम विकास केन्द्र, शिक्षामन्त्री र प्रधानमन्त्रीलाई विज्ञप्ती पनि बुझाउनु भयो । के भन्नु भयो त ? हामीसंग यो प्रारुप तयार गर्ने क्रममा कुनै छलफल भएको छैन । प्रस्तावित मसौदामा प्रायोगिक गणित अनिर्वाय विषयको रुपमा थियो । तर के कारणले पछि हटाउनु भयो थाहा छैन । त्यो कस्तो कोर्ष थियो हामीलाई जानकारी थिएन । तर एउटा अध्ययन र अनुसन्धान तथा विश्वका पाठ्यक्रमहरुलाई हेरेरै ल्याइएको थियो भन्ने लाग्छ । नेपाल गणित समाजले त्यसको स्वागत गरेको थियो । तर के आधारमा त्यो हटाईयो त्यसको जवाफ आएको छैन । त्यो हटेपछि जीवविज्ञान गणित विहिन हुन पुग्यो । हामीले पाठ्क्रम विकास केन्द्रका कार्यकारी निर्देशकलाई सोधेकाछौं । गणित विनाको विज्ञानको कसरी कल्पना गर्नु भयो ? भनेर । उहाँले त्यसको उत्तर दिनु भएन । हामी शिक्षामन्त्री र प्रधानमन्त्रीलाई भेट्ने प्रयासमा छौँ । अन्त्यमा, राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ बाहिर आएको छ, यो प्रारुप अनुसारको पाठ्यक्रमले देश विकासमा कस्तो योगदान गर्ला ? हामी २१औं शताब्दिको पूर्वाधमा छौं । ज्ञान, विज्ञान र प्रविधिको विकास र यसको प्रयोगले मानव जीवनमा ल्याएको सकरात्मक परिवर्तनलाई हामीले आत्मासाथ गरिरहेका छौँ । राष्ट्र निर्माणको यूगिन दायित्व पूरा गर्ने काम शिक्षाको हो । आज विश्वमा विकसित भनिएका देशहरु वास्तवमानै विज्ञान र प्रविधिको उच्चतम विकास तथा प्रयोगले नै यो अवस्थामा पुगेका हुन् । विद्यालय तहको पाठ्यक्रमले नेपालमा विज्ञान र प्रविधिको विकासलाई ध्यान राखेर आफूलाई परिमार्जन र परिस्कार गर्नु पर्ने थियो । ज्ञान, विज्ञान र प्रविधिको विकासका लागि जस्ता विषयहरु छनौट हुनु पर्ने हो, यसो हुन सकेन भन्ने हामीले बुझेका छौं । प्रविधिको यो समयमा विज्ञान तथा प्रविधिको आधार स्तम्भको रुपमा रहेको विषय गणित तथा विज्ञानका विषयहरुलाई उच्च महत्व दिनु पर्नेमा आज विपरीत दिशातिर फर्कन लागेको अनुभव हामीले गरेका छौं । अबको पाठ्यक्रम विज्ञान, प्रविधि मैत्री भएमा मात्र हामी विकासको सहि मार्ग पहिल्याउन सक्छौ । आज विश्वका धेरै देशहरुले पाठ्यक्रमको नविनतम धारणा अन्र्तगतमा जोड दिएका छन् । जसले गर्दा उनिहरु आर्थिक विकास तथा समृद्धिमा फड्को मारिरहेका छन् । यसलाई सकारात्मक शिक्षाको रुपमा हामीले लिनु पर्दछ । अन्यथा २१ औं शताब्दिमा ज्ञान, विज्ञान तथा प्रविधिक जनशक्तिको खाँचो राज्यले गरिरहने तर हामी भने देश तथा विदेशमा विक्न नसक्ने जनशक्ति उत्पादन गरिरहने छौं । यसको बारेमा राज्य संचालकहरुले बेलैमा ध्यान दिन जरुरी छ ।