सिद्धार्थ इन्स्योरेन्सले २० प्रतिशत बोनस पछि ३५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले ३५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर पश्चात कायम हुने पुँजीमा सो मात्राको हकप्रद सेयर जारी गर्ने प्रस्ताव राखेको छ । उक्त सञ्चालक समितिको बैठकलाई इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । कम्पनीको सञ्चालक समितिको बैठक गत कात्तिक १ गते बसेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ४५ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ६४ करोड रुपैयाँ कायम हुने छ । उक्त कायम भएको पुँजीमा ३५ प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ८६ करोड ५९ लाख रुपैयाँ नाघ्ने छ ।

एलआईसीको ब्राण्ड एम्बासडरमा विमल घर्ती मगर

काठमाडौं । लाइफ इन्स्योरन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी ) ले ब्राण्ड एम्बासडरमा राष्ट्रिय फुटबल टिमका खेलाडी बिमल घर्ती मगरलाई नियुक्त गरेको छ । कम्पनीले सोमबार आयोजित कार्यक्रममा नयाँ ब्राण्ड एम्बासडर घर्ती मगरलाई लिएर बनाइएको विज्ञापन औपचारिक रुपमा सार्वजनिक गरेको छ । कार्यक्रममा बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले इलाम, दमक, इटहरी, नयाँ बानेश्वर, कलङ्की, बनेपा, नुवाकोट, बैतडी र पाल्पामा अनलाइन मार्फत ९ वटा शाखा कार्यलयको उद्घाटन गरेका छन् । कम्पनीको कुल ४३ शाखाहरु हुने भएका छन् ।

रिलायवल लाइफले ल्यायो मासिक ८ हजार ८ सय तिरेर करोडपति बन्ने योजना

काठमाडौं । रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीले लिमिटेडले करोडपति बन्ने योजना ल्याएको छ । जीवन बीमा कारोबार सुरु गरेको दिन रिलायवलले मासिक ८ हजार ८१७ रुपैयाँ बीमा शुल्क भुक्तानी योजना ल्याएको हो । आगामी ४० वर्षपछि १ करोड रुपैयाँ फिर्ता दिने कम्पनीले जनाएको छ । “हामी सबै बन्न सक्छौ करोडपति मात्र चाहिन्छ इच्छाशक्ति” नाराका साथ ल्याएको रिलायवल धनपति जीवन बीमा योजनाले सानो बचतबाट करोडपति बन्न सकिने छ । यस योजनामा बिमितले न्युनतम ५ लाख रुपैयाँदेखि माथि जतिसुकै परिपक्वता मूल्य छनौट गरी बीमा गर्न सक्ने कम्पनीले जनाएको छ ।