ओम डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमाबीच बीमा सेवा सम्बन्धी सम्झौता
काठमाडौं । ओम डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमा कम्पनीबीच बीमा सेवा आदान प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले हस्ताक्षर गरेका हुन । सम्झौतामा बैंकले हालै मात्र बजारमा ल्याएकोे नयाँ बचत खाता “सुरक्षित जीवन वचत खाता“ खोल्ने ग्राहकहरुको रु ७ लाखको दुर्घटना बीमा राष्ट्रिय बीमा कम्पनी मार्फत हुनेछ । त्यसैगरी उक्त दुर्घटना बीमा श्रम ऐन २०७४ ले तोके बमाजिमकोे रहेको पनि बैंकले जनाएको छ । जसअनुसार संस्थाहरुले आफ्ना कर्मचारीहरुको खाता यस अन्तर्गत खोली कारोबार गरेमा ऐनले तोके बमोजिम दुर्घटनाको बीमा बैंकको तर्फबाट गरिदिने पनि बैंकले जनाएको छ । साथै यसअघि पनि बैंकले बैंकान्सुरेन्स सम्बन्धमा बिभिन्न जीवन तथा निर्जीवन बीमा कम्पनीहरुसंग सम्झौता गरी कारोबार गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।
एनआईसी एशिया बैंकको नयाँ शाखा सप्तरीको राजविराजमा
काठमाडौं । एनआईशी एशिया बैंक शाखा उद्घाटन गरेको छ । एनआईशी एशिया बैंकले सप्तरीको राजविराज नगरपालिका स्थित २७७ औं शाखाको स्थापना गरेको छ । सोमबार राजविराज नगरपालिकाका नगर प्रमुख शम्भुप्रसाद यादवले उक्त शाखाको औपचारिक उद्घाटन गरेका हुन् । सबैभन्दा धेरै शाखा सञ्जाल रहेको एनआईशी एशिया बैंक योसँग २७७ शाखा, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाईसहितको बैंक बनेको छ । यो बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक समेत हो । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगेको छ जुन निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये सबैभन्दा ठूलो हो । हालसम्म यस बैंकको ग्राहक संख्या करिब १४ लाख ५० हजार रहेको बैंकले जनाएको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको जनाएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको समेत जनाएको ।
स्पर्श लघुवित्त र साहारा हस्पिटलबीच सम्झौता
काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्था र साहारा हस्पिटल पोखरा वीच छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ । वित्तीय संस्थासँग आवद्ध गा्रहक, कर्मचारी, शेयर होल्डर्स र परिवारका सदस्यहरुलाई हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्न सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सजल खड्का र हस्पिटलका तर्फबाट सञ्चालक समितिका अध्यक्ष डा. गिरीधारी शर्माले हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा उल्लेख भए अनुसार वित्तीय संस्थासँग आवद्ध गा्राहक सदस्य, कर्मचारी तथा शेयरधनी र तीनीहरुको परिवारलाई हस्पिटलले सम्पूर्ण उपचारहरुमा १५ प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट दिने भएको छ । यस किसिमको सम्झौताले वित्तीय संस्थाका गण्डकी प्रदेशका ११वटा शाखा कार्यालयहरुका ग्रामीण भेगमा बसोवास गर्ने कमजोर आर्थिक अवस्था भएका करिव ८ हजार ग्राहक सदस्य तथा तिनका परीवारलाई राहत मिल्ने र गुणस्तरीय सेवा प्राप्त हुने कुरामा विश्वस्त रहेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।