विशाल बजारले सञ्चालक र कर्मचारीसहित भवनको १६ करोड बढीको बीमा गर्ने
काठमाडौं । विशाल बजार कम्पनीले भवन लगायत कर्मचारी र सञ्चालकहरुको १६ करोड बढीको बीमा गरिदिने भएको छ । कम्पनीले व्यापारिक भवन, फर्निचर तथा मेशिनरी सामान, कम्पनीका सञ्चालक र कर्मचारीहरुको सामूहिक दुर्घटना बीमा लगायत मेडिकल बीमा वापत १६ करोड १९ लाख ५२ हजार रुपैयाँको बीमा गर्ने जनाएको छ । कम्पनीले एक सूचना जारी गरी व्यापारिक भवन, फर्निचर फिक्चर्स, कार्यालय उपकरण, मेशिनरी सामान तथा अन्य हुलदंगा, मेलेसियम, आतंकवाद भूकम्प आदि वापतको १४ करोड ४० लाख ५२ हजार ६८ रुपैयाँ र कम्पनीका अध्यक्ष, संचालकहरु र कर्मचारीहरुको सामूहिक दुर्घटना बीमा १ करोड ४० लाख रुपैयाँ बीमाङ्क रकमको बीमा गर्ने जनाएको छ । साथै, कर्मचारीको स्वास्थ्य (मेडिकल) बीमा बीमांक वापत ३९ लाख रुपैयाँ बीमा गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार व्यापारिक भवनको प्रिमियम ८ करोड ६८ लाख १ हजार ४०९ रुपैयाँ रहेको छ । यस्तै, ६ थान स्केलेटर, ३ थान जेनेरेटर, २ थान लिफ्ट र अन्य मेशिनरीको ४ करोड ९१ लाख ६१ हजार २५२ रुपैयाँ, फर्निचरको १५ लाख २ हजार ७७४ रुपैयाँ र कार्यालय उपकरणको ६५ लाख ८६ हजार ६३३ रुपैयाँको बीमा गर्ने भएको हो । सो वापतको बीमा गर्न इच्छुक बीमा कम्पनीले ७ दिनभित्र सिलबन्दी बोलपत्र पेश गर्न विशाल बजारले आग्रह गर्को हो ।
नेप्सेमा एक कम्पनीको ८ प्रतिशत बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस बापत ३७ लाख १२ हजार ३४५.५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ६.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
आईएमई लाइफद्वारा कार्यालयका प्रमुखका लागि लगानी निवारण सम्बन्धि तालिम
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना नेपाल भरका क्षेत्रिय/शाखा/उप शाखा कार्यालयका प्रमुखहरुका लागि सम्पति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा बित्तिय लगानी निवारण सम्बन्धि एक दिने तालिम सम्पन्न गरेको छ । तालिम साउन ६ गते भैरहवास्थित होटल सिद्धार्थ भिलासामा दिईएको थियो । कम्पनीका करिब १३० जना कर्मचारीहरुलाई नेपाल बीमा प्राधिकरणका उप—निर्देशक हृदयश्वर पण्डितले तालिम प्रदान गरेका थिए । उक्त तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा, कानूनी संरचना, सम्पत्ति शुद्धीकरण निवारण किन गर्ने, सम्पत्ति शुद्धीकरणको लक्ष्य, आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ, खास कारोबारमा विशेष ध्यान दिनुपर्ने, वित्तीय जोखिमाङ्कनको चरण, कम्पनीको भूमिका, कारबाही तथा सजाय आदि विषयमा तालिमको मुख्य आकर्षण रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य सहित केन्द्रिय कार्यालयका सम्पुर्ण बिभागिय प्रमुखको समेत उक्त तालिममा सहभागी थियो ।