रिडी हाइड्रोको ७३ हजार कित्ता शेयर विक्रीमा, ३ सय पुगेको शेयरको लिलाम बिक्री १०१ बाटै
काठमाडौं १९, भदौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ७३ हजार ६६१ कित्ता शेयर विक्रीमा रहेको छ । बोलपत्रद्वारा विक्री गर्न लागिएको यस्तो शेयर संस्थापकतर्फको १४ हजार २ सय ७८ कित्ता र सर्वसाधारणतर्फको ५९ हजार ३८३ कित्ता गरि कुल ७३ हजार ६६१ कित्ता शेयर विक्रीमा रहेको छ । रिडीले गत असार १ गतेदेखि साउन ४ गतेसम्म विक्री खुला गरि आवेदन माग गरेको शेयरमा बाँकी रहेकोलाई बोलपत्रबाट पुनः विक्री खुला गरिएको हो । यसको शेयर खरिद गर्न चाहनेले शिलवन्दी बोलपत्र पेशग गर्नुपर्ने छ । यसका लागि आगामी असोज ४ गतेबटा १८ गतेभित्र आवेदन दिइसक्नुपर्ने सर्त तोकिएको छ । प्रति कित्ता न्युनतम १ सय रुपैयाँ तोकिएको यो शेयर यस भन्दा बढी मूल्यमा बोलकबोल गर्नुपर्ने सर्त कम्पनीले राखेको छ । यसको विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल हो । यसका आवेदन दिन चाहनेले न्युनतम १ सय कित्ताको आवेदन दिन पाउनेछन् । अधिकतम सीमा नतोकोले एउटै व्यक्तिले सबै ७३ हजार कित्ता नै लिन पनि पाउने छ । रिडीको अहिले शेयर मूल्य प्रतिकित्ता ३ सय रुपैयाँमाकारोबार भइरहेको छ । यसको शेयर पूँजी ४७ करोड २२ लाख रुपैयाँ रहेको छ ।
गुहेश्वरी मर्चेन्ट बैंकले ५० प्रतिशत हकप्रद वितरण गर्दै, १९ गते बुक क्लोज
काठमाडौं, १७ भदौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सले हकप्रद सेयर वितरण गर्ने भएको छ । बैंकले ५० प्रतिशत हकप्रद सेयर वितरण गर्नको लागि भदौ १९ गते बुक क्लोज गर्न लागेको छ । हाल बैंकको चुक्ता पूँजी २९ करोड ३७ लाख रुपैयाँ रहेको छ । शुक्रबार बैंकको सेयर मूल्य प्रतिकित्ता ४४७ रुपैयाँ रहेको छ ।
युनाइटेड मोदीको साढे ११ लाख आईपीओ जारी, उद्योग प्रवावित क्षेत्रले मात्रै आवेदन दिन पाउने
काठमाडौं १७, भदौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले ११ लाख ५० हजार कित्ता साधारण शेयरको निष्काशन (आईपीओ) जारी गरेको छ । प्रति साधारण शेयर एक सय रुपैयाँ अंकित यो शेयरमा आयोजना प्रभावित क्षेत्र (उद्योग प्रभावित क्षेत्र) पर्वत जिल्लाका बासिन्दाले मात्रै आवेदन दिन पाउने छ । न्युनतम ५० कित्ता देखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन पाइने छ । यो कम्पनीको शेयरको विक्री खुला यही भदौ २६ गतेबाट हुने भएको छ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड कुश्मा, देवः विकास बैंकको कार्यालय कुश्मा र फलेबास पर्वतमा मात्रै आवेदन फाराम पाइने उल्लेख छ । यसको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड हो ।