बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई)को मंसिर ११ गतेदेखि बुक क्लोज

काठमाडौं । बोटलर्स नेपाल र बोटलर्स नेपाल(तराई) दुबैको मंसिर ११ गतेदेखि बुक क्लोज मंसिर २५ गतेसम्म बुक क्लोज हुने भएको छ । यी दुबै कम्पनीले आ–आफ्नो वार्षिक साधारणसभा प्रयोजनको लागी १५ दिन बुक क्लोज गर्न लागेका हुन् । सभामा बोटलर्स नेपाल(तराई)को सञ्चालक समितिको निर्णय बमोजिम आफ्ना सेयरधनीलाई प्रतिसेयर २५ रुपैयाँ नगद लभांश वितरण गर्ने निर्णयलाई पारित गरिने छ । यस कम्पनीको सञ्चालक समितिको बैठक गत सोमबार(कात्तिक २० गते) बसेको थियो । बुधबार नेप्सेमा प्रकासित भएको सूचनामा यी दुबै कम्पनीको वार्षिक साधारणसभाको मिति भने तोकिएको छैन ।

माहुली सामुदायिक लघुवित्तको कात्तिक २६ गतेदेखि १४ दिन बुक क्लोज

काठमाडौं । माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको कात्तिक २६ गतेदेखि मंसिर ९ गतेसम्म बुक क्लोज हुने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि उक्त दिन संस्थाको दर्ता पुस्तिका बन्द गर्न लागेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभा मंसिर ९ गते हुने भएको छ । सभामा संस्थाले आफना् सेयरधनीलाई ६० प्रतिशत लाभांश(५० प्रतिशत बाेनस र १० प्रतिशत नगद लभांश) दिने प्रस्ताव लैजाँदै छ । साथै, सभाले सो मात्राको बोनस सेयर पश्चात कायम हुने चुक्ता पुँजीमा ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनीको सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ४ करोड रुपैयाँ रहेको छ । उक्त बोनस र हकप्रद सेयर पश्चात कम्पनीको पुँजी ९ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।

रिलायबल लाइफ इन्स्योरेन्स र जनता बैंकबीच ब्याकान्स्योरेन्स सम्झौता

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेड र जनता बैंक नेपाल लिमिटेड बीच ब्याकान्स्योरेन्स सम्झौता सम्पन्न भयो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट पर्शुराम कुवंर क्षेत्रीले तथा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अन्तर्गत इन्स्योरेन्सले जनता बैंक नेपालले बैंकबाट आफ्नो जीवन बीमालेखहरु बिक्री गर्नुका साथै बैकको शाखा संजाल प्रयोग गरि देशको कुना कुनामा बीमाको पहुचँ बिस्तार गर्ने कम्पनीले जनाएको छ । साथै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले व्यक्ति सुहाँउदा विभिन्न किसिमको नयाँ नयाँ जीवन बीमा योजनाहरुलाई जनमानसमा बिक्री गर्ने र देशभरि आफ्नो उपस्थिती जनाउने लक्ष्य लिएको छ । इन्स्योरेन्सले हालसम्म विभिन्न ७ प्रकारका जीवन बीमा योजनाहरु बिक्री गरिरहेको छ । जस मध्ये “रिलायबल धनपति बीमा योजना” एक हो । यो योजना मार्फत सानो सानो बचतबाट बीमित करोडपति बन्न सक्ने कम्पनीको विश्वास रहेको छ ।