हाम्रो विकास बैंकको बैशाख २० गतेदेखि १२ दिन बुक क्लोज

काठमाडौं । हाम्रो विकास बैंक लिमिटेडको आगामी बैशाख २० गतेदेखि १२ दिन बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिन देखि बैशाख ३१ गतेसम्म बुक क्लोज गर्न लागेको हो । यस बैंक आगामी बैशाख ३१ गते कम्पनीको वार्षिक साधारणसभामा जाँदै छ । सभामा कम्पनीले सेयरधनीलाई ७.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३८३ प्रतिशत नगद लाभांश दिने विशेष प्रस्तावलाई पारित गर्दैछ । साथै, सभामा संस्थापक सेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना रिक्त सञ्चालकहरुको निर्वाचन हुने छ ।

११ कम्पनीको ६ करोड ३६ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, सबैभन्दा बढी बोनस सेयर

काठमाडौं । बिहीबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न बैंक तथा वित्तीय संस्थाको कुल ६ करोड ३६ लाख ३ हजार १३१ कित्ता सेयर सूचिकृत भएको छ । नेप्सेमा एकैदिन ११ वटा वित्तीय संस्थाको बोनस र हकप्रद गरी सो मात्राको सेयर थपिएका हुन् । सो मध्ये सबैभन्दा बढी बोनस सेयर सूचिकृत भएका छन् । उक्त दिन ८ कम्पनीको ४ करोड ६५ लाख ६३ हजार २८० कित्ता सेयर सूचिकृत भएका छन् । त्यस्तै, बाँकी ३ कम्पनीको एक करोड ७० लाख ३९ हजार ८५१ कित्ता हकप्रद सेयर थपिएका छन् । सबैभन्दा बढी एभरेष्ट बैंकको एक करोड ९९ लाख कित्ता थपिएको छ । त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको एक करोड ८ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । सेयर सूचिकृत गर्ने ११ कम्पनी:

गरिमा विकासको तीन लाख १५ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको तीन लाख १५ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब यस कम्पनीको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ । पछिल्लो समय(बिहीबार) यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०७ रुपैयाँ रहेको छ ।