सूर्योदय लघुवित्तकोे ७० प्रतिशत हकप्रद सेयर भोलिदेखि खुला, कहाँ कहाँबाट आवेदन दिने ?
काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि ७० प्रतिशत(अर्थात १० बराबर ७ को अनुपातमा) हकप्रद सेयरको निष्काशन खुला गर्ने भएको छ । संस्थाले फागुन २५ गते (शुक्रबार)देखि एक सय अंकित दरको २ लाख ८० हजार कित्ता सेयरको बिक्री खुला गर्दै छ । सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले आगामी चैत २५ गतेसम्म आवेदन दिन सक्ने संस्थाले जनाएको छ । हकप्रदको लागि इच्छुक लगानीकर्ताले संस्थाको सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै, काठमाडौंको जमलमा रहेको ग्लोबल आइएमई क्यापिटल लिमिटेडबाट आवेदन भर्न सकिने संस्थाले जनाएको छ । त्यस्तै, आश्वाको सदस्य दिएका बैंक तथा वित्तीय संस्थाहरुबाट आश्वा प्रणाली मार्फत सेयर भर्न सकिने छ । हाल संस्थाको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल लघुवित्तको चुक्ता पूँजी ४ करोड ७६ लाख रुपैयाँ रहेको छ । बिहीबार यस संस्थाको सेयर प्रतिकित्ता १४४२ रुपैयाँ रहेको छ ।
हेर्नुहोस्, आरम्भ माइक्रोफाइनान्सको सेयर कसले कति कित्ता पाए ?
काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले फागुन १५ गतेदेखि २१ गतेसम्म निष्काशन गरेको आईपीओेको बुधबार बाँडफाँड भएको छ । कुल एक लाख ८६ हजार ३८ आवेदक मध्ये २७ हजार ४८ जनाले मात्र १० कित्ता सेयर पाएका छन् । (कसले कति कित्ता पाए ? हेर्नको लागि यसमा क्लिक गर्नुहोस्) कुल आवेदन परेको मध्ये ३८५ जनाको आवेदन रद्द भएको छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको २ करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आईपीओ जारी गरेको थियो । उक्त आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी ६ करोड रुपैयाँ पुगेको छ ।
नेप्से १८ अंकले उकालो लाग्दा तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि
काठमाडौं । बुधबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सो दिन कारोबार खुलेदेखि नै उकालो लागेको बजार अन्तिममा १८ अंकले बढेर बन्द भएको छ । समग्रमा नेप्से परिसूचक १८.६९ अंकले उकालो लागेर १३१५ दशलमब १३ अंकमा पुगेको छ । बजारमा कुल १५८ कम्पनीको ४२ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ७८ लाख १५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंकको २ करोड २२ लाख, सानिमा बैंकको १ करोड ८६ र स्ट्याण्डार्ड चार्टर्ड बैंकको १ करोड २१ लख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोहोरो अंकले बढेको बजारमा तीन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ । सो मध्ये सबैभन्दा बढी सूर्योदय लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशतले सेयर मूल्य बढेको छ । त्यस्तै, हिमालयन डिष्टीलरी र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले क्रमशः ९.९४ र ९.७४ प्रतिशत कमाएका छन् । त्यसैगरी राधी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको पनि अघिल्लो दिनको तुलनामा ८.६६ प्रतिशतले सेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै, उत्पादनमूलक बाहेक कारोबारमा आएका सबै समूह उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १६१ अंकले बढेको छ । उत्पादनमूलक समूह सामान्य २.३९ अंकले अाेरालाे लागेकाे छ ।