कन्चन डेभलपमेन्ट बैंकको १० लाख कित्ता हकप्रद निष्कासन, १० कित्ता हुनेले ३ कित्ता पाउने
काठमाडौं । कन्चन डेभपलमेन्ट बैंकले १० लाख ३९ हजार ५ सय कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैंकले ३४ करोड ६५ लाखको चुक्ता पुँजीमाा १० करोड ३९ लाख बृद्धि गर्ने गरी हकप्रद सेयर जारी गरेको हो । यो बैंकले यही गत जेठ ३१ गतेसम्म कारोबार गरेको सेयरधनीले मात्रै हकप्रद किन्न पाउने गरी सूचना जारी गरेको छ । यो बैंकले १० कित्ता हुनेलाई नयाँ ३ कित्ता सेयर (१०ः ३)को अनुपातमा हकप्रद सार्वजनिक गरेको हो । यसको सेयर आवेदन यही असार ३० गतेबाट भदौ १ गतेभित्र दिइसक्नुपर्ने छ । यसको आवेदन दिन कन्चनका सबै शाखा, ग्लोवल आइएमई बैंकको काठमाडौं बाहिरको तोकिएको शाखाबाट मात्रै आवेदन दिन पाइने छ । यसको विक्र प्रवन्धक ग्लोवल आइएमई लिमिटेड हो ।
सप्तकोशी डेभलपमेन्टले जारी गर्यो २७ लाख कित्ता हकप्रद, असार ३० देखि आवेदन खुला
काठमाडौं । मोरङमा केन्द्रीय कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले २७ लाख ४३ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । यो बैंकले १ कित्ता बराबार अर्को १ दशमलव ३ कित्ता अर्थात (१ः१.३)को अनुपातमा हकप्रद सेयर जारी गरेको छ । यो बैंकले यही असार १४ गतेभित्र सेयर कारोबार गरेर शेयरधनीले हकप्रद किन्न पाउने जानकारी दिएको छ । यो बैंकले निकाले एक सय रुपैयाँ प्रतिकित्ता यो हकप्रद सेयरको यही असार ३० देखि भदौ १ गतेसम्म आवेदन दिन सकिने छ । यसको आवेदन दिन बैंकका कार्यालय, एनएमबी क्यापिटल लिमिटेड र एमएमबी बैंकका तोकिएको शाखाबाट आवेदन दिन पाइने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड हो ।
ज्योति विकास बैंकले ३३ लाख कित्ता सेयर लिलामीमा बेच्दै, असार २८ भित्रै प्रस्ताव दिनुपर्ने
काठमाडौं । ज्योति विकास बैैंकले साधारणतर्फ र संस्थापकको गरी ३३ लाख ७७ हजार ५ सय ८ कित्ता सेयरको लिलामीमा विक्री गर्ने भएको छ । यो बैंकले संस्थापकतर्फको २८ लाख १२ हजार ३३६ कित्ता र साधारणतर्फको ५ लाख ६५ हजार १७१ कित्ता सेयरको लिलामी गर्दै छ । यो बैंकले यही असार २१ देखि २८ भित्र गोप्य शिलवन्दी पेश गर्न पनि आग्रह गरेको छ । यसको सेयर लिन कम्तिमा एक सय रुपैयाँमा गोप्य शिलबन्दीबाट प्रस्ताव पेश गर्नुपर्ने छ । यो बैंकले गत बैशाख २८ देखि जेठ ३१ सम्म खुला गरेको हकप्रद सेयरबाट विक्री नभएका सेयरको लिलामी गर्न लागेको हो । यसको विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो ।