हिमालयन पावरले २१ करोड रुपैयाँको आइपीओ निष्कासन गर्न पायो बोर्डको अनुमति

काठमाडौं । मंगलबार हिमालयन पावर पार्टनरले २१ करोड रुपैयाँको आइपीओ निष्काशन गर्न बोर्डको अनुमति पाएको छ । बोर्डले दिएको अनुमति अनुसार कम्पनीले २१ करोड ३० लाख ८३ हजार ४०० रुपैयाँको आइपीओ निष्काशन गर्न गर्ने भएको छ । साथै, कम्पनीले सो मात्राको आइपीओ निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

किसान माइक्रोफाइनान्स र माउन्ट मकालुले एकैदिन मागे हकप्रद निष्काशन गर्न अनुमति

काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था र माउन्ट मकालु डेभलपमेन्ट बैंक दुबैले एकैदिन हकप्रद निष्काशन गर्न अनुमति मागेका छन् । मंगलबार किसान माइक्रोफाइनान्सले २४ दशमलब २२ प्रतिशत र माउन्ट मकालुले ५० प्रतिशत हकप्रद सेयरको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् । किसान माइक्रोफाइनान्सले १००ः२४.२२ को अनुपातमा ७८ हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । त्यस्तै, माउन्ट मकालुले पनि २ः१ को अनुपातमा ३ लाख ४५ हजार ८ सय कित्ता हकप्रद निष्काशन गर्न अनुमति मागको हो । कम्पनीको बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट रहेको छ ।

नेपाल ग्रामीण विकास बैंकले ९ लाख कित्ता एफपीओको लागि माग्यो बोर्डको अनुमति

काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले ९ लाख ७५ हजार कित्ता थप साधारण सेयर (फरदर पब्लिक इस्यु(एफपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले सो मात्राको एफपीओ जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले जेठ १२ गते धितोपत्र बोर्डमा निवेदन दिएर प्रभु क्यापिटल मार्फत सो मात्राको एफपीओ जारी गर्न अनुमति मागेको हो । हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड ७५ लाख रुपैयाँ रहको छ । सो मात्राको एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५५ करोड ८४ लाख रुपैयाँ नाघ्ने छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७८१ रुपैयाँ रहेको छ ।