रिलायवल माईक्रोफाइनान्सको ५० प्रतिशत हकप्रद निष्कासन, अावेदन असार २५ देखि
काठमाडौं । रिलायवल माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले २ लाख ८२ हजार ५ सय कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । एक सय रुपैयाँ अंकित साधारण सेयरको हकप्रद निष्कासन गरेको यो संस्थाले २ कित्ता सेयर हुनेका लागि नयाँ एक सेयर (२ः१)को अनुपातमा सेयर दिने भएको छ । यो संस्थाले ५ करोड ६५ लाख को चुक्ता पुँजीमा २ करोड ८२ लाख ५० हजार रुपैयाँ थप गर्ने उद्देश्यले हकप्रद निष्कासन गरेको हो । यो संस्थाले यही असार १६ गतेसम्म कारोबार भैसकको सेयरधनिले मात्रै हकप्र्र्रद किन्न पाउने जानकारी दिएको छ । यसको हकप्रद यही असार २५ देखि साउन २९ गतेसम्म आवेदन दिन पाइने उल्लेख छ । यसको हकप्रदको आवेदन सिभिल क्यापिटल मार्केट सुन्धारा, रिलायवल डेभलपमेन्ट बैंक ज्ञानेश्वर र यो माइक्रोफाइनान्सको सबै कार्यालयबाट दिन सकिने छ । यसको धितोपत्र निकासन तथा विक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट्स हो ।
हिमालयन जनरल इन्स्योरेन्सको बुक क्लोज असार १६ देखि
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको असार १६ देखि सेयर खरिद दर्ता बन्द हुने भएको छ ।हिमालयनले हकप्रद सेयर जारी गर्ने प्रयोजनका लागि असार १६ देखि बुक क्लोज गर्ने निर्णय गरेको हो । कम्पनीले एक बराबर १.६६६७ कित्ता हकप्रद सेयर निष्काशन गर्दैछ । असार १६ गते अघिसम्म सेयर खरिद गर्नेहरुले हकप्रद सेयर भर्न पाउनेछन् ।
अल्पाइन डेभलपमेन्ट बैंकको १८ लाख कित्ता हकप्रद सेयर निष्कासन, ३ कित्ता हुनले २.८ कित्ता पाउने
काठमाडौं । अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेडले १८ लाख ३ हजार २४७ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । यो बैंकले ३ कित्ता हुनले २.८ कित्ता दिने गरी (३ः२.८)को अनुपातमा हकप्रद सेयर जारी गरेको छ । एक सय रुपैयाँ दरका यो बैंकले हकप्रद किन्न गत जेठ २१ गतेसम्म कारोबार गरेका सेयरधनीले मात्रै पाउने गरी सूचना जारी गरेको छ । बैैंकले यही असार २५ गतेबाट आवेदन खुला गरेको छ । आवेदन साउन २९ गतेसम्म दिन पाइने जानकारी दिएको छ । यसको सेयर आवेदन बैंकका हेटौडा, काभ्रे, चितवनसहिका विभिन्न कार्यालय, एनएमबी बैंक र एनमएमबी क्यापिटलबाट आवेदन दिन सकिने छ । यसको विक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड हो ।