१४ जलविद्युत कम्पनीको ५ अर्ब ७ करोडको आईपीओ र एफपीओ आउदै, हेर्नुस् कसको कति ?
काठमाडौं । के तपाई लगानी गर्न खोजिरहनु भएको छ ? अब चिन्ता नलिनुस, प्राथमिक सेयरमा (आईपीओ) लगानी गर्ने अवसर आउदै छ । यो वर्ष विभिन्न १४ जलविद्युत कम्पनीको मात्रै प्राथमिक सेयर (आईपीओ) र थप निश्कासन (एफपीओ गरी ५ अर्ब ७ करोड रुपैयाँ भन्दा बढी सेयर बजारमा आउदै छ । १४ जलविद्युत कम्पनीले आईपीओ र एफपीओका लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् । निवेदन दिएका सबैको सेयर यो वर्षभित्र निश्कासन हुने बोर्डले जानकारी दिएको छ । न्युनतम १० प्रतिशत आयोजना प्रभावित स्थानियबासिन्दालाई सेयर दिनुपर्ने भएपछि जलविद्युत कम्पनीले आईपीओ र नयाँ जलविद्युत आयोजना बनाउन थप लगानी जुटाउन एफपीओ निश्कासनमा लागेका हुन् । धितोपत्र निश्कासन नियमावलीमा जलविद्युत क्षेत्रले न्युनतम १० प्रतिशत सेयर दिनुपर्ने व्यवस्था गरेपछि थप १५ प्रतिशत निश्कासन गर्न लागेका हुन् । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले प्रिमियम मूल्यमा एफपीओ निश्कासन गर्न लागेको छ । १३ कम्पनीले आईपीओ निश्कासन गर्न लागेका हुन् । बीपीसीले प्रतिकित्ता ५१८ रुपैयाँ प्रिमियम मुल्य प्रस्ताव गरेको छ । धितोपत्र बोर्डले स्वीकृति दिन बाँकी छ । उसले ४० लाख ८१ हजार कित्ता एफपीओ निश्कासन गर्न लागेको हो । यो दरमा एफपीओ निश्कासन अनुमति पाए २ अर्ब ११ करोड ३९ लाख ५८ हजार रुपैयाँ संकलन हुने बीपीसीले जनाएको छ । बीपीसीले यो रकम ३० मेगावाटको न्यादी र साढे ३६ मेगावाटको कावेली ए आयोजनामा लगानी गर्ने छ । १११ मेगावाट क्षमताको रसुवागढीले पहिलो चरणमा संचय कोषको संचयकर्ता, कोषका कर्मचारी र ऋणलगानी गर्ने संस्थाका कर्मचारीलाई गरी कुल १ अर्ब ६४ करोड २१ लाख ४ हजार रुपैयाँ बराबरको १ करोड ६४ लाख २१ हजार कित्ता सेयर निश्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । रसुवागढीको सेयर निश्कासनको विषयमा छानविन भइरहेको बोर्डले जनाएको छ । यस्तै सान्जेन जलविद्युत कम्पनी लिमिटेडले संचयकर्ता, कोषका कर्मचारी र ऋणलगानी गर्ने संस्थाका कर्मचारीलाई गरी ८७ करोड ६० लाख रुपैयाँ बराबरको ८७ लाख ६० हजार कित्ता आईपीओ निश्कासन गर्दे छ । सान्जेनले ५७ मेगावाट क्षमताको सान्जेन र तल्लो सान्जेन आयोजना बनाउदै छ । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानियबासिन्दालाई ११ करोड रुपैयाा बराबरको ११ लाख कित्ता सेयर निश्कासन गर्दे छ । राधि विद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ६ लाख ६४ हजार कित्ता आईपीओ निश्कासन गर्ने भएको छ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले स्थानिबासिन्दाका लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानिबासिन्दालाई निश्कासन गर्न लागेको हो । गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेड स्थानिय बासिन्दालाई २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता साधरण सेयर निश्कासन गर्नलाई बोर्डमा निवेदन दिएको छ । जोशी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानिय बासिन्दालाई ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको ३ लाख ७१ हजार ४ सय कित्ता सेयर निश्कासन गर्देछ । शुभम् पावर लिमिटेडले स्थानियबासिन्दालाई २ करोड रुपैयाँ बराबरको २ लाख, लुघिम बुद्धपावर नेपाल लिमिटेडले स्थानियबासिन्दालाई ९ करोड ७८ लाख रुपैयाँ बराबरको ९ लाख ७८ हजार कित्ता, यनिक हाइडेल लिमिटेडले साढे ५ करोड रुपैयाँको ५५ लाख कित्ता सेयर निश्कासन गर्ने भएका छन् । यस्तै सीईडीबी हाइड्रो फन्ड लिमिटेडले पनि सर्वसाधारणलाई २२ करोड ८९ लाख ३० हजार रुपैयाँ बराबरको २२ लाख ९८ हजार, कालिका पावर लिमिटेडले स्थानिय बासिन्दालाई ६ करोड रुपैयाँको ६ लाख र युनियन हाइड्रोपावर लिमिटेडले पनि स्थानिय बासिनदालाई ६ करोड ३३ लाख ७४ हजार रुपैयाँको ६ लाख ३३ हजार कित्ता सेयर निश्कासन गर्न भएका छन् ।
एकैदिन तीन कम्पनीको सेयर मूल्य समायोजन, हेरौँ कुन कुनको भयो?
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा एकैदिन तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन एनआईसी एसिया बैंक र नेपाल इन्स्योरेन्स कम्पनीको बोनस सेयर पछिको र आरएसडिसी लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले एनआईसी एसिया बैंककोे २० प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ३६८ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ४६५ रुपैयाँ रहने भएको छ । त्यस्तै, नेप्सेले नेपाल इन्स्योरेन्सको पनि ५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १४२४ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ८८६ रुपैयाँ रहने भएको छ । त्यसैगरी आरएसडिसीको २०० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ११०७ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ७४५ रुपैयाँ रहने भएको छ ।
नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट, सबै समूह राताम्मे
काठमाडौं । साताको अन्तिम कारोबारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । निरन्तर ओरालो लागेको नेप्से परिसूचक बिहीबार पनि दोहोरो अंकले ओरालो लागेको छ । नेप्से १८ दशमलब ३३ अंकले ओरालो लागेर १५८० अंकमा झरेको छ । बिहीबार परिसूचकका साथै कारोबार रकममा पनि गिरावट आएको छ । बजारमा ८४ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १३ करोड रुपैयाँ घटी हो । बुधबारको बजारमा ९७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बिहीबार १६० कम्पनीको १५ लाख ७२ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा कारोबार भएका सबै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १४७ अंकले ओरालो लागेको छ । त्यस्तै, उत्पादन र अन्य समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् भने बाँकी समूहको परिसूचक दोहोरो अंकले झरेका छन् । सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ का लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् । बजारमा सबैभन्दा बढी एनआईसी एशिया बैंकको ६ करोड रुपैयाँ बराबरको सेयर करोबार भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ४४० रुपैयाँ रहेको छ । त्यस्तै, जनरल फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ४.४८ प्रतिशत कमाएका छन् ।