प्राइम लाइफ इन्स्योरेन्सको २५ प्रतिशत बोनस र १६० प्रतिशत हकप्रद सेयर साधारणसभाबाट पास

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभाले २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । कम्पनीको मंगलबार सम्पन्न सातौं, आठौं, नवौं र दशौं बार्षिक साधारण सभाले बोनस सेयरपछि चूक्ता पुंजीको १६० प्रतिशतले अर्थात १ शेयर बराबर १.६० का दरले हकप्रद सेयर निष्काशन गर्ने निर्णय पारित गरेको छ । सभाले आर्थिक बर्ष २०६९।७०, २०७०।७१, २०७१।७२ र २०७२।७३ को वित्तीय विवरणहरु पारित गरेको छ । कम्पनीले आ.व. २०७३।७४ को वार्षिक साधारण सभा आगामी पुस मसान्तभित्रमा गर्ने समेत जानकारी दिएको छ । साथै सो साधारण सभाबाट संस्थापक तथा सर्वसाधारण शेयरधनीको तर्फबाट संचालकमा प्रतिनिधित्वको चयन लगायतका निर्णयहरु गरेको छ । यो कम्पनीले देशका विभिन्न १२५ भन्दा बढी स्थानहरुबाट जीवन बीमा सेवा उपलब्ध गराई आएको जनाएको छ । कम्पनीको हालसम्मको वित्तीय अवस्था, कम्पनीले जीवन बीमा क्षेत्रमा गरेको उपलब्धी र आगामी बर्षहरुमा सेयर धनीहरुलाई उल्लेख्य प्रतिफल दिन कम्पनीको व्यवस्थापन लागि रहेको सम्बन्धमा जनाएकाे छ ।

माछापुच्छ्रे बैंकको ‘माछापुच्छ्रे महोत्सव’, निशुल्क डेबिट कार्ड तथा अन्य सेवामा छुटैछुट

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले १८ औं वार्षिकोत्सवको अवसरमा ‘माछापुच्छ्रे महोत्सव’ सुरु गरेको छ । यो महोत्सवमा बैंकले ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको छ । बैंकका अनुसार निःशुल्क डेबिट कार्ड, कर्जा सेवा शुल्कमा छुट, वार्षिक लकर शुल्कमा छुट, माछापुच्छ्रे मोबाइल मनी जारी शुल्कमा छुट र माछापुच्छ्रे क्रेडिट कार्डमा छुट लगायत विभिन्न सरप्राइज गिफ्टहरु पनि प्रदान गरिएको छ । भदौ एक गतेदेखि सुरु भएको यो महोत्सव आसोज मसान्तसम्म चल्ने बैंकले जानकारी दिएको छ । १८ औं बर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा माछापुच्छ्रे बैंकका सम्पुर्ण शाखाले ग्राहकलाई भिन्न किसिमको बैंकिङ अनुभुती गराउने बताएको छ । बैंकले सर्वसाधारणहरुलाई नजिकको शाखामा गई महोत्सवमा सहभागीहुन तथा विशेष सुविधा लिन आव्हान गरेको छ । पोखराबाट २०५७ सालमा बैंकीङ कारोबार शुरु गरेको यस बैकले हाल ६२ वटा शाखाकार्यालय, ४ वटा एक्स्टेन्सन काउण्टर, ४ वटाशाखा रहित सेवालगायत ८१ वटा एटिएमबाट देशभरीका ५ लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

बुम रेमिट्यान्स प्रालीको एजेन्टमा नेपाल बगंलादेश बैंक नियुक्त, बैंकका शाखाबाट रेमिट्यान्स भुक्तानी गरिने

काठमाडौं । बुम रेमिट्यान्स प्रालीले नेपाल बंगलादेश बैंक लिमिटेडलाई आफ्नो एजेन्ट नियूत्त गरेको छ ।  आइतबार बुम रेमिट् मार्फत नेपालीले विदेश बाट पठाएको रकम नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमिटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट श्री प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र नेपाल बंगलादेश बैंक लिमिटेडको तर्फबाट नायब महाप्रवन्धक श्री सुरेन्द्र भूषण श्रेष्ठले सम्झौता पत्रमा हस्तक्षर गरेका छन् । आन्तरिक संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै जाने रणनिति रहेको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिए । उनका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूसँग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ ।बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको उनले बताए । यस अवसरमा बैंकका नायब महाप्रवन्धक श्री सुरेन्द्र भूषण श्रेष्ठले बुम रेमिट्यान्ससँगको सहकार्यले बैंकको रेमिट्यान्स ब्यवसायमा थप टेवा मिल्ने धारणा ब्यक्त गरे । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । नेपाल बंगलादेश बैंक लिमिटेडको नेपाल भरी ४७ वटा शाखाहरु र २ वटा एक्स्टेंसन रहेका छन् ।