प्रभु बैंकको सञ्चालकमा ६ जना चयन
काठमाडौं । प्रभु बैंकको सञ्चालकमा ६ जना चयन भएका छन् । पुस २६ गते सम्पन्न बैंकको १९औं वार्षिक साधारणसभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्न ६ जनालाई निर्वाचित गरेको हो । जसमध्ये संस्थापक सेयरधनीको समूहबाट ३ जना र सर्वसाधारण सेयरधनीको समूहबाट ३ जना रहेका छन् । संस्थापक सेयरधनीको समूहबाट रमेश सिंह खड्का, शंकर प्रसाद कालिकोटा र रामेश्वार सापकोटा रहेका छन् । त्यस्तै, सर्वसाधारण सेयरधनीको समूहबाट ऋषिराम गौतम, अन्जु अधिकारी र प्रमोद घिमिरे बैंकको सञ्चालकमा निर्वाचित भएका छन् । नवनिर्वाचित सञ्चालक अन्जु अधिकारी नेपाल होल्डिङ्ग प्रा. लि.को प्रतिनिधी हुन् भने प्रमोद घिमिरे पाँच पोखरी एग्रिकल्चर प्रा.लि. को प्रतिनिधी हुन् । सम्बन्धित समाचार समस्यामा परेका दुईटा वाणिज्य बैंकलाई ‘रेस्क्यू’ गरेका भट्टचन प्रभुबाट किन बाहिरिए ?
स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जरिन दरुवाला
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जरि दरुवाला नियुक्त भएका छन् । पुस २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले बैंकको अध्यक्ष पदमा दरुवालालाई नियुक्त गरेको हो । बैठकले पुस २५ गतेदेखि लागू हुने गरी दरुवालालाई अध्यक्षमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त दरुवालाले पुस २५ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने छन् । यसअघि बैंकको अध्यक्ष पदको कार्यभार जितेन्द्र अरोराले सम्हालेका थिए ।
पुनर्बीमा कम्पनीको सञ्चालकमा झा नियुक्त, लम्सालको बिदाई
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा सुखचन्द्र झा नियुक्त भएका छन् । पुस २२ गते बसेको मन्त्रीस्तरीय निर्णयले झालाई कम्पनीको सञ्चालक समितिकाे सदस्यमा नियुक्त गरेको हो । यसअघिका सञ्चालक रमेश लम्साललाई कम्पनीको सञ्चालकबाट बिदाई गरिएसँगै उक्त पदमा झालाई नियुक्त गरिएकाे हाे । अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको पत्रअनुसार उनलाई कम्पनीको सदस्य पदबाट बिदाई गरिएको हो ।