निर्जीवन बीमा कम्पनीको नाफा ४२.६६ प्रतिशत बढ्यो, नेकोको अग्रस्थान कायमै

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा निर्जीवन बीमा कम्पनीहरुले उल्लेख्य रुपमा नाफा बढाएका छन् । गत असारसम्मको वित्तीय विवरण सार्वजनिक गरेका १२ निर्जीवन बीमा कम्पनीहरुले ४ अर्बभन्दा बढी नाफा गरेका छन् । १२ वटा निर्जीवन बीमा कम्पनीले गत वर्ष ४२.६६ प्रतिशत नाफा बढाएर ४ अर्ब १६ करोड ५० लाख रुपैयाँ आर्जन गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ मात्रै खुद नाफा गरेका थिए । गत वर्ष बीमा कम्पनीहरुले १ अर्ब २४ करोड ५५ लाख रुपैयाँ नाफा बढाएका हुन् । समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा नेको इन्स्योरेन्स कम्पनीले गरेको छ । यस कम्पनीले १.५२ प्रतिशत बढाएर ५५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २२.२६ प्रतिशत बढाएर ४५ करोड ८२ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ४६.५६ प्रतिशत बढाएर ४० करोड ३१ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४० करोड ६ लाख रुपैयाँ र ओरियन्टल इन्स्योरेन्सले ३७.६२ प्रतिशत बढाएर ४० करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत असारसम्म नेपाल इन्स्योरेन्सले ९.८९ प्रतिशत बढाएर ४० करोड ५७ हजार रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ प्रतिशत बढाएर ३६ करोड ३५ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले २८ करोड १ लाख रुपैयाँ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २६ करोड १० लाख रुपैयाँ खुद नाफा गरेका छन् । यस्तै, एनएलजी इन्स्योरेन्सले १.०२ प्रतिशत बढाएर २४ करोड १० लाख रुपैयाँ, युनाइटेड इन्स्योरेन्सले ४४.६९ प्रतिशत बढाएर २० करोड २० लाख रुपैयाँ खुद नाफा गरेका छन् । अघिल्लो वर्ष ऋणात्मक रहेको नेशनल इन्स्योरेन्सले गत वर्ष भने २० करोड १८ लाख रुपैयाँ नाफा गरेको छ । प्रभु इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको वित्तीय विवरण भने विकासन्युजलाई उपलब्ध भएको छैन ।

५५ करोड नाफा गरेको नेको इन्स्योरेन्सको ईपीएस २७.४९ रुपैयाँ

काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक बर्षको चौथो त्रैमासमा ५५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ४८ लाख नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले १.५२ प्रतिशत बढी नाफा गरेको हो । गत असारसम्म कम्पनीले १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७२ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्ष ८७ करोड २६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको कम्पनीले गत असारसम्म ८७ करोड १४ लाख रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ, जगेडा कोष ४९ करोड १३ लाख रुपैयाँ र बीमा कोष १ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २७.४९ रुपैयाँ रहेको छ । प्रति सेयर नेटवर्थ २७९.१० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३२.४२ गुणा रहेको छ ।

सानिमा जिआईसीको नाफामा ९३ प्रतिशत छलाङ, अन्य सूचकमा उत्साहजनक प्रगति

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २८ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले गत वर्ष ९३.३६ प्रतिशत बढी नाफा गरेको हो । गत असारसम्म कम्पनीको बीमा शुल्क आर्जन १२६.४७ प्रतिशत बढेर ६२ करोड ८८ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ७६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले गत वर्ष २८ करोड ६२ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १० करोड १६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ सय प्रतिशत बढेर २ अर्ब रुपैयाँ, जगेडा कोष ११७.५९ प्रतिशत बढेर ३२ करोड ९४ लाख रुपैयाँ र बीमा कोष १५९.६० प्रतिशत बढेर ४२ करोड ६७ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४.०१ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३९.६५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४६.३९ गुणा रहेको छ ।