प्राइम लाइफले एकैपटक ४ वर्षको साधारणसभा गर्दै, १६० प्रतिशत हकप्रद सेयर निष्कासनको तयारी

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एकैपटक ४ वटा वार्षिक साधारणसभा गर्ने भएको छ । प्राइमले सातौ, आठौं, नवौ र दशौं वार्षिक साधारणसभा भदौ २७ गते गर्ने भएको छ । चुक्तापुँजी बढाउनलाई १६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पेश हुने प्राइमले जनाएको छ । जीवन बिमा कम्पनीले चुक्तपुँजी बढाएर २ अर्ब रुपैयाँ पु¥याउनु पर्ने नीतिगत व्यवस्था बिमा समितिले गरेपछि उसले बोनस सेयर वितरण र हकप्रद निष्कासन गरेर पुँजी बढाउन लागेको हो ।

तीन कम्पनीको दुई करोड बढी कित्ता हकप्रद सूचिकृत, सबैभन्दा बढी एसबिआई बैंकको

काठमाडौं । आइतबार मात्रै तीन कम्पनीको दुई करोड सात लाख बढी कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । एकै दिन एसबिआई बैंक, नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक र ज्योति विकास बैंकको सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो । आइतबार सूचिकृत मध्ये सबैभन्दा बढी एसबिआई बैंकको हकप्रद सेयर सूचिकृत भएको छ । सो बैंकको एक करोड ९९ लाख १९ हजार ४२३ कित्ता हकप्रद सूचिकृत भएको हो । त्यस्तै, नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको एक लाख ७ हजार ९४९ कित्ता र ज्योति विकास बैंकको ७ लाख ७२ हजार ०४७ कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ ।

कुबेर मर्चेन्टको नाम परिवर्तन, सिटी एक्सप्रेस इन्टरनेशनल फाइनान्स लिमिटेडबाट कारोबार गर्ने

काठमाडौं । कुबेर मर्चेन्ट फाईनान्स लिमिटेडको नाम परिवर्तन भएको छ । फाइनान्सले अाफ्नाे कम्पनीकाे नाम परिवर्तन गरि सिटी एक्सप्रेस इन्टरनेशनल फाइनान्स लिमिटेडबाट सेयर लगायत सम्पूर्ण कारोबार गर्ने भएको छ । नाम परिवर्तन सम्बन्धि कम्पनीको प्रस्तावलाई भदौ ४ गते सम्पन्न फाइनान्सको ११औं वार्षिक साधारण सभाले पारित गरेको हो । साथै, उक्त सभामा आर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदन र प्रबन्ध पत्र तथा नियमावलीको संशोधन जस्ता प्रस्तावहरु पारित भएको कम्पनीका सचिव एवं प्रमुख कार्यकारी अधिकृत(सिईओ) गोपाल घिमिरेले जानकारी दिए । उक्त अवसरमा सभाका निर्णयहरु नियामक निकायहरुको स्वीकृति पछि लागू हुने घिमिरेले बताए । कम्पनीको ११औं वार्षिक साधारण सभामा संचालक समितिको निर्वाचन पनि रहेकोमा नयाँ लगानीकर्ता समेतको प्रतिनिधित्व गर्दै चन्द्र टण्डन र सन्दिप शर्मा नयाँ संचालक सदस्यमा निर्वाचित भएको जानकारी पनि घिमिरेले दिए । संचालक पदमा निर्वाचित भए पश्चात् शेयर सदस्यहरुको जिज्ञासा मेटाउने क्रममा संस्थालाई ३ देखि ४ वर्ष भित्रमा नाफाको अवस्थामा ल्याइने कम्पनीले जनाएको छ । साथै साधारण सभा सम्पन्न पश्चात बसेको संचालक समितिको २५० औं बैठकले चन्द्र टण्डनलाई अध्यक्षमा चयन गरेको छ । संस्थामा पारदर्शिता तथा संस्थागत सुशासन जस्ता विषयलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी चाँडै नै समस्याग्रस्त अवस्थाबाट मुक्त गराउने पनि टण्डनले जानकारी गराए ।