दलहरूको घोषणापत्रमा बीमा : स्वास्थ्य बीमा सबैको साझा एजेण्डा, छैन स्पष्ट कार्ययोजना
काठमाडौं । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर दलहरूले आ–आफ्ना घोषणापत्र जारी गरेका छन् । विगतदेखि नै दलहरूको घोषणापत्रमा सडक, पुल, रोजगार, खानेपानी, भवन आदिजस्ता विषयमा केन्द्रित हुँदै आएको छ । तर, नागरिकको आर्थिक सुरक्षा र जोखिम व्यवस्थापनको आधार मानिने बीमा क्षेत्रका विषयहरू भने घोषणापत्रबाट ओझेलमा पर्दै आएको छ । सधैंझैं यस पटक पनि दलहरूको घोषणापत्रमा बीमाका विषय न्यून मात्रै समेटिएका छन् भने धेरैजसो मुद्दा ओझेलमा परेका छन् । नेपालमा बीमा क्षेत्र पछिल्लो दशकमा तीव्र विस्तार भए पनि जति प्रभावकारी हुनुपर्ने त्यो हुन सकेको छैन । कुल जनसंख्याको ५० प्रतिशत जनतामा बीमाको दायरा विस्तार भइसकेको छ भने झण्डै १ करोड नागरिक स्वास्थ्य बीमामा आवद्ध भइसकेको अवस्था छ । स्वास्थ्य बीमा सबै दलको साझा एजेण्डा आजको दिनसम्म फागुन २१ गतेको निर्वाचनलाई केन्द्रित गरेर जति पनि दलहरूले घोषणापत्र सार्वजनिक गरेका छन्, ती सबैले स्वास्थ्य बीमा कार्यक्रलाई अघि सारेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत प्रमुख दलहरूले स्वास्थ्य बीमालाई साझा एजेण्डाको रूपमा अघि सारेको देखिन्छ । यद्यपि स्वास्थ्य बीमा कार्यक्रमले वित्तीय घाटा, अस्पतालको असन्तुष्टि, दाबी भुक्तानी ढिलाइ र सेवा गुणस्तर कसरी वृद्धि गर्ने भन्ने विषयमा भने कुनै दलले पनि स्पष्ट कार्ययोजना अघि सार्न सकेका छैनन् । घोषणापत्रमा स्वास्थ्य बीमाको विस्तारको कुरा भए पनि दिगोपन कसरी सुनिश्चित गर्ने भन्ने स्पष्ट रोडम्याप देखिँदैन । नेपाली काग्रेसले स्वास्थ्य बीमालाई व्यवस्थित र प्रभावकारी बनाउने, विपन्न वर्गका लागि प्रिमियममा सहुलियत दिने प्रतिबद्धता गरेको छ । ‘स्वास्थ्य बीमा ऐन, २०७४ बमोजिम सबै नेपाली नागरिकलाई अनिवार्य बीमामा आबद्ध गर्छौं,’ जारी घोषणापत्रमा उल्लेख छ ।’ कांग्रेसले जारी गरेको घोषणापत्रमा स्वास्थ्य परीक्षणलाई सरल, गुणस्तरीय र सहुलियतपूर्ण बनाउने उल्लेख गरिएको छ । त्यस्तै, श्रमिकलाई स्वास्थ्य बीमासँग आबद्ध गरी नजिकका अस्पतालबाट निःशुल्क परीक्षणको व्यवस्था गर्ने घोषणा गरेको छ । स्वास्थ्य परीक्षण नै नगरी स्वास्थ्य परीक्षण गरेको प्रमाणपत्र दिने अभ्यासलाई निर्ममताका साथ रोकेर दण्डित गरिने कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ । कांग्रेसले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको कार्यक्रम बनाइ अबको पाँच वर्षभित्र सबै नेपालीलाई बीमा आवद्ध गराउने, सबै उपचार बीमामार्फत गरिने व्यवस्था मिलाइने घोषणा गरेको छ । बीमा स्वेच्छिक नभएर अनिवार्य र नागरिकको अधिकार सरकारको कर्तव्य भएको कांग्रेसको धारणा छ । कांग्रेसद्वारा जारी घोषणापत्रमा लेखिएको छ, ‘हरेक नागरिक स्वास्थ्य बिमामा जोडिएर आफ्नो र परिवारको उपचार खर्चबारे निश्चिन्त रहून् । हरेक नागरिकले उपचारमा जतिसुकै खर्च लागोस्, राज्य छ भन्ने गर्व गरून् र ढुक्कसँग भन्न सकून् । कमाउनेले प्रिमियम तिर्ने नहुनेको राज्यले बेहोर्ने योजना कांग्रेसले अघि सारेको छ । जसअन्र्तगत औपचारिक क्षेत्रका कर्मचारीलगायतको आयका आधारमा बीमा प्रिमियमको व्यवस्था गरी प्रिमियम तिर्न नसक्ने अति विपन्न र श्रमिक वर्गको योगदान रकम सरकारले तिर्ने व्यवस्था कार्यान्वयन गर्ने घोषणा गरेको छ । त्यसैगरी, नागरिकको सबै उपचार बीमाबाट बेहोर्ने कांग्रेसले प्रतिबद्धता जनाएको छ । ‘आधारभूत स्वास्थ्य निःशुल्क तथा स्वास्थ्य आबद्ध भएपश्चात सबै प्रकारका उपचार सेवा सूचीकृत जुनसुकै अस्पतालबाट लिनसक्ने व्यवस्था गर्छौं,’ कांग्रेसले जारी गरेको घोषणापत्रमा उल्लेख गरिएको छ । छरिएर रहेका सबै स्वास्थ्य सामाजिक सुरक्षा योजना र सहुलियतहरूलाई स्वास्थ्य बीमामा एकीकृत गर्ने योजना कांग्रेसले अघि सारेको छ । त्यसैगरी, विभिन्न निकाय र कोषबाट उपचारका लागि खर्च हुने रकमलाई स्वास्थ्य बीमा कोषमा ल्याई ‘एकद्वार प्रणाली’ लागु गर्ने घोषणा कांग्रेसले गरेको छ । चकलेट, गुलियो पेय पदार्थमा कर लगाएर र मदिरा तथा सुर्तीजन्य वस्तुमा लिइने ‘स्वास्थ्य कर’ बढाएर सो रकम अनिवार्य रूपमा बीमा कोषमा जम्मा हुने व्यवस्था गरी स्वास्थ्य बिमाको ढुकुटी बढाउने कांग्रेसले घोषणा गरेको छ । बीमा प्रक्रियालाई सरल र व्यवस्थापन तथा नियमनलाई प्रभावकारी बनाउने, स्वास्थ्य बीमा बोर्डको संस्थागत क्षमता र कार्यप्रणालीमा वैज्ञानिक रूपान्तरण गर्दै यसलाई देशको सम्पूर्ण ‘सामाजिक स्वास्थ्य सुरक्षा संयन्त्र’ का रूपमा विकास गर्ने कांग्रेसले प्रतिबद्धता जनाएको छ । जारी घोषणात्रमा लेखिएको छ, ‘डिजिटल स्वास्थ्य स्वचालित दाबी प्रणाली र जालसाजी नियन्त्रणमार्फत भुक्तानीलाई छिटो छरितो र पारदर्शी बनाउँछौं । ‘एक नागरिक, एक डिजिटल स्वास्थ्य प्रोफाइल’ लागु गर्दै सेवाको गुणस्तर र शुल्कमा देशैभर एकरूपता कायम गर्छौं।’ सबै स्थानीय तहमा ‘प्रथम सेवा विन्दु’ सञ्चालन गरी नागरिकले स्वास्थ्य बीमामार्फत न्यूनतम उपचार आफ्नै घरदैलोमा पाउने सुनिश्चित गर्ने घोषणा कांग्रेसले अघि सारेको छ । आवश्यकताअनुसार थप विशिष्टीकृत सेवाका लागि सरकारी वा निजी दुवै अस्पतालबाट उपचार लिन सक्ने सहज ‘रेफरल’ प्रणालीको सिर्जना गर्ने र बिमा आबद्धता र नवीकरण तथा व्यवस्थापनको लागि स्थानीय सरकारसँग सहकार्य गर्ने कांग्रेसले उल्लेख गरेको छ । त्यस्तै, क्यान्सर, मिर्गौला तथा कलेजो प्रत्यारोपण र मुटु रोगजस्ता महँगो उपचार खर्च लाग्ने रोगको उपचार तथा सिकलसेल थालसिमिया, एपलाष्टिक एनिमियालगायतका रोगलाई स्वास्थ्य बीमामार्फत असीमित र पूर्ण राहतको दायरामा ल्याउने कांग्रेसको प्रतिबद्धता छ । स्वास्थ्य बीमाबाहेक कांग्रेसले कृषि बीमाको मुद्दालाई अघि सारेको छ । कांग्रेसले कृषि बीमाको प्रिमियममा ९० प्रतिशतसम्म अनुदान दिने आधुनिक प्रविधि (ड्रोन/स्याटेलाइट) मार्फत क्षतिको यकिन गरी सिधै किसानको बैंक खातामा रकम जम्मा हुने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ। एमालेको घोषणापत्र : गर्भवती महिलाका लागि ५ लाखसम्मको निःशुल्क जीवन बीमा नेकपा एमालेले ‘सबै नागरिक स्वास्थ्य बीमाको दायरामा’ भन्ने लक्ष्य अघि सारेको छ । एमालेले गर्भवती महिलालाई सुत्केरी हुनुअघि र पछि स्वास्थ्य परीक्षण गर्न प्रदान गरिँदै आएको घरदेखि स्वास्थ्य संस्थासम्मको यातायात खर्च दोब्बर बनाउने घोषणा गरेको छ । एमालेले सार्वजानिक गरेको घोषणापत्रमा घट्दो जनसंख्या बृद्धिदरको प्रवृत्ति रोक्न सुत्केरी हुने महिलालाई प्रतिजन्म २० हजार मातृशिशु पोषण भत्ता दिने निर्णय गरेको छ । त्यस्तै, गर्भवती महिलाका लागि ५ लाखसम्मको जीवन बीमा निःशुल्क गर्ने एमालेको घोषणा गरेको छ । स्वास्थ्य प्रणालीमा रहेको दोहोरो वित्तीय बोझ, सेवा उत्पादन खरिदको अन्योल र बीमा निःशुल्क सेवाबीचको दोहोरोपन हटाउन स्वास्थ्य बीमा प्रणाली र सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमहरू क्रमशः एकीकृत गर्ने एमालेले जनाएको छ । ‘सही नीति, सुशासन र प्रभावकारी वित्तीय संयोजनमार्फत उपलब्ध स्रोतकै अधिकतम उपयोग गरी सर्वव्यापी स्वास्थ्य सेवा सुनिश्चित गर्नेर्छौं,’ एमालेले जारी गरेको घोषणापत्रमा उल्लेख छ । स्वास्थ्य बीमा प्रणालीलाई संरचनात्मक र सञ्चालनगत सुधार गरी दिगो बनाउने, राष्ट्रिय वित्तीय स्रोतको व्यवस्था गर्दै बीमाको थैली विस्तार गर्ने एमालेले घोषणा गरेको छ । त्यस्तै, एमालेले आधारभूत, प्राथमिक र समग्र प्राथमिक स्वास्थ्य सेवाबीच स्पष्ट परिभाषा, सेवा प्याकेज, जिम्मेवारी र वित्तीय व्यवस्था कानुनमै स्पष्ट गर्ने प्रतिबद्धता जनाएको छ । एमालेको घोषणापत्रमार्फत महिला उद्यमशीलता विकास गर्न बैंक तथा वित्तीय संस्थामार्फत २० लाखसम्मको उद्यमी महिला निर्ब्याजी ऋण सुविधा सहज ढंगले प्रदान गर्ने उल्लेख गरेको छ । साथै व्यवसाय र ऋणको निःशुल्क बीमा व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । नेपाली कम्युनिष्ट पार्टीको घोषणापत्रमा बीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पनि स्वास्थ्य बीमा अनिवार्य र महिला लक्षित स्वास्थ्य सेवा विस्तार गरिने योजना अघि सारेको छ । नेकपाले स्वास्थ्य बीमालाई स्वास्थ्य सुरक्षा प्रणालीको मुख्य आधार बनाइने घोषणा गरेको छ । ‘हाल करिब ३० प्रतिशतमा सीमित स्वास्थ्य बीमाको आबद्धतालाई सबैलाई अनिवार्य गरी वि.सं. २०८८ सम्म १०० पुर्याइनेछ,’ नेकपाले जारी गरेको घोषणापत्रमा उल्लेख गरिएको छ, ‘गरिबीको रेखामुनि रहेका नागरिकमध्ये हाल करिब १० प्रतिशत मात्रै बीमामा समेटिएको अवस्थालाई वि.सं. २०८८ सम्म १०० प्रतिशत पुर्याइनेछ ।’ नेकपाले गरिब, अशक्त, दीर्घरोगी र ज्येष्ठ नागरिकको बीमा प्रिमियम राज्यले बेहोर्ने व्यवस्थालाई परिणाममुखी, तथ्यांकीय र पारदर्शी बनाइने घोषणा गरेको छ । त्यस्तै, कृषि श्रमिकको लागि न्यूनतम ज्याला, सामाजिक सुरक्षा र बीमा प्रभावकारी बनाइने प्रतिबद्धता जनाएको छ । नेकपाले कृषि, पशुपन्छी तथा मत्स्य बीमालाई सूचना प्रविधिमा आधारित बनाई दायरा विस्तार गरिने उल्लेख गरेको छ । ग्रामीण र कम लाभ क्षेत्रमा बीमा अस्वीकार गर्ने कम्पनीलाई कारबाही गरिने नेकापाले घोषणा गरेको छ । बीमा प्रिमियम अनुदानलाई समयानुकूल बनाइने, भूमिहीन, सुकुम्बासी र गरिब किसानको प्रिमियम शुल्क राज्यले बेर्होनेसमेत नेकपाले घोषणा गरेको छ । पत्रकारको न्यूनतम पारिश्रामिक, सेवा सुविधा, श्रम अधिकार, दुर्घटना तथा स्वास्थ्य बीमा र सामाजिक सुरक्षा अनिवार्य गर्ने नेकपाको घोषणापत्रमा उल्लेख गरेको छ । त्यस्तै, बेरोजगारी बीमाको व्यवस्था लागू गरिने पनि नेकपाले घोषणा गरेको छ । रास्वपाको घोषणापत्रमा बीमा स्वास्थ्य बीमा र रोजगारीको ग्यारेन्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विजेता खेलाडीहरूको लागि सम्मानजनक जीवन निर्वाह गर्न ‘खेलाडी पेन्सन कोष’, स्वास्थ्य बीमा र रोजगारीको विशेष ग्यारेन्टी गरिने घोषणा गरेको छ । रास्वपाले सार्वजनिक गरेको वाचापत्रमा सो कुरा उल्लेख गरेको हो । रास्वपाले पनि स्वास्थ्य बीमा कार्यक्रमलाई अगाडि सारेको छ । रास्वपाले स्वास्थ्य बीमा कार्यक्रमलाई थप सुढृढ मोडलमा गुणस्तरीय स्वास्थ्य सेवा तथा प्रत्येक नागरिकको पहुँच सुनिश्चित हुनेगरी विस्तार गर्ने उल्लेख गरेको छ । त्यस्तै, मानसिक स्वास्थ्यसमेत स्वास्थ्य बीमा कार्यक्रमभित्र समेटिने गरी स्वास्थ्य क्षेत्रमा नेपाल सरकारको मुख्य प्राथमिकताको कार्यक्रमको रूपमा अगाडि बढाउने रास्वपाले घोषणा गरेको छ ।
एकै खेतमा दुई उत्पादन, यस्तो छ १५ सय वर्ष पुरानो ‘राइस-फिस फार्मिङ’
काठमाडौं । धानखेतीसँगै माछापालन सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर छिमेकी मुलुक चीनमा धानसँगै माछा पालन गर्ने ‘राइस–फिस फार्मिङ’ हजारौं वर्ष पुरानो अभ्यासको रूपमा स्थापित छ । कृषि इतिहाससम्बन्धी अध्ययनहरूका अनुसार यो प्रणाली पन्ध्र सय वर्ष पहिलादेखि प्रचलनमा रहेको देखिन्छ । विशेषगरी चिङथ्येन काउन्टी, झेजियाङ प्रान्तमा पन्ध्र सय वर्षदेखि धान र माछाको सहखेती हुँदै आएको अभिलेख पाइन्छ । धान–माछा सहखेती कुनै एक व्यक्तिको आविष्कार नभई किसानहरूको दीर्घ अनुभव र स्थानीय परिस्थितिक अवस्थाको बुझाइबाट विकास भएको धारणा मानिन्छ । धानखेतीमा सधैं पानी रहने भएकाले त्यही पानीमा माछा हुर्काउने उपाय खोज्दै जाँदा यो प्रणाली विकसित भएको कृषि विज्ञहरू बताउँछन् । समयसँगै यसले वैज्ञानिक आधार पनि पायो– जस्तो कि माछाले खेतभित्रका कीरा र झार नियन्त्रण गर्नु, माछाको मलले माटोको उर्वरता बढाउनु र धानले माछालाई छायाँ तथा सुरक्षित बासस्थान उपलब्ध गराउनु । स्थानीय कृषि विभागको रिपोर्ट अनुसार करिब ३५ हजार किसानहरू यस धान–माछा प्रणालीमा प्रत्यक्ष रूपमा संलग्न छन् । राष्ट्रीय अध्ययनहरूले देखाउँछन् कि चीनमा लगभग १ लाख ६७ हजार हेक्टर क्षेत्र धान–माछा समुदायमा रूपान्तरण भइसकेको छ, जुन देशभरिको कुल धान लगाइएका क्षेत्रको केही प्रतिशत मात्र हो । हाल चीन विश्वकै ठूलो धान उत्पादक देशमध्ये एक हो । विभिन्न कृषि प्रतिवेदनहरूका अनुसार चीनमा धानखेती करिब ३० मिलियन हेक्टर हाराहारीमा फैलिएको अनुमान छ । कृषि अनुसन्धानका निष्कर्षअनुसार एउटै खेतबाट धान र माछा दुवै उत्पादन हुँदा कुल आम्दानी परम्परागत धानखेतीभन्दा २०–३० प्रतिशतसम्म वृद्धि हुने देखिएको छ । उत्पादन विविधिकरणका कारण किसानले अतिरिक्त नगद आय प्राप्त गर्नुका साथै जोखिम पनि विभाजन गर्न सकेका छन् । परम्परागत महत्त्व र दिगोपनको मूल्याङ्कन गर्दै खाद्य तथा कृषि संगठन (एफएओ) ले चिङथ्येनको धान–माछा प्रणालीलाई विश्वव्यापी रूपमा महत्त्वपूर्ण कृषि सम्पदा प्रणालीहरू (जीआईएएचएस) सूचीमा सूचीकृत गरेको छ। विशेषज्ञहरूका अनुसार धान–माछा सहखेतीको प्रमुख फाइदा एउटै जमिनबाट बहुउत्पादन लिन सक्नु हो । धानसँगै प्रोटिनयुक्त माछा उत्पादन हुँदा किसानको आम्दानी र पोषण सुरक्षा दुवैमा सुधार देखिन्छ । माछाले कीरा खाएर प्राकृतिक जैविक नियन्त्रण गर्ने भएकाले रासायनिक विषादीको प्रयोग घट्ने र माछाको मलले जैविक उर्वरता बढाउने बताइन्छ । यसले उत्पादन लागत घटाउनुका साथै वातावरणीय सन्तुलनमा सकारात्मक प्रभाव पार्ने कृषि अनुसन्धानहरूले देखाएका छन्। वातावरणविद्हरूले यो प्रणालीलाई जलवायु–स्मार्ट कृषि अभ्यासका रूपमा पनि लिन्छन् । कम रासायनिक इनपुट, माटोको स्वास्थ्यमा सुधार र जैविक विविधताको संरक्षणले दीर्घकालीन दिगोपनमा योगदान पुर्याउने उनीहरूको भनाइ छ । धानखेतीलाई सानो पारिस्थितिकी तन्त्रमा रूपान्तरण गर्दै पानी, माटो र जीवबीच सन्तुलन कायम गर्ने यो मोडेल विश्वका विभिन्न देशहरूमा पुनः चर्चामा आउन थालेको छ । यद्यपि चुनौतीहरू पनि छन् । पानी व्यवस्थापनमा दक्षता, उपयुक्त माछा प्रजाति छनोट, प्रारम्भिक संरचनागत लगानी र बजार पहुँचजस्ता पक्षमा ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन् । उचित तालिम, प्रविधि र नीतिगत समर्थन उपलब्ध भएमा यी चुनौतीहरू व्यवस्थापनयोग्य हुने उनीहरूको निष्कर्ष छ । कृषि क्षेत्रमा दिगो उत्पादन र पोषण सुरक्षाको खोजी भइरहेका बेला चीनको धान–माछा सहखेती प्रणाली परम्परा र आधुनिक विज्ञानको सफल संयोजनका रूपमा उदाहरणीय देखिएको छ ।
उत्पादन क्षेत्रका १४ कम्पनीको नाफा २ अर्ब रुपैयाँ, शिवमको छलाङ, कुनको अवस्था कस्तो ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा करिब २ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार दोस्रो त्रैमाससम्म १४ कम्पनीले कुल १ अर्ब ८४ करोड १५ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् । यो नाफा गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ४.२३ प्रतिशत अर्थात् ७ करोड ४७ लाख ४८ हजार रुपैयाँ बढी हो । गत वर्ष पुस मसान्तसम्म यी कम्पनीहरूले १ अर्ब ७६ करोड ६७ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । समीक्षा अवधिमा केही कम्पनीहरूको नाफामा उल्लेखनीय वृद्धि भएको छ । शिवम् सिमेन्टको खुद नाफा ५२८.५२ प्रतिशतले बढेर ३५ करोड ७० लाख ६४ हजार रुपैयाँ पुगेको छ भने श्रीनगर एग्रिटेकले २०९.१० प्रतिशत वृद्धि गर्दै १ करोड ५६ लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । त्यसैगरी, सर्वोत्तम सिमेन्टको नाफा १२३ प्रतिशतले बढेर ५३ करोड ८३ लाख ५० हजार रुपैयाँ पुगेको छ भने हिमालयन डिष्टिलरीले १०.७३ प्रतिशत वृद्धि गर्दै ४४ करोड ८३ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । साथै केही कम्पनीहरूको नाफा भने घटेको देखिएको छ । एसवाई प्यानल नेपालको नाफा ७१.१४ प्रतिशतले घटेर ७८ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ । रिलायन्स स्पिनिङ मिल्सको नाफा २७.२३ प्रतिशतले घटेर १३ करोड ७४ लाख ३५ हजार रुपैयाँमा झरेको छ भने युनिलिभर नेपाल लिमिटेडको नाफा ९.८१ प्रतिशतले घटेर ४३ करोड ९० लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, नेपाल ल्यूब आयलको नाफा ३.९४ प्रतिशतले घटेर २ करोड १० लाख ९५ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष पुस मसान्तसम्म नोक्सानीमा रहेका सोनापुर मिनिरल्स, बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई) यस वर्ष भने नाफामा फर्किएका छन् । यी कम्पनीहरूले क्रमशः ४ करोड ७५ लाख ३ हजार रुपैयाँ, ३ करोड १२ लाख ६८ हजार रुपैयाँ र १३ करोड ५४ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । तर चालु आवको पुस मसान्तसम्म ओम मेगाश्री, सागर डिस्टिलरी र घोराही सिमेन्ट भने नोक्सानीमा रहेका छन् । ती कम्पनीहरूले क्रमशः ३ करोड ८४ लाख ३६ हजार रुपैयाँ, २ करोड ६१ लाख ५८ हजार रुपैयाँ र २६ करोड ४९ लाख २ हजार रुपैयाँ नोक्सानी व्यहोरेका छन् । शिवम् सिमेन्टको खुद नाफा ५२८.५२ प्रतिशतले बढेर ३५ करोड ७० लाख ६४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ६८ लाख १० हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ९ करोड ८२ लाख ८६ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा सञ्चालन आम्दानी ३ अर्ब १० करोड १६ लाख ९६ हजार रुपैयाँ थियो । चालु आवको ६ महिनामा कम्पनीले १० करोड ८२ लाख ३० हजार रुपैयाँ अन्य आम्दानी गर्दै कुल ६५ करोड ४४ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा अन्य आम्दानी १२ करोड २६ लाख २७ हजार रुपैयाँ र कुल नाफा ४० करोड १ लाख ८६ हजार रुपैयाँ रहेको थियो । खर्चतर्फ समीक्षा अवधिमा कम्पनीले २ अर्ब ४४ करोड ३७ लाख ९९ हजार रुपैयाँ बिक्री लागत, १२ करोड ११ लाख ४ हजार रुपैयाँ प्रशासनिक खर्च र २२ करोड ७८ लाख ५८ हजार रुपैयाँ बिक्री तथा वितरण खर्च बेहोरेको छ । यस अवधिमा कुल खर्च ३५ करोड ६६ लाख १४ हजार रुपैयाँ पुगेको छ । करअघिको नाफा भने ४० करोड ६१ लाख २ हजार रुपैयाँ रहेको छ । ५ अर्ब ५९ करोड ३२ लाख २८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ५३ करोड ९८ लाख ७६ हजार रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १२.७७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८०.३८ रुपैयाँ रहेको छ । श्रीनगर एग्रिटेक इण्डष्ट्रिजको चालु आवको दोस्रो त्रैमासमा खुद नाफा २०९.१० प्रतिशत बढेर १ करोड ५६ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५० लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ६०.२७ प्रतिशत बढेर ८७ करोड ८६ लाख २१ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ८१ लाख ९० हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । चालु आवको ६ महिनामा कम्पनीको अन्य आम्दानी ८.८२ प्रतिशत घटेर ३७ लाख ८३ हजार रुपैयाँ, सञ्चालन नाफा ३४.५९ प्रतिशत बढेर ४ करोड ८७ लाख ३८ हजार रुपैयाँ र कुल नाफा २०.२२ प्रतिशत बढेर ११ करोड ४७ लाख २ हजार रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको बिक्री लागत ६८.७१ प्रतिशत बढेर ७६ करोड ३९ लाख १९ हजार रुपैयाँ, प्रशासनिक खर्च ९.१६ प्रतिशत बढेर २ करोड ९८ लाख ७१ हजार रुपैयाँ र कर्मचारी खर्च १.८२ प्रतिशत बढेर २ करोड ७९ लाख ४२ हजार रुपैयाँ रहेको छ । १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष १७ करोड ३४ लाख १२ हजार रुपैयाँ छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १.०३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११०.६२ रुपैयाँ रहेको छ । सर्वाेत्तम सिमेन्टको चालु आवको दोस्रो त्रैमासमा खुद नाफा १२३ प्रतिशत बढेर ५३ करोड ८३ लाख ५० हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २४ करोड १४ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २.५१ प्रतिशत बढेर ४ अर्ब ८ करोड २५ लाख ५३ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा सञ्चालन आम्दानी ३ अर्ब ९८ करोड २२ लाख ५४ हजार रुपैयाँ थियो । चालु आवको ६ महिनामा कम्पनीको अन्य आम्दानी ६६.६३ प्रतिशत बढेर ११ करोड ९७ लाख ८८ हजार रुपैयाँ र कुल नाफा ५८.२६ प्रतिशत बढेर १ अर्ब ४ करोड ४० लाख १३ हजार रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको बिक्री लागत १८.६० प्रतिशत घटेर १२ करोड ७२ लाख १५ हजार रुपैयाँ, प्रशासनिक खर्च १८१.८९ प्रतिशत बढेर १३ करोड ३२ लाख ४३ हजार रुपैयाँ, बिक्री तथा वितरण खर्च २१.२५ प्रतिशत बढेर २५ करोड ९६ लाख ९ हजार र कुल खर्च २४.५२ प्रतिशत बढेर ५२ करोड ६७ लाख रुपैयाँ रहेको छ । ५ अर्ब २२ करोड ४२ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी ४ अर्ब ३० करोड ८६ लाख ८५ हजार रुपैयाँ छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २०.६१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८८.९२ रुपैयाँ रहेको छ । हिमालयन डिष्टिलरीको चालु आवको दोस्रो त्रैमासमा १०.७३ प्रतिशत बढेर ४४ करोड ८३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४० करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको ६ महिनामा कम्पनीको कुल सञ्चालन आम्दानी ६.६२ प्रतिशत बढेर ३ अर्ब २३ करोड ३० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ३ करोड २२ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो । ३ अर्ब ६८ करोड ८० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७६ करोड ९८ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी २४.३१ रुपैयाँ छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १२०.८७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४६.८४ गुणा रहेको छ । नेपाल ल्यूब आयलको चालु आवको दोस्रो त्रैमासमा ३.९४ प्रतिशत घटेर २ करोड १० लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड १९ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको ६ महिनामा कम्पनीको कुल सञ्चालन आम्दानी २० प्रतिशत बढेर ६५ करोड ९६ लाख ९६ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ९६ लाख ७१ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो । ८ करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी ७ करोड ६० लाख रुपैयाँ र सञ्चित नाफा २८ करोड ३ लाख ८ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४८.२५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २५९.१० रुपैयाँ रहेको छ । युनिलिभ नेपालको चालु आवको दोस्रो त्रैमासमा खुद नाफा ९.८१ प्रतिशत घटेर ४३ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ८.४४ प्रतिशत घटेर १ अर्ब ७८ करोड १२ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । चालु आवको ६ महिनामा कम्पनीको अन्य आम्दानी ४.०६ प्रतिशत बढेर ३ करोड ५८ लाख रुपैयाँ र कुल आम्दानी ८.२३ प्रतिशत घटेर १ अर्ब ७१ करोड ७० लाख रुपैयाँ रुपैयाँ गरेको छ । समीक्षा अवधिमा सामग्रीको लागत ४.०१ प्रतिशत घटेर ८२ करोड १४ लाख रुपैयाँ, कर्मचारी खर्च १०.०९ प्रतिशत घटेर १४ करोड ३४ लाख रुपैयाँ र अन्य लागत २२.२२ प्रतिशत घटेर २३ करोड ४४ लाख रुपैयाँ रहेको छ । ९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित नाफा ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १ हजार ८३३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ४ हजार २१६ रुपैयाँ रहेको छ । रिलायन्स स्पिनिङ्ग मिल्सको चालु आवको दोस्रो त्रैमासमा खुद नाफा २७.२४ प्रतिशत घटेर १३ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १.१० प्रतिशत घटेर ४ अर्ब ७९ करोड २ लाख ९१ हजार रुपैयाँ र कुल नाफा ८.८२ प्रतिशत घटेर ५९ करोड ९३ लाख ९० हजार रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको सञ्चालन नाफा २७.६१ प्रतिशत घटेर ३२ करोड ९८ लाख ४८ हजार रुपैयाँ र वित्तीय लागत ३२.४२ प्रतिशत घटेर १६ करोड ४६ लाख ६५ हजार रुपैयाँ रहेको छ । १ अर्ब ९० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी ७ अर्ब ४२ करोड २ लाख रुपैयाँ छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ७.६६ रुपैयाँ घटेर १४.४७ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ४९०.५४ रुपैयाँ रहेको छ । एसवाई प्यानल नेपालको चालु आवको दोस्रो त्रैमासमा खुद नाफा ७१.१४ प्रतिशत घटेर ७८ लाख ७१ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ७२ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ७.९३ प्रतिशत घटेर ३१ करोड १७ लाख ८६ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड ८६ लाख ५६ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । चालु आवको ६ महिनामा कम्पनीको अन्य आम्दानी ७५९.४९ प्रतिशत बढेर ६ लाख ७९ हजार रुपैयाँ, सञ्चालन नाफा ८४.६३ प्रतिशत घटेर ६२ लाख ३८ हजार रुपैयाँ र कुल नाफा ८.१० प्रतिशत घटेर ११ करोड २ लाख ३६ हजार रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको बिक्री लागत ७.८३ प्रतिशत घटेर २० करोड १५ लाख ५० हजार रुपैयाँ, प्रशासनिक खर्च ७०.६५ प्रतिशत बढेर ४ करोड ५८ लाख ५९ हजार रुपैयाँ र बिक्री तथा वितरण खर्च ६.८४ प्रतिशत बढेर २ करोड ४३ लाख ९४ हजार रुपैयाँ रहेको छ । १ अर्ब ३० करोड ८१ लाख ३७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष १२ करोड ६१ लाख ३४ हजार रुपैयाँ छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १.६५ रुपैयाँ रहेको छ । सोनापुर मिनिरल्सले चालु आवको दोस्रो त्रैमासमा ४ करोड ७५ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १२ करोड २० लाख ८५ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ८४.५७ प्रतिशत बढेर १ अर्ब ६९ करोड३ लाख ५७ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९१ करोड ५८ लाख ५ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । चालु आवको ६ महिनामा कम्पनीको अन्य आम्दानी ५०६ प्रतिशत बढेर १८ लाख २७ हजार रुपैयाँ, सञ्चालन नाफा १ हजार १६४ प्रतिशत बढेर ३१ करोड ७३ लाख रुपैयाँ र कुल नाफा ४४४ प्रतिशत बढेर ४७ करोड १४ लाख रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको बिक्री लागत ४६.९८ प्रतिशत बढेर १ अर्ब २१ करोड ८९ लाख रुपैयाँ र बिक्री तथा वितरण खर्च ९.५२ प्रतिशत बढेर ९३ लाख ९१ हजार रुपैयाँ रहेको छ । ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष १ अर्ब १५ करोड ७७ लाख ८१ हजार रुपैयाँ छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १.५४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १९१.४२ रुपैयाँ रहेको छ । बोटलर्स नेपाल (बालाजु)को चालु आवको दोस्रो त्रैमासमा खुद नाफा ३ करोड १२ लाख ६८ हजार रुपैयाँ रहेको छ । जबकि गत वर्षको पुसमा यो कम्पनीको नाफा २४ करोड ५० लाख ४२ हजार रुपैयाँ ऋणात्मक थियो । ६ महिनाको अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४ अर्ब ७५ करोड २३ लाख ३ हजार रुपैयाँ रहेको छ । जबकी गत वर्षको पुसमा कम्पनीले ४ अर्ब ३६ करोड ४३ लाख ५२ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले ८.८८ प्रतिशत अर्थात् ३८ करोड ७९ लाख ५१ हजार रुपैयाँ बढी आम्दानी गरेको हो। समीक्षा अवधिमा कम्पनीको कुल नाफा १ अर्ब २२ करोड ६० लाख १९ हजार रुपैयाँ, अन्य सञ्चालन आम्दानी ५ करोड ७६ लाख ७० हजार रुपैयाँ, सञ्चालन नाफा १३ करोड ३८ लाख ७७ हजार रुपैयाँ रहेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ९३ करोड ६८ लाख २५ हजार रुपैयाँ कुल नाफा, १ करोड ६४ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको थियो भने सञ्चालन नाफा १२ करोड ६६ लाख ८८ हजार रुपैयाँ ऋणात्मक थियो । चालु आवको पुसमा कम्पनीको बिक्री तथा वितरण खर्च ७७ करोड १० लाख ३२ हजार रुपैयाँ, प्रशासनिक तथा सञ्चालन खर्च ३७ करोड ८७ लाख ८० हजार रुपैयाँ र वित्त लागत ७ करोड ९६ लाख ६० हजार रुपैयाँ रहेको छ । १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ५ अर्ब ७० करोड २६ लाख ६६ हजार रुपैयाँ रहेको छ । कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी १९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३ हजार २०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७९७ गुणा रहेको छ । बोटलर्स नेपाल (तराई)को चालु आवको दोस्रो त्रैमासमा खुद नाफा १३ करोड ५४ लाख ९४ हजार रुपैयाँ रहेको छ । जबकि गत वर्षको पुसमा यो कम्पनीको नाफा ११ करोड ८९ लाख ४१ हजार रुपैयाँ ऋणात्मक थियो । ६ महिनाको अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ३६ करोड ८६ लाख ४१ हजार रुपैयाँ रहेको छ । जबकी गत वर्षको पुसमा कम्पनीले २ अर्ब ९६ करोड ८६ लाख ९५ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको आम्दानी १३.४७ प्रतिशत अर्थात् ३९ करोड ९९ लाख ४६ हजार रुपैयाँ बढी गरेको हो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा ९५ करोड ३४ लाख ७७ हजार रुपैयाँ, अन्य सञ्चालन आम्दानी ५ करोड ६९ लाख ३७ हजार रुपैयाँ, सञ्चालन नाफा २१ करोड ८६ लाख ६८ हजार रुपैयाँ रहेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ६२ करोड ३५ लाख ३० हजार रुपैयाँ कुल नाफा, ३ करोड ५६ लाख ८७ हजार रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको थियो भने सञ्चालन नाफा २४ लाख ४५ हजार रुपैयाँ ऋणात्मक थियो । चालु आवको पुसमा कम्पनीको बिक्री तथा वितरण खर्च ५९ करोड ४ लाख १९ हजार रुपैयाँ, प्रशासनिक तथा सञ्चालन खर्च २० करोड १३ लाख २७ हजार रुपैयाँ र वित्त लागत ६ करोड ९८ लाख १३ हजार रुपैयाँ रहेको छ । १२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ३ अर्ब ५३ करोड ५० लाख ७२ हजार रुपैयाँ रहेको छ । कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी २२४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३ हजार २२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५२ गुणा रहेको छ । ओम मेगाश्री फर्मास्यूटिकल्सको चालु आवको दोस्रो त्रैमासमा खुद नाफा ३ करोड ८४ लाख ३६ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ३० लाख ७७ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १०३.४१ प्रतिशत बढेर १० करोड ४८ लाख ३२ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड १५ लाख ३७ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको अन्य आम्दानी २८६ प्रतिशत बढेर २ लाख ९० हजार रुपैयाँ र कुल आम्दानी १०३.६७ प्रतिशत बढेर १० करोड ५१ लाख २२ हजार रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको प्रशासनिक खर्च ४३.९८ प्रतिशत बढेर ३ करोड ६५ लाख ४८ हजार रुपैयाँ र कुल खर्च ९२ प्रतिशत बढेर १४ करोड ३५ लाख५९ हजार रुपैयाँ गरेको छ । ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको सञ्चित नाफा ७ करोड ४८ लाख ३९ हजार रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको अन्य जगेडा कोष ६ करोड २३ लाख ९९ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.४१ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९७.९३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २५४.९२ गुणा रहेको छ । सागर डिष्टिलरीले चालु आवको दोस्रो त्रैमासमा २ करोड ६१ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४५ लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो । चालु आवको दोस्रो त्रैमासमा कम्पनीको कुल सञ्चालन आम्दानी ११५.४१ प्रतिशत बढेर १२ करोड ९१ लाख ८४ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ९९ लाख ७० हजार रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा १००.५४ प्रतिशत बढेर ३ करोड ४७ लाख ७० हजार रुपैयाँ र अन्य आम्दानी ५३.३४ प्रतिशत बढेर ४२ लाख ६० हजार रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रशासन खर्च १२९.६७ प्रतिशत बढेर ६१ लाख ४६ हजार रुपैयाँ, कर्मचारी खर्च ९४.४२ प्रतिशत बढेर २ करोड ९१ लाख ६० हजार रुपैयाँ र विक्री तथा वितरण खर्च ३८.१३ प्रतिशत बढेर २ करोड १ लाख ७ हजार रुपैयाँ रहेको छ । ७२ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा २० करोड ५७ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी ७.२१ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १२८.३४ रुपैयाँ रहेको छ । घोराही सिमेन्टको चालु आवको दोस्रो त्रैमासमा खुद नाफा २६ करोड ४९ लाख २ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६६ करोड ७१ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २०.१८ प्रतिशत बढेर २ अर्ब ८ करोड १५ लाख ४५ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७३ करोड १९ लाख ५३ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । चालु आवको ६ महिनामा कम्पनीको अन्य आम्दानी २ हजार ४३८ प्रतिशत बढेर १ करोड ६९ लाख रुपैयाँ, सञ्चालन नाफा ३९ लाख ७ हजार रुपैयाँ र कुल नाफा २४५.२२ प्रतिशत बढेर ४० करोड ४५ लाख ९६ हजार रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको बिक्री लागत ३.८१ प्रतिशत बढेर १ अर्ब ६७ करोड ६० लाख ५१ हजार रुपैयाँ र बिक्री तथा वितरण खर्च २७.४२ प्रतिशत घटेर ८ करोड ६३ लाख ८६ हजार रुपैयाँ रहेको छ । ५ अर्ब २ करोड ४४ लाख ५४ हजार चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित नाफा ६८ करोड ७० लाख ५५ हजार रुपैयाँ छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ५.२७ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १६६.५८ रुपैयाँ रहेको छ ।