बदलिँदो जीवनशैली र वातारण प्रदुषण बाँझोपनको मुख्य कारण हो- डा. नुतन शर्मा
डेढ १५ दशकदेखि प्रसुती तथा स्त्रीरोग बिशेषज्ञका रुपमा काम गरेकी डा. नुतन शर्मा पछिल्लो समय काठमाडौको बयोधा अस्पताल र ललितपुरको अल्का अस्पतालमा हुनुहुन्छ । डा. शर्माले हाल अल्कामा अल्का आइभिएफ एण्ड फर्टिलिटी सेन्टर संचालन गरी बाँझोपन सम्बन्धी समस्या भएकालाई सेवा दिइरहनु भएको छ । पछिल्लो समयमा बाँझोपन भएकालाई टेस्टीवेवी जन्माउने प्रविधिको विकास भएको छ । नेपालमा बाँझोपनको समस्या धेरै रहेको छ । बाँझोपनको कारण र यसबाट कसरी बच्ने विषयमा केन्द्रीत रहेर डा. शर्मासंग विकास न्यूजका लागि डोमी शेर्पाले गरेको कुराकानी: डा. नुतन शर्मा, प्रसुती तथा स्त्रीरोग विशेषज्ञ महिलाको बाँझोपन भनेको के हो ? एक दम्पत्तिले बिहेपछि एक बर्षसम्म कुनैपनि अस्थायी साधनको प्रयोग बिना यौन सम्बन्ध राख्दा पनि बच्चा नबस्ने वा सन्तान नहुने समस्यालाई बाँझोपन भनिन्छ । बाँझोपनको समस्या श्रीमान वा श्रीमती दुवैमा हुन सक्छ । धेरै हदसम्म बाँझोपन पनि निराकरण गर्न सकिने स्वास्थ्य समस्या हो । सन्तान प्राप्तिका लागि महिनावारीको चक्रलाई समेत पछ्याएर सावधानीपूर्वक प्रयास गर्दा पनि एक बर्षदिन भित्रमा गर्भ रहेन भने उपचार थाल्नुपर्ने हुन्छ । बाँझोपन प्राथमिक र माध्यमिक गरी दुई किसिमका हुन्छन । प्राथमिक बाँझोपन भन्नाले कहिले पनि बच्चा नबसेको बाँझोपन हो । माध्यमिक भनेको एक पटक बच्चा बसेर फेरी दोस्रो पटक बच्चा नबसेको बाँझोपन हो । बाँझोपन हुनुका मुख्य कारण के हुन ? ७० देखि ८० प्रतिशत बाँझोपनका कारण संक्रमण रहेको छ । महिलामा जनचेतनाको अभाव, संक्रमण भएपछि पनि उनीहरु जँचाउन स्वास्थ्य संस्थामा नजाने यसको मुख्य कारण हो । फोहर पानी बगेको छ, पाठेघरमा घाउ छ, ढाड दुख्छ पेट दुखेको हुँदा पनि उनीहरू चिकित्सक कहाँ जाँदैनन् र जहिलेबाट एकदमै असजिलो हुन्छ, त्यसपछि मात्रै उनीहरू चिकित्सक कहाँ जान्छन् । यस्ता खाले संक्रमणको बेलैमा उपचार गर्न सकियो भने मात्र बाँझोपनबाट बच्न सकिन्छ । पाठेघरको संक्रमण हुँदा पाठेघरको मुखबाट भित्र गएर ट्यूबमा संक्रमण गराउँछ । ट्यूवमा संक्रमण भएपछि ट्यूब ब्लक हुन्छ । ट्यूब ब्लक हुनेबित्तिकै बच्चा बस्दैन। बच्चा बस्नलाई डिम्बाशयबाट अण्डा फुट्नुपर्छ । तलबाट पाठेघरभित्र छिरेर ट्यूबमा गएर पुरुष स्पर्मसँग मिलन हुन्छ अनि बच्चा बस्छ । यदि ट्यूब ब्लक हुन्छ भने बच्चा बस्दैन । त्यसैले संक्रमण बाँझोपनाको सबैभन्दा पहिलो कारण हो । बाँझोपनको १० देखि १५ प्रतिशत कारण जन्मजात हुन्छ । पाठेघर नहुने, डिम्बाशय नहुने, पाठेघरको फर्मेशन राम्रो नहुने जस्ता कारणले जन्मजात बाँझोपना हुने गर्दछ । अर्को कुरा धेरैलाई थाहा नहुन पनि सक्छ तर महिलाको उमेर पनि बाँझोपनको एउटा महत्वपूर्ण पाटो हो । यो कुरा पुरूषको हकमा लागू हुँदैन । महिलाको एउटा निश्चित उमेर हुन्छ । यसको अर्थ महिलामा जुन डिम्बाशय हुन्छ त्यसको एउटा ‘पार्टिकुलर फोलिकल काउण्ट’ हुन्छ । उसले निश्चित फोलिकल्स लिएर जन्मिएको हुन्छ । यो कसैको बढी हुन्छ कसैको कम हुन्छ। उमेर बढ्दै जाँदा राम्रो फोलिकल निस्कने क्रम घट्छ । जस्तै हामी कुनै पनि लटमा पहिला फ्रेश कुरा निकाल्छौ । जस्तै महीनावारीमा पहिलो, दोस्रो दिनदेखि अण्डा बन्न सूरू गर्छ । एउटा अण्डा बन्नलाई आठ दस वटा अण्डाको समूह चाहिन्छ । त्यो समूहमा सबैभन्दा राम्रो राम्रो अण्डा बन्न थाल्छ। महिनावारी भएको १४ दिनसम्म एउटा अण्डा मात्रै बाँकी रहन्छ बाँकी सबै अण्डा सुक्छ, फुट्छ । एउटा अण्डा मात्रै परिपक्व हुन्छ । त्यो अण्डा कसैको १२ कसैको १३ र कसैको १४ दिनमा बन्छ । त्यो अण्डा यदि ‘फर्टिलाइजेसन’ हुन्छ भने बच्चा बन्छ । यो जुन प्रक्रिया एउटा उमेर समूहमा मात्र हुन्छ । मादक पदार्थ र चुरोट खैनीको अधिक सेवन, यौन सम्बन्धी रोग, पाठेघरको संक्रमण, असुरक्षित गर्भपतन, महिनावारी रोक्ने औषधीको अधिक सेवन, लामो समयसम्म गर्भ निरोधक अस्थायी साधनको प्रयोग, अधिक मोटोपन वा सुगर र थाइराइडको समस्याले पनि बाँझोपन हुन्छ । आमा बन्नलाई कुन उमेर सही हुन्छ ? महिलाको उमेर ४० वर्ष नाघेपछि अण्डाहरूको मात्रा कम हुँदै जान्छ । त्यसबाट आउने राम्रो अण्डाहरुको मात्रा पनि स्वतः कमी हुन्छ । यस्तो अवस्थामा बाँझोपनको समस्या बढ्दै जान्छ । ३० वर्षभन्दा कम उमेरको महिला र ३५ वर्षभन्दा बढी उमेरको महिलामा तुलना गर्ने हो भने ३५ वर्षभन्दा बढी उमेर भएका महिलामा बाँझोपनको समस्या १० गुणा बढी हुन्छ । पहिला महिलाहरू सक्रिय थिएनन् । उनीहरु घरकै काममा केन्द्रीत रहन्थे। बिहे भयो बच्चा पायो महिलाहरू यसैमा केन्द्रित थिए । त्यसैले बाँझोपनको समस्या पनि कम थियो । आज किन बाँझोपनको समस्या छ भने अहिले महिलाहरु पढाई र आफ्नो ‘करियरमा’ र व्यवसायमा ध्यान दिन्छन् । जसले गर्दा बिहे ढिलो हुन्छ । मेरो काम छ जागिर छ म बच्चा पछि पाउँछु भन्दा भन्दै एउटा उमेर जान्छ । एउटा महिलाको लागि बच्चा जन्माउन ३५ वर्षभन्दा तलको उमेर हुनुपर्छ । ३० वर्ष पुग्दै गर्दा आमा बन्नु सबैभन्दा राम्रो हो । बाँझोपनको अर्को महत्वपूर्ण कारण लामो समयको ’ग्याप’ हो । सामान्यतया विहे भएपछि महिलामा ‘इन्फेक्शनको’ समस्या बढी हुने सम्भावना हुन्छ । यदि कसैको ‘इन्फेक्शनको’ कारणले लामो समयसम्म बच्चा भएन भने यसले पनि बाँझोपन बढाउँदै जान्छ । हाम्रो देशमा अधिकांश दम्पत्तिलाई सुरक्षित समय के हो असुरक्षित समय के हो थाहा हुँदैन । यस्तो भएपछि गर्भवती बन्छन् अनि गर्भपतन गराउँछन्। गर्भपतन सधै सुरक्षित हुन्छ भन्ने पनि छैन । कोही क्लिनिकमा त कोही कता जान्छन्, कोही लुकाएर गर्छन् । यसरी असुरक्षित गर्भपतन पनि बाँझोपनको एउटा प्रमुख कारण हो। असुरक्षित र गैरकानुनी गर्भपतनले ‘इन्फेक्शन’ गराउँछ । कहिले कहिले नराम्रो सामाग्री प्रयोग गर्दा पाठेघर नै जानसक्छ । त्यसैले असुरक्षित गर्भपतन पनि एउटा महत्वूपर्ण कारण हो। बिहे गरेपछि कपर्टी राख्छन्, कसैले तीन महिनाको सुई लिन्छन। कति साधन बच्चा पाएपछि प्रयोग गर्ने हो कति साधन बच्चा नपाउँदै प्रयोग गर्ने हो त्यसमा ध्यान दिनुपर्छ । त्यसको जानकारी नभएको कारणले पनि बाँझोपन हुन्छ । बाँझोपनको लक्षण के हुन् ? धेरै जसोमा बाँझोपनको लक्षण नदेखिन पनि सक्छ । तर अनियमित महिनावारी हुनु वा दुखाई धेरै हुनु, यौन सम्पर्क गर्दा अति पीडा हुनु, यौन सम्पर्कका बेला पुरुषको यौनाङ्ग उत्तेजित नहुनु, यौन रुची घट्नु, आँखा धमिलो देखिनु वा कपाल बढी झर्नेहरुमा बाँझोपनको संभावना बढी हुने गर्दछ । बाँझोपन महिलाको कारणले मात्र हुन्छ र ? बाँझोपन महिलाको कारणले मात्र कहिले हुँदैन । यसमा पुरुषको पनि उतिकै भूमिका हुन्छ । यदी १०० जना मानिसमा बाँझोपनको ६० प्रतिशत कारण महिला हो भने ३५ प्रतिशत कारण पुरुष पनि हो । आजको समयमा तनाव, वातावरण प्रदुषण, काम गर्ने ठाउँमा भएको रासायनिक एक्सपोजरले स्पेर्म को मात्रा कम गर्दिन्छ । त्यसैले बाँझोपनको कारण पुरुष रहेको छ । बाँझोपनलाई लिएर मानिसहरुको धेरै किसिमको भ्रम रहेको छ । महिलाको कारणले मात्र बाँझोपन हुन्छ भन्ने भ्रम मानिसहरुमा रहेको सबैभन्दा दुखलाग्दो भ्रम रहेको छ । उहाँहरु पहिले आफ्नो श्रीमतीको पुरा जाँच गरेर मात्र आफ्नाे जाँच गर्नुहुन्छ । महिनावारी रोक्न खाईने पिल्सहरुले बाँझोपन निम्ताउँछ भन्ने एकदमै गलत बुझाई हो । महिनावारी रोक्ने औषधीले कहिले पनि बाँझोपन गराउँदैन । बाँझोपनको रोकथाम र ध्यान दिनुपर्ने कुरा के हुन् ? उपयुक्त समयमै बिहे गर्ने र सन्तान जन्माउने, असुरक्षित गर्भपतन नगराउने, लागू औषधको सेवन नगर्ने, नियमित महिनावारी नहुने, महिनावारी हुँदा धेरै रक्तश्राव हुने, तल्लो पेट धेरै दुख्ने, योनीबाट फोहर पानी बग्ने, योनी चिलाउने लगायतका समस्या भए तत्काल बिशेषज्ञ चिकित्सक परामर्श तथा उपचार गर्नुपर्छ । यस्तै थाइराइड र रगतको जाँचका साथै भिडियो एक्सरे गरी आफ्नो स्वास्थ्य अवस्थावारे नियमित जानकारी राख्नुपर्छ । महिनावारीको समयमा आफ्नो सरसफाईमा बिशेष ध्यान दिने र नियमित व्यामका साथै आफ्नो तौललाई नियन्त्रणमा राख्ने जस्ता कुरालार्इ ध्यान दिने हो भने बाँझोपनलाई ८० प्रतिशत कम गर्न सकिन्छ ।
७० प्रतिशत बजार विदेशी काठले खाईरहेको छ- राजेश अग्रवाल
राजेश अग्रवाल, अध्यक्ष, फर्निचर एसोसियसन नेपालीहरु फर्निचर व्यवसायीहरु कति छन् ? अहिले हाम्रो ३ वटा जिल्ला भईसक्यो । पहिला हाम्रो सबै जिल्लाको फर्निचर हाम्रो एउटै संगठन थियो। तर अहिले आएर भक्तपुरले आफ्नै छुट्टै दर्ता गराएको छ र ललितपुर पनि आफ्नै दर्ता गराउने प्रकृयामा छ । भक्तपुर, ललितपुर र काठमाडौं सबै गरेर दर्ता भएका फर्निचर पसलहरु कम्तीमा पनि ४००–४५० का हाराहारी छन् । तर धेरै फर्निचरहरु अझै पनि दर्ता भएका छैनन् । अझै पनि कति फर्निचर पसलहरु घरघर मै रहेका छन् । नेपाली काठको अवस्था कस्तो रहेको छ ? पाउन कतिको सजिलो हुन्छ ? सबैभन्दा समस्या नै यहाँको काठकै छ । यदि नेपाल सरकारले राम्रोसँग काठ उपलब्ध गराउने हो भने हामी ८० प्रतिशत उत्पादन नेपालमा हुने हो भने हामीले आयत दरलाई २० प्रतिशतमा झार्न सक्छौ । तर काठको यति लामो प्रक्रिया छ भने त्यसमा पनि हाम्रा फर्निचर व्यवसायीहरुले काठ सिधै वनविभागबाट पाउँदैन् । काठ नभएर बाहिरबाट आयत गर्नुपर्ने स्थिति छ । काठ कति आयत हुन्छ ? हामीसँग यकिन डाटा छैन तर बुझेसम्म ३० अर्ब जतिको आयत हुन्छ । नेपाली काठ भन्दा पनि सस्तो पर्छ हो विदेशी काठ? सस्तोभन्दा पनि बिदेश काठ हरु सजिलोसँग पाईन्छन् । नेपाली काठ त पैसा तिरेर पनि पाइने अवस्था छैन । उद्योग चलाउनलाई महँगो न सस्तो भन्दा पनि सामान छ कि छैन भन्ने पहिलो मान्यता हो । हाम्रो मान्यता त बाहिरबाट काठ आयत नगरु भन्ने हो तर यस्तै छ स्थिती । मलेसियन र ईन्डियाबाट फर्निचर बन्ने काठ आउँछन् । चाईनाबाट चाँही प्लाईहरु बढी आउँछन् । नेपाली अग्राख काठ सबैभन्दा राम्रो मान्छन् ? बाहिरको काठहरु हामीहरुले बाध्यताले मात्र झिकाएको हो नत्र नेपाली काठ जस्तो तिनीहरु टिकाऊ हुँदैनन् । सामान नपाएर मात्रा यिनीहरु झिकाएको हो । यी काठहरुको आयत हुन थालेको ४–५ वर्ष मात्र हुन लागेको छ । वाणिज्य आपुर्ती मन्त्रीलाई हामीले मेलाको उद्घाटनमा बोलाँउदा उहाँले भन्नुभयो, “की यती काठ हामीहरुसँग फालाफाल छ, ३ महिला पर्खनुस् र तपाईहरुलाई हामी यही काठ उपलब्ध गराउँछौँ । तर सरकार यहाँ महिना महिनामा फेरिन्छ झन् मन्त्री त कुरै नगरौँ ।” फर्निचरको बजार कस्तो रहेको छ ? हाम्रोमा सबैभन्दा बढी चाइनिज काठ बढी आयत हुन्छ किनभने चाइनिज काठ सस्तो र हेर्दा राम्रो पनि हुन्छ । हाम्रो नेपालमा न काठ पाईन्छ न त दक्ष जनशक्ति मानिसहरु प्रशिक्षण पाउने वित्तिकै बाहिरको लागि हानिन्छन् । जसको कारणले गर्दा हामी बाहिरबाट काठ आयात गर्न वाध्य छौँ । बाँकी टर्की, मलेसिया, इन्डोनेसियाबाट आयत हुने गर्दछ । यिनीहरु अलिक महंगा काठ हुन् । यिनीहरुको आफ्नै शोरुम पनि रहेको छ । एउटा टि–टेबल २ लाखसम्मको पनि आयत हुने गर्दछ र बिक्री पनि भईरहेको छ । विदेशी काठले कति बजार खाइरहेको छ ? ७० प्रतिशत बजार विदेशी काठले खाईरहेको छ । अग्राख काठ र नेपाली काठमा रकम कतिको फरक छ ? मोटामोटी रुपमा २० प्रतिशतले फरक पाईन्छ । स्क्वायर फिट अनुसार दाममा फरक पर्न जान्छ । नेपाली काठमा के बढी बिक्री भएको पाईन्छ ? नेपाली काठमा बढी बिक्री भएकोमा अफिस टेबल, पलङ बिक्री भएको पाईन्छ । यिनीहरु महंगो भए पनि मानिसहरु बलियो हुन्छ भनेर यही किन्न मन पराउँछन् । पाएसम्म मानिसहरु यही किन्न रुचाउछन् तर नपाएको कारणले चाईनिज काठ किन्न वाध्य छन् । एउटा फर्निचरलाई नेपाली काठ बेच्न भन्दा विदेशी बेच्न फाईदा हुन्छ हो ? फाईदा पनि बढी र लागत पनि कम । एउटा नेपाली काठ १० हजार पर्न जान्छ भने विदेशी काठ ५–६ हजार पर्न जान्छ । त्यसैमाथि पनि विदेशी काठ सजिलोसँग पनि पाईन्छ । नेपाली कार्पेटको स्थिती के छ ? हामी आम नेपालीले प्रयोग गर्ने कार्पेट बनाउन हामी सक्षम भईसकेका छौँ । त्यसको आयत पनि बन्द भईसक्यो । ३ वटा फ्याक्ट्री नेपालमा भईसकेको छ र अझै अर्को एउटा पनि आउँदैछ । महंगो दरको अझै पनि आयत गरिरहेका छौँ । हातले बनाएको गलैचाको अवस्था कस्तो रहेको छ ? अहिले आएर हातले बनाएको गलैचाको निर्यात पहिलेको भन्दा कम भएको छ । त्यसमा पनि कामदारकै समस्या छ । निर्यात नभएको होईन तर अहिले नेपालमा गलैचा उद्योगको स्थापना भईसकेको छ जुन सामान्य दायराबाट शुरु गरेको थियो । महंगोमा चाँही अझै सक्षम भईसकेका छैनन् । नेपाल कार्पेट उत्पादनमा सक्षम भईसकेको छ, त्यही पनि बाहिरीबाट किन आयत गरिन्छ ? नेपाल कम मुल्यको कार्पेटको उत्पादनमा मात्र सक्षम भएको देखिन्छ र अझै पनि बढी मुल्य पर्ने कार्पेटको उत्पादन भएको पाइएको छैन र उक्त कार्पेट बाहिरबाटै आयत गरिन्छ । मेलाको बारेमा केही बताईदिनुस् न? हाम्रो मेलामा यसपटक अन्तर्रास्ट्रिय कम्पनीमा स्टल राख्नेमा भारत र पाकिस्तान पक्का भईसकेका छन् । अरु हुन बाँकी छ । यसपटक हामीलाई स्टलकै समस्या होला जस्तो भईरहेको छ । पोहोर २ वटा स्टल लिनेले यसपटक ४ वटा स्टल लिने भनेका छन् किनभने पछिल्लो समयको उनीहरुको प्रतिकृया राम्रो आएको छ । तर हामीहरुको मुख्य उद्देश्य भनेको धेरै प्रदर्शनकर्ता र थोरै स्टल हो । किनभने धेरै प्रदर्शनकर्ता हुँदा मेलामा आउनु हुने मानिसहरुले धेरै अवलोकन गर्न पाउँछन् र एउटै प्रदर्शनकर्ताले धेरै स्टल लिँदा कम सामानको प्रदर्शन हुने र मेला पनि एकैछिनमा घुमेर भ्याईने हुन्छ । विगतको बर्षमा भन्दा अहिले केही फरकपन ल्याउनु भएको छ की नार्इ ? हामीले यो पटक केही फरकपन ल्याएका छौँ । पहिला हाम्रो हलमा मात्र प्रदर्शन हुन्थ्यो तर अहिले बाहिर पनि डुम राख्दैछौँ । हलमा ६/७ को स्टल हुन्छ । सबै डुममा ६०–६५ वटा स्टल हुन्छन् । यो प्रदर्शनकर्ताको आवश्यकता अनुसार गरिन्छ । हामीले प्रवेसिका पनि बदल्दै छौँ । र पहिला हामी सामाजिक संजालमा त्यति जान पाएका थिएनौँ त्यसैले यो पटक हामी अधिकतम सोसल मिडियामा जाँदैछौँ । फर्निचरले भोग्नु परेको समस्या र सरकारले के गरिदिएको भए हुन्थ्यो जस्तो लाग्छ ? सबैभन्दा समस्या हाम्रो कच्चा पद्दार्थको हो । जती पनि बैठक हुन्छन् त्यसमा पनि सबैको यही एउटा गुनासो रहेको छ । ३० अर्बको वस्तुको कारोबार गर्नु सानो कुरा होइन । आज तपाईंको ३० अर्बको कारोबार गर्नेले प्रत्यक्ष रोजगारीमा कम्तीमा पनि एउटा पसलमा ४ जना कामदार राख्दा पनि हाम्रो ७०० वटा रिटेल पसल गरेर ३००० कामदार हुने गर्छ । सबै मानिसको धेरै कमाउने योजना हुन्छ । सर्वप्रथम मानिसहरु सर्टिफिकेट पाउने बित्तिकै बाहिरको लागि तातिन्छन् । यहाँ ३० कमाए बाहिर ६० कमाउँछु भन्ने उसको सोच हुन्छ । सरकारले हामीले कच्चा पद्दार्थ सजिलो र सस्तो मुल्यमा प्रदान गरीदिए सहयोग हन्थ्यो । हामीले ६० प्रतिशत आयत गर्छौ भने ४० प्रतिशत उत्पादन गर्छौ । यदि सरकारले यसमा सहयोग गर्ने हो भने हामीले २ बर्षमा यसलाई ६० मा परिवर्तन गर्न सक्छौँ । त्यस्तै ट्रेनिङ प्रदान गरेर सर्टिफिकेट पाउने बित्तिकै नेपाल सरकारले बाहिर जाने प्रवृद्धीमा रोक लगाउन पर्छ । सरकारको तर केहीमा पनि राम्रो नीति नियम छैन । हरेक कुराको विकासको लागि राम्रो नीति नियम हुन निकै नै आवश्यक रहेको छ । कति सम्मको काठ बिक्री हुन्छन् ? यसको यकिन छैन किनभने हामीले २००० देखी २ लाख सम्मको काठ बिक्रीमा राखेका छौँ । अझै त्यो भन्दा महँगो पनि बजारमा रहेको छ । हाम्रो देश गरीब छ तर जनता धनी छन् । किन्नेले १० लाखको पनि किन्छन्। केही भन्न चाहनुहुने र हामीले सोध्न छुटाएको प्रश्न? आउँदो मेलामा तपाईं हामीले जतिनै सम्झाए पनि भिजिटर आएनन् भने त्यसको केही काम छैन । म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यहाँ आएर हामीले के उत्पादन गर्दैछौ भन्ने हेरिदन आग्रह गर्दछु । तपाईंहरु किन्नुस् नकिन्नुस् केही छैन, तर हामी के कुरामा सक्षम भईसक्यौ भन्ने हेरिदिनुस् । अरु बेला एउटा फर्निचरको लागि धेरै ठाउँ दगुर्नु पर्ने हुन्छ तर यहाँ सबै कुरा एउटै छाना मुनी पाईन्छ । नेपाली जनताले हामीलाई साथ दिएर हामीहरुको सामान प्रयोग गर्दिएमा हामीहरुलाई धेरै सहयोग मिल्थ्यो र आएको १/२ वर्षमा हामी सबै बनाउन सक्षम हुनेछौँ । सबैलाई यसको सक्दो प्रचारप्रसार होस् । यही छ आग्रह ।
१२ सय प्रिमियम बुझाउनेलार्इ मेडिसिटीमा ५० हजारसम्मकाे उपचार नि:शुल्क हुन्छ -विजय रिमाल
ललितपुरको भैसेपाटीमा स्थापना भएको नेपाल मेडिसिटी नेपालको नयाँ र ठूलो अस्पताल हो । डा उपेन्द्र महत्तोले करिव १० अर्ब रूपैयाँ लगानी गरेर स्थापना भएको यो अस्पतालमा हाल २०० बेड सञ्चालनमा छन् । पूर्ण क्षमतामा सञ्चालनमा आउँदा ७५० वेड हुनेछ । पछिल्लो समय यस अस्पतालले दिने सेवाको बारेमा धेरै प्रकारको चर्चा भएको छ । अस्पतलाले दिने सेवाको स्तर, अस्पतालमा सर्वसाधारणको पहुँच र सेवा शुल्क लगायतको विषयमा मेडिसिटीका महाप्रवन्धक विजय रिमालसँग गरिएको कुराकानी यस पटकको विकास वहसमा । विजय रिमाल-महाप्रवन्धक, नेपाल मेडिसिटी अस्पताल नेपालको ठूलो र नयाँ अस्पतालको रुपमा नेपाल मेडिसिटीको चर्चा भएकाे छ । यहाँ विरामीले कस्तो सेवा पाउँछन ? नेपाल मेडिसिटीको भवन नयाँ छ । यहाँ प्रयोग भएको प्रविधि र साधनहरु नयाँ छन् । तर यहाँ कार्यरत डाक्टर, स्टाफहरु २० वर्ष भन्दा लामो समय चिकित्सा क्षेत्रमै बिताएका छन् । उहाँहरुले दिने सेवा नयाँ हुँदैन, अनुभवले खारिएको बढी गुणस्तरतीय छ । हामीले पहिलो दिन देखिनै उच्चस्तरको स्वास्थ्य सेवालाई जोड दिएका छौं । त्यसले आमजनतामा उपचारको अन्तिम विश्वास नेपाल मेडिसिटी भएको छ । अब नेपालीहरु उपचारको लागि विदेश जानुपर्दैन र नेपालीहरुलाई आफ्नै गाउँठाउँमा स्वास्थ्य सेवा प्रत्याभूत गर्ने खालको योजना हामीसँग छन् । स्वास्थ्यमा आमुल परिवर्तनको परिकल्पना गरिएको छ । स्वास्थ्यको माध्यमबाट मेडिसिटीले आम मानिसको जीवन र जगतलाई जोड्ने काम गर्दैछ । स्वास्थ्य सेवाका लागि नेपालीहरु अब विदेश जानु पर्दैन भन्नुभयो ? बार्षिक कति नेपाली उपचारको लागि विदेश जान्छन् ? प्रत्येक वर्ष २ लाख मानिसहरु उपचारको लागि बाहिर जान्छन् । प्रत्येक वर्ष २६ अर्ब रुपैयाँ बिदेशी मुद्रामा बाहिर जान्छ । २ लाख मध्ये ७० प्रतिशत भारत जान्छन् । त्यसपछि सिंगापुर, बैंकक, अमेरिका लगायत देशमा उपचार गर्न जान्छन् । मेडिसिटीको आगमनपछि उपचारका लागि विदेश जाने २ लाख नेपालीले नेपालमा नै उपचार गर्लान त ? सम्पूर्ण रुपमा हामीले त्यसलाई लिन सक्दैनौ तर त्यसलाई कम गर्ने हाम्रो प्रयास हो । यसलाई शून्य पार्न चाँही सकिदैन तर उपचारको लागि विदेश जाने क्रमलाई कम पार्न भने सकिन्छ । उपचारको लागि विदेश जाने गरेका तर मेडिसिटी स्थापना भएपछि नेपालमा नै उपचार गर्न थालेका केही उदाहरण दिन सक्नुहुन्छ ? प्रत्येक दिन हाम्रा लागि नयाँ हुन्छन् । प्रत्येक दिन हामीले नयाँ मुभमेन्ट चलाईरहेका छौं । यसले आम जनमानसमा एक प्रकारको अभियान शुरु भएको छ । हाम्रो एउटै राष्ट्रिय अभियान अब उपचारको लागि नेपाली विदेश जानुपर्दैन भन्ने हाे। यो अभियान हामीले मेचीदेखि महाकालीसम्म चलाएका छौं । करिब २० वटा अस्पातलहरुसँग सहकार्य थालेका छौं । हामीले स्वास्थ्य संस्थासँग मात्र नभई सबै क्षेत्रका संस्थाहरुसँग एक प्रकारको सहकार्य गर्दै गईरहेका छौ । स्वास्थ्यमा सबैको सङ्लनता हुनपर्छ र सबैको प्रयासले नै हामीले नेपालको स्वास्थ्य क्षेत्रमा परिवर्तन गर्नसक्छौं । मेडिसिटीले नेपालबाट उपचारको लागि बाहिर जाने क्रमलाई न्युन गर्ने अभियान थालेको छ । त्यसका लागि हामीले सीमा क्षेत्र नजिक भएका अस्पतालहरुसँग सहकार्य थालेका छौं । त्यस क्षेत्रको विरामीको उपचारमा सघाउ गरेका छौं । मुख्यत काठमाडौं बाहिर शहरहरुको अस्पतालमा सबै खालको जनशक्ति छैनन् । त्यसैले त्यस क्षेत्रका बिरामीहरु कि काठमाडौं आउँछन् वा सुबिधा सम्पन्न शहरमा जान्छन वा भारत जान्छन् । यदि हामीले ती स्थानहरुमा हाम्रो जनशक्तिहरुले भ्याएसम्म तालिम दिने वा केही जनशक्ति त्यहाँ सहयोग गर्न गएर त्यस ठाउँका जनतालाई त्यहीँ नै उपचार गर्ने व्यवस्थामा हामी सहकार्य गरिरहेका छौ । त्यस्तै, हामीले काठमाडौंका सम्पन्न वर्ग जो विरामी हुने वित्तिकै विदेशमा उपचार गर्न जानेबारे सोच्छन्, उनीहरुलाई आकर्षिक गर्नको लागि नयाँ अभियान नै चलाएका छौं । यस अभियान अन्तरगत हामीले कर्पोरेट संस्थाहरुसँगको साझेदारीमा उनीहरुका ग्राहक, भीआईपी कार्ड होल्डर, सेयर होल्डरहरुको लागि मेडिसिटीमा उपचार गर्दा केही छुटको सुविधा दिएका छौं । संस्थागत साझेदारीमा स्वास्थ्य सेवा दिँदा आम्दानीको बाँडफाँड कसरी हुन्छ ? हामीले व्यवसायिक लाभ लिने गरी साझेदारी गरेका छैनौ । नेपाल मेडिसिटी सामाजिक आर्थिक अभियान (सोसियो इकोनोमिक मूभमेन्ट) हो । स्वास्थ्य संस्थासँगको सहकार्य उनीहरुको क्षमता विकासको लागि हो । कर्पोरेट संस्थाहरुसँगको सहकार्य सबैलाई स्वास्थ्यप्रति सचेत बनाउने अभियान हो । यसमा हामीले आर्थिक रुपमा कुनै लेनदेन गरेका छैनौं । सामाजिक आर्थिक अभियानमा कुन कुन कम्पोनेन्ट राखिएको छ ? त्यसमा एउटा मात्र कम्पोनेन्ट छ, सामाजिक उत्तरदायित्व । सबै नेपाली स्वस्थ्य हुनुपर्छ । सबै नेपालीले सहज रुपमा स्वास्थ्य सेवा पाउनुपर्छ । त्यसका लागि स्वास्थ्य संस्थाहरुले दिने सेवा पनि राम्रो हुनुपर्छ । जनताहरुले स्वास्थ्य सेवा आफ्नो घर आँगनमा पाउनुपर्छ । यो हाम्रो उदेश्य हो र यसलाई हामी जोड्ने क्रममा छौ । मेडिसिटीले पनि नाफा त पक्कै खोजेको छ । यस्ता कार्यक्रमबाट आयआर्जन गर्ने उदेश्य छैन ? नेपाल मेडिसिटीको उदेश्य नाफा मात्र कमाउने होईन । नेपालीहरुले राम्रो स्वास्थ्य सेवा पाउनुपर्छ । स्वास्थ्य सेवा सबै मानिसको पहुँचमा हुनुपर्छ र त्यो सबैले धान्न सक्ने हुनुपर्छ भन्ने हाम्रो उदेश्य हो । त्यसमा सबैको सहभागिता हुनुपर्छ । त्यसको लागि स्वास्थ्य बीमा कार्यक्रम लागू गरेका छौं । हामीले स्वास्थ्य बीमालाई उच्च प्राथमिकतामा राखेका छौं । नेपालमा आजसम्म पनि मानिसहरु खल्तीको पैसा झिकेर उपचार गराउँने परम्परा छ । कति बेला विरामी होइन्छ, कसैलाई पनि थाहा हुन्न । विरामी परेको बेलामा खर्च गर्ने पैसाको अभाव हुन सक्छ । अधिकांश नेपालीले आफ्नो स्वास्थ्यको लागि लगानी गर्न गरेका छैनन् । जबकी विकसित देशका सबै नागरिकले स्वास्थ्य बीमा गरेका हुन्छन् । नेपालमा पनि सरकारी स्तरबाट, निजी स्तरबाट स्वास्थ्य बीमाका काम भईरहेका छन् । तर आम नेपालीले स्वास्थ्य बीमा गरेका छैनन् । धेरै मानिसहरुले स्वास्थ्य बीमा बुझेका छैनन्, बुझ्ने क्रममा छन् । जबसम्म स्वास्थ्य बीमा मुलधारमा आउँदैन तबसम्म नेपालमा स्वास्थ्यमा आमुल परिवर्तनको कल्पना गर्न सकिदैन । त्यसैले अहिले हामीले अहिले स्वास्थ्य बीमालाई एकदमै जोड दिएका छौं । हाल वर्षको १२०० रुपैया प्रिमियम तिर्दा ५० हजार रुपैयाँसम्मको उपचार दिएका छौं । आफ्नो क्षमाता अनुसार परिवारको स्वास्थ्य स्थितिलाई हेरेर ५० हजार, १ लाख, २ लाख हुँदै १० लाखसम्मको स्वास्थ्य बीमा कार्यक्रम ल्याएका छौं । एक जना व्यक्तिले वर्षमा २५ हजार तिर्ने हो भने १० लाखसम्मको स्वास्थ्य बीमा गर्न सकिन्छ । चार जनाको परिवारले ३७ हजार रुपैयाँ तिरेर चारै जनाको १० लाखसम्मको स्वास्थ्य बीमा गर्न सकिन्छ । बीमा कार्यक्रम मेडिसिटी आफैले चलाएको हो ? आफैले होइन, मेडिसिटीले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्य गरेको छ । त्यस्तै, स्वास्थ्य बीमा बोर्डसँग पनि सहकार्य गर्न तयारीमा छौं । सामाजिक आर्थिक अभियान, बीमा, संस्थागत साझेदारीका विषयमा धेरै कुरा भए । मेडिसिटीको कोर विजनेश कस्तो छ ? हामी सबै प्रकारको स्वास्थ्य सेवा दिईरहेका छौं । मेडिसिटीका हरेक सेवालाई उत्कृष्ट बनाउने लक्ष्य लिएका छौं । हरेक विभागलाई उत्कृष्टताको केन्द्र बनाउदै छौं । मुटुरोग सम्बन्धी, पेटका विभिन्न रोग सम्बन्धी, पिसाब रोग सम्बन्धी, आमा र बच्चाको स्वास्थ्य जस्ता स्वास्थ्य सम्बन्धी सबै विभाग उत्कृष्ठ बनाउने प्रयास छ । हामीले विश्वमा प्रयोग भएका नयाँ प्रविधि र प्रकृयालाई पछ्याउन प्रयास गरिरहेका छौ जसलाई अन्तरास्ट्रिय स्तरमा मान्यता प्राप्त होस् । नेपालीलाई मात्र होइन विदेशीलाई पनि उपचारको लागि नेपाल आउने बातावरण हामी बनाउँदै छौं । अहिले नै विभिन्न देशबाट उपचारको लागि नेपाल मेडिसिटी आउन थालेका छन् । कुन कुन देशबाट उपचार गराउन मानिसहरु यहाँ आउँछन् ? थाईल्याण्ड, बाङ्लादेश, भुटान र अन्य देश जहाँ सीधा हवाई उडान सेवा छ, ती देशहरुबाट पनि बिरामीहरु आउने गरेका छन् । नेपालको मौसम एकदमै राम्रो छ । न धेरै गर्मी हुन्छ, नै धेरै जाडो हुन्छ । हामी प्रकृतिको नजिक रहेर काम गरिरहेका छौं । अरु देशमा भन्दा नेपालमा उपचार सस्तो पर्छ । यी सबल पक्षलाई लिएर हाम्रो टिमले इन्टरनेशनल मार्केटमा मार्केटिङ गरिरहेको छ । मेडिसिटी कति महँगो अस्पताल हो ? प्रतिस्प्रर्धी संस्थाको मुल्य, हामीले दिने सेवाको स्तर, नेपालीको खर्च गर्ने क्षमता र हाम्रो लगातमा केही नाफा समेतलाई जोडेर दिएर सेवा शुल्क तय गरेका छौं । आम रुपमा बुझ्ने गरी भन्नु पर्दा अहिले नेपालका अन्य ठूला अस्पतालले भन्दा १५/२० प्रतिशत सस्तो शुल्क तोकेका छौं । भर्खरै हामीले मुटुको बाईपास सर्जरीको शुल्क तोकेका छौं । त्यो शुल्क सरकारी अस्पताल गंगालाल सरहको छ । मेडिसिटीको भौतिक संरचना, यहाँको अत्यन्तै राम्रो वातावरण देखेर यहाँ महँगो होला भनेर मानिसहरु सोच्छन् तर वस्ताविकमा त्यस्तो महँगो छैन । जसले मेडिसिटीमा एक पटक उपचार गर्छन, त्यसपछि विरामी पर्दा फेरि मेडिसिटी नै आउँछन् । कुनै पनि विरामीको उपचारमा लाग्ने शुल्कमा पूर्वाधार निर्माणको लागतले कति प्रतिशत हिस्सा लिन्छ, सेवा दिँदा लाग्ने सञ्चालन खर्चले कति प्रतिशत लिन्छ र नाफामा कति प्रतिशत जान्छ ? हामीले दिने सेवाको मूल्य सूचि सार्वजनिक गर्दै आएका छौं । सञ्चालन खर्च कम गर्नको लागि हामीले केही नयाँ विधिहरु प्रयोग गरेका छौ । पूर्वाधार निर्माणमा करिव १० अर्ब रुपैयाँ लगानी भएको छ । सबै प्रकारका विरामीको उपचारको लागि आवश्यक सबै सुविधा उपलब्ध छन् । सेवाको मूल्यमा लागतको असर हुन्छ नै । तर हामी लगानी छोटो अवधिमा उठाउने, तत्काल नाफा खोज्ने पक्षमा छैनौं । नाफा नोक्सान बराबरीको अवस्थामा आउन ४/५ वर्ष लाग्छ । निजी क्षेत्रको अस्पतालमा विरामीले तिर्नु पर्ने विल अस्वभाविक रुपमा बढी आउने गुनासो सर्बसाधारणको छ । मेडिसिटीमा त्यस्तो हुन्छ कि हुन्न ? विजय रिमाल-महाप्रवन्धक, नेपाल मेडिसिटी नेपालका धेरै अस्पताल, पोलिक्लिनिक, क्लिनिकहरुले डाक्टरलाई व्यवसायिक साझेदारी बनाएका हुन्छन् । हरेक विरामीबाट आउने पैसा ४०/६० प्रतिशतको हिस्सेदारी गरेका हुन्छन् । यस्तो अवस्थामा डाक्टरले विरामीको एक प्रकारका जाँच गर्दा पुग्ने अवस्थामा पनि ४/५ प्रकारका जाँच गर्न भनेको हुन्छ । यस्तो अभ्यासले डाक्टर र अस्पताल दुबैलाई बढी आम्दानी हुन्छ तर विरामीलाई बढी आर्थिक भार परेको हुन्छ । त्यसैले हामीले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई व्यवसायिक साझेदार बनाएका छैनौ । मेडिसिटीमा स्वास्थ्य कर्मीले आफ्नो आम्दानी बढाउने उदेश्यले जाँच गर्दैन । जे जस्तो उपचार गर्नुपर्ने हो त्यति मात्र हुन्छ । नेपालका अस्पतालहरुले स्वाथ्यकर्मीहरुलाई आंशिक समय राख्ने प्रचलन छ । एउटा डाक्टर ३/४ वटा अस्पतालमा काम गर्ने गर्छन् । उनीहरुले अधिकांश समय एक ठाउँबाट अर्को ठाउँमा जान बाटोमा बिताउनुपर्छ । एउटा अस्पतालमा विरामी उपचार गर्न समय नपुग्दै अर्को ठाउँमा जानु पर्ने हतार हुन्छ । उसले विरामीलाई राम्रोसँग जाँच्न पनि भ्याएको हुँदैन । विरामीले राम्रो सेवा पनि पाउँदैन । तर नेपाल मेडिसिटीमा पार्ट टाइम काम गर्ने गरी कर्मचारी वा स्वास्थ्यकर्मी राखिएको छैन । उनीहरु पूर्णकालिन हुन्छन् । स्वास्थ्यकर्मीलाई पूर्णकालिन राख्दा कुनै पनि विरामीलाई फरक फरक उपचार गर्नुपर्यो भने पनि उसले डाक्टरको पर्खाइमा लामो समय बिताउनु पर्दैन । उदाहरणको लागि हड्डी र नसाका फरक डक्टर हुन्छन् । एउटै विरामीलाई दुबै प्रकारका विशेषज्ञ चिकित्सक आवश्यक पर्यो भने हामीकोमा दुबै जना तुरुन्तै उपलब्ध हुन्छन् । यसले सेवास्तर राम्रो भएको छ । पूर्णकालिन स्वस्थ्यकर्मीले पारिश्रमिक कति लिन्छन् ? चिकित्सकको विशेषज्ञताको आधारमा हामीले ढेड लाखदेखि १० लाखसम्म तिरेका छौं ।