बीमामा डिजिटलाईजेसन गर्ने पहिलो कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स हो : सीईओ बैदवार
काठमाडौं । सिद्धार्थ प्रिमियर ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीरेन्द्र बैदवारले क्रमिक रुपमा बीमा सेवालाई प्रविधियुक्त बनाउने लक्ष्य रहेको बताए । शुक्रबार डिजिटल बीमा सुभारम्भ कार्यक्रममा बोल्दै सीईओ बैदवारले यो पहिलो प्रयास भएको र यसलाई अझ प्रभावकारी बनाउनेतर्फ थप क्रियासिल रहेको बताए । बीमा कम्पनी प्रधिविमैत्री नभए पछि परिने भएकाले डिजिटल भुक्तानी प्रणाली सुरु गर्नु परेको उनको भनाइ छ । ‘प्रबिधिमैत्री नभए पछि परिन्छ, हामीले डिजिटल भुक्तानी प्रणाली ल्यायौ,’ उनले भने । उनका अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी बीमा कम्पनीहरुमध्ये डिजिटलाईजेसन गर्ने पहिलो कम्पनी हो । बीमामा डिजिटलाईजेसन अनिवार्य भैसकेको उनले बताए । ‘यसले सेमि अटोमेशन सेवा दिन्छौं, अनलाइनबाट पोलिसी जारी हुन्छ र दावी भुक्तानी पनि अनलाइनबाट नै दिन्छौं,’ उनले भने । सिद्धार्थ प्रिमियरले शुत्रबारदेखि डिजिटल माध्यमबाट बीमालेख जारी गर्न तथा दाबी फर्छयौट गर्न एसपीआईएल-डिजी प्रणालीको सुरुवात गरेको हो । सरल र सहज बीमा सेवा प्रदान गर्ने मुख्य उद्धेश्यका साथ नेपाली बीमा जगतमा पहिलो पटक प्रचलनमा ल्याएको एसपीआईएल-डिजीको प्रयोगले बीमितहरुले सहज रुपमा अनलाइनबाटै बीमालेख खरिद गर्न सक्नेछन् । निश्चित रकमसम्मको बीमा दावी फर्छयौट गरी भुक्तानी समेत प्राप्त गर्न सक्नेछन् । एसपीआईएल-डिजी डिजिटल प्रणाली भएको हुँदा अनलाईन भुक्तानी मार्फत् कम्पनीमा बीमाशुल्क भुक्तानी गरी भौतिक रुपमा उपस्थिति बिना बीमालेख खरिद गर्न सकिने सीईओ बैदवारले बताए । बीमितले निश्चित रकम सम्मको बीमा दावी फर्छ्यौट गरी भुक्तानी लिन र बीमा दावीको अवस्थाको बारेमा जानकारी समेत लिन सक्ने उनको भनाइ छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सुरु गर्याे डिजिटल बीमा
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतिय माध्यमबाट बीमालेख जारी गर्न तथा दाबी फर्छयौट गर्न एसपीआईएल–डिजी प्रणाली प्रचलनमा ल्याएको छ । सरल र सहज बीमा सेवा प्रदान गर्ने मुख्य उद्धेश्यका साथ नेपाली बीमा जगतमा पहिलो पटक प्रचलनमा ल्याएको एसपीआईएल–डिजीको प्रयोगले बीमितहरुले सहज रुपमा अनलाइनबाटै बीमालेख खरिद गर्न सक्नेछन् भने निश्चित रकमसम्मको बीमा दावी फर्छयौट गरी भुक्तानी समेत प्राप्त गर्न सक्नेछन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले संयुक्त रुपमा एसपीआईएल–डिजी प्रणालीको शुभारम्भ गरेका हुन् । प्राधिकरणका अध्यक्ष सिलवालले कम्पनीको प्रयासलाई सराहना गर्दै प्रभावकारी रुपमा सञ्चालन गर्न शुभकामना दिए । कम्पनीका अध्यक्ष श्रेष्ठले कम्पनीले विद्युतिय माध्यमवाट प्रभावकारी बीमा सेवा प्रदान गर्न क्रियासिल रहेको बताए । प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले क्रमिक रुपमा बीमा सेवालाई प्रविधियुक्त बनाउने लक्ष्य रहेको बताए । यो पहिलो प्रयास भएको र यसलाई अझ प्रभावकारी बनाउनेतर्फ थप क्रियासिल रहेको उनको भनाइ छ । एसपीआईएल-डिजी डिजिटल प्रणाली भएको हुँदा अनलाईन भुक्तानी मार्फत् कम्पनीमा बीमा शुल्क भुक्तानी गरी भौतिक रुपमा उपस्थिति बिना बीमालेख खरिद गर्न सकिनेछ । बीमितले निश्चित रकम सम्मको बीमा दावी फर्छ्यौट गरी भुक्तानी लिन र बीमा दावीको अवस्थाको वारेमा जानकारी समेत लिन सक्नेछन् । यसबाट समय र लागत घट्न जाने र झन्झट रहित तरिकाबाट बीमा सेवा लिन एवम् प्रदान गर्न सहयोग पुग्ने विश्वास कम्पनीको छ ।
सर्भेयरको परीक्षामा सामेल हुन सूचीकृत हुनैपर्ने, प्राधिकरणले तोक्यो समय सीमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणले सर्भेयरको परीक्षा दिन सूचीकृत हुन आग्रह गरेको छ । प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै यसअघि तालिम लिएका व्यक्तिलाई परीक्षामा सामेल हुन यस्तो आग्रह गरेको हो । बीमा ऐन, २०७९ जारी भए पश्चात बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजत पत्र दिने व्यवस्था भए बमोजिम प्राधिकरणले उक्त आग्रह गरेको हो । जसमा योभन्दा अघि बीमा प्राधिकरणबाट सर्भेयरको तालिम दिएका व्यक्तिहरुले सर्भेयरको परीक्षा दिन पाउने छन् । त्यसको लागि बीमा प्राधिकरणबाट लिएको तालिमको प्रतिलिपि सहितको निवेदन १५ दिनभित्र इमेलमा पठाइसक्नु पर्ने समेत प्राधिकरणले जानकारी गराएको छ । यससँगै तालिम लिएका व्यक्तिहरुले आगामी भदौ २६ गतेभित्र [email protected] मा इमेल गर्न सक्नेछन् ।