सेयर बजारमा ६१ करोड माथिको कारोबार
काठमाडौं । बुधबार सेयर बजारमा ६१ करोड ९८ लाख रुपैयाँ बढीको सेयर करोबार भएको छ । सो रकम अघिल्लो दिनको तुलनामा करिब १२ करोड रुपैयाँ बढी हो । अघिल्लो दिनको बजारमा ५० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सो दिन सबैभन्दा बढी हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । बजारमा यस कम्पनीको १० करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कम्पनीको सेयर प्रतिकित्ता १६३८ रुपैयाँ रहेको छ । त्यस्तै, एनसीसी बैंक र सिद्धार्थ बैंकको ३ करोड रुपैयाँ माथिको सेयर किनबेच भएको छ । बजारमा १४० कम्पनीको ३१ लाख ६४ हजार ९६६ कित्ता सेयर किनबेच भएको छ । सो दिन कारोबार भएका तीन समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ५ समूहको परिसूचक ओरालो लागेका छन् । उत्पादनमूलक ३२, होटल ४.७७ र अन्य समूह ४.०५ अंकले उकालो लागेका हुन् । त्यस्तै, सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक २० अंकले ओरालो लागेको छ । बाँकी समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका हुन् । समग्रमा नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ । परिसूचक ४ दशमलब ९८ अंकले ओरालो लागेर १६४४ दशमलब २६ अंकमा झरेको छ ।
नेप्सेमा एकै दिन ३३ लाख १० हजार कित्ता सेयर सूचिकृत, सबैभन्दा बढी हकप्रद सेयर
काठमाडौं । नेप्सेमा एकै दिन ३३ लाख १० हजार ३८६ कित्ता सेयर सूचिकृत भएको छ । बुधबार मात्रै बजारमा दुई कम्पनीको बोनस र हकप्रद सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको हो । सो दिन काष्ठमण्डप डेभलपमेन्ट बैंक र जनता बैंक नेपालको गरि सो मात्राको सेयर सूचिकृत भएको हो । काष्ठमण्डप डेभलपमेन्ट बैंकको बोनस र हकप्रद दुबै सेयर सूचिकृत भएको छ भने जनता बैंक नेपालको हकप्रद सेयर मात्र सूचिकृत भएको छ । काष्ठमण्डप डेभलपमेन्ट बैंकको १५ लाख ८८ हजार ९१८ कित्ता बोनस र १६ लाख ९९ हजार ७४१ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । त्यस्तै, जनता बैंक नेपालको पनि २१ हजार ७२६ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । सो दिन नेप्सेमा सबैभन्दा बढी हकप्रद सेयर थपिएको छ । एकै दिन दुई कम्पनीको गरि १७ लाख २१ हजार ४६७ कित्ता हकप्रद सेयर थपिएको हो ।
आइपिओ निष्कासन नगरी एफपिओ ल्याउँदै बुटवल पावर कम्पनी
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (विपिसी)ले साधारण सेयर निष्कासन (आइपीओ) नगरी थप नयाँ साधारण सेयर (एफपीओ) ल्याउन लागेको छ । एफपिओ निष्कासनका लागि नियमक निका नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डले एफपिओ निष्कासन गर्न स्वीकृत भने दिएको छैन । सरकारी स्वामित्वमा रहेको १० प्रतिशत सेयरमध्ये प्रीमियम (१ सय ५१ रुपैयाँभन्दा बढी) मा बेचेकोलाई नै सर्वसाधारणलाई सेयर जारी गरेको भन्न थालेको छ । तर, त्यसलाई आइपीओ जारी गरेको भन्न नमिल्ने तर्क विज्ञहरुले दिएका छन । यो कम्पनीले सर्वसाधारणलाई १५ र आयोजना प्रभावित स्थानियलाई वासिन्दालाई कम्तिमा १० प्रतिशत सेयर दिएपछि मात्रै एफपिओ जारी गर्न पाउँछन । यो कम्पनीको भनाइ भने सरकारले १२ प्रतिशत सेयर वितरण गरिसकेकोले पुन कम्पनीले सर्वसाधारणलाई सेयर जारी गर्नु नपर्ने तर्क दिएको छ । नागरिक दैनिकबाट ।