सानिमा बैंकले शुरु गर्यो अनलाईन आश्बा र डिम्याट खाता सेवा, कहाँ कहाँबाट पाइने?
काठमाडौं । सानिमा बैंक लिमिटेडले जेठ १ गते (सोमबार)बाट आफ्ना ग्राहकहरुलाई अनलाईन मार्फत शेयर आवेदन दिन सकिने सेवा शुरु गरेको छ । यो सेवा बैंकमा खाता हुने खातावालहरु र नयाँ खाता खोल्ने खातावालहरुले बैंकवाट ईन्टरनेट बैंकिङ्ग कारोबारको सुविधा लिई प्रयोग गर्न सकिनेछ । साथै, बैंकले डिम्याट खाता खाेल्ने सुबिधा बैंकको केन्द्रिय कार्यालय बाहेक सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरिने बैंकले जनाएको छ ।
प्रभु इन्स्योरेन्सको हकप्रद सेयर भर्नुभयो? म्याद अब २ दिन मात्रै बाँकी
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर भर्ने म्याद अब २ दिन(मंगलबार) मात्र बाँकी रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई २ बराबर १(५० प्रतिशत) को अनुपातमा हकप्रद निष्काशन गरेकोे छ । कम्पनीका अनुसार उक्त सेयर भोली बैंकिङ् समय सम्ममात्र भर्न पाइने छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरिरहेको छ । इन्स्योरेन्सले २०७३/१२/०४ गते सम्म कायम साविक सेयरधनीहरुका लागि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको जनाएको छ ।
सनराइज बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ४३० रुपैयाँ मात्र
काठमाडौं । सोमबार सनराइज बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ३० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ४३० रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ४७३ रुपैयाँ रहने छ ।