मैलुङ् खोला जलविद्युत र रैराङ हाइड्रोलाई आइपीओ निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकैदिन मैलुङ् खोला जलविद्युत कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आइपीओ निष्कासन गर्न बोर्डको अनुमति दिएको छ । बोर्डको अनुमति अनुसार मैलुङ् खोलाले ३ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर अर्थात आइपीओ निष्कासनको लागि अनुमति पाएको छ । कम्पनीले सो मात्राको आइपीओ निष्कासन गर्नको लागि सिदार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ । त्यस्तै, रैराङ हाइड्रोपावरले पनि ५ करोड ६० हजार रुपैयाँ बराबरको शेयर अर्थात आइपीओ निष्कासनको लागि अनुमति पाएको छ । कम्पनीले सो मात्राको आइपीओ निष्कासन गर्नको लागि एसिई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

नेप्से परिसूचक दोहोरो अंकले ओरालो, ६९ करोड माथीको सेयर कारोबार

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । आइतबार पनि नेप्से परिसूचक २४ दशमलब २० अंकले ओरालो लागेर १६२८ दशमलब ९ड अंकमा झरेको छ । बजारमा परिसचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । सो दिन बजारमा जम्मा ६९ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १४१ कम्पनीको ९ लाख ९९ हजार कित्ता सेयर किनबेच भएको छ । आइतबार दुई समूहको परिसूचक उकालो लागेका छन् । उत्पादनमूलक र अन्य समूहको परिसूचक क्रमशः ५ र ०.२९ अंकले उकालो लागेका हुन् । त्यस्तै, कारोबार भएका बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ११२ अंकले ओरालो लागेको छ ।

टुरिजम बैंकको हकप्रद सेयर भर्ने म्याद अब ३ दिनमात्र बाँकी

काठमाडौं । टुरिजम बैंक लिमिटेडको हकप्रद सेयर भर्ने म्याद अब ३ दिन मात्र बाँकी रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई एक बराबर एकको अनुपातमा हकप्रद निष्काशन गरेकोे छ । कम्पनीले गत १३ गतेका दिन देखि नै सो मात्राको सेयर निष्कासन गरिरहेको छ । कम्पनीले १०० रुपैयाँ अंकित ९१ लाख ९७ हजार ७१२ कित्ता सेयर निष्कासन गरेको छ । बैंकका सेयरधनीले आजको तीन दिन अर्थात वैशाख २६ गतेसम्म हकप्रदका लागि आवेदन दिन पाउनेछन् । कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल लिमिटेडलाई तोकेको छ ।