सातामा दुई अर्ब ८४ करोडको सेयर कारोबार, २ करोड ५९ लाख कित्ता सेयर सूचिकृत

काठमाडौं । यस साता सेयर बजारमा दुई अर्ब ८४ करोड ८३ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो साता भन्दा ५ दशमलब ८१ प्रतिशत बढी हो । दुई अर्ब ६९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । यस साता १५८ कम्पनीको का ५१ लाख २१ हजार एक सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । यस साता सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकको १७ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा सिद्धार्थ बैंक कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ, जसको दुई लाख ४७ हजार कित्ताको सेयर किनबेच भएको हो । बजारमा सेयर कारोबारमा सुधार आएता पनि नेप्से परिसूचकमा भने गिरावट आएको छ । यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ११.२७ अंकले घटेर अन्तिम दिन १६०४.३१ अंकमा पुगेको छ । यसैगरी समूहगत परिसूचकहरुको उतारचढाव आएको छ । सबैभन्दा बढी उत्पादनमूलक समूहको परिसूचक १९.७२ अंकले उकालो लागेको छ भने अन्य समूहको परिसूचक सबैभन्दा बढी २७.४७ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल, बैंकिङ समूहको परिसूचक पनि ओरालो लागेका छन् । सातामा २ करोड ५९ लाख कित्ता सेयर सूचिकृत नेप्सेमा सूचिकृत भएका छन् । नेप्सेमा एकैदिन २ करोड ५९ लाख २४ हजार ४७१ कित्ता सेयर सूचिकृत भएको छ । सो अवधिमा ४ कम्पनीको बोनस र हकप्रद सेयर गरी सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो । थप जानकारीको लागि यसमा क्लिक गर्नुहोस् ।

एलआईसी (नेपाल)को २६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लिमिटेडको २६ दशमलब १ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । उक्त प्रस्तावलाई शुक्रबार बसेको कम्पनीको १५औं वार्षिक साधारण सभाले पारित गरेको हो । सभाले पारित गरेअनुसार कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई २४ दशमलब ८० प्रतिशत बोनस र कर प्रयोजनको लागि १ दशमलब ३० प्रतिशत नगद लाभांश गरी सो मात्राको लाभांश दिने भएको छ । गत आर्थिक वर्षमा कम्पनीले १,४६,७१३ नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमाशुल्क आम्दानी बापत रु. २२६ करोड ५२ लाख संकलन गर्न सफल भएको छ । २०७३ आषाढ मसान्तसम्ममा यस कम्पनीमा कूल चालु बीमालेखको संख्या ६,२७,२६६ र कूल जीवन बीमा कोषमा रु. २,६४९ करोड संकलन भएको कम्पनीले जनाएको छ । साथै, चालु आ.ब. २०७३/०७४ को तेस्रो त्रैमासिक अवधिसम्ममा कूल वीमाशुल्क आर्जन रु. ५७८.९० करोड भैसकेको र कम्पनीको जीवन बीमा कोषमा रु. ३,१८९.१७ करोड रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गुँरास लाइफको वार्षिक साधारणसभा असार ९ गते हुँदै, जेठ २९ गतेदेखि बुक क्लोज

काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा असार ९ गते हुने भएको छ । सो प्रयोजनको लागि जेठ २९ गतेदेखि असार ९ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।