लाफिङ बुद्ध पावरले ९ लाख कित्ता आइपीओ निष्काशन गर्न माग्यो बोर्डको अनुमति
काठमाडौं । लाफिङ बुद्ध पावर नेपालले ९ लाख ७८ हजार कित्ता आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति मागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासीका लागि एक सय रुपैयाँ अंकित मूल्यमा नौ करोड ७८ लाख रुपैयाँ बरारबको सेयर जारी गर्न लागेको हो । सो मात्राको आइपीओको लागि कम्पनीले जेठ ३१ गते नै बोर्डमा निवेदन दिएको हो । कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेड मार्फत सो मात्रामा आइपीओ जारी गर्न अनुमति मागेको हो ।
लुम्बिनी जनरल इन्स्योरेन्सको असार १३ गते बुक क्लोज
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सकोे आगामी असार १३ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनको लागि सो दिन कम्पनीकोे बुक क्लोज गर्ने निर्णय गरेको हो । बैंकले शतप्रतिशत (एक बराबर एकको अनुपातमा) प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।
एनबी इन्सुरेन्सको शतप्रतिशत हकपद्र सेयरको बिक्री खुला, कँहाबाट दिने आवेदन?
काठमाडौं । एनबी इन्सुरेन्सले आजबाट शतप्रतिशत (एक बराबर एकको अनुपातमा) हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले जेठ ३ गतेसम्म कायम साविक सेयरधनीहरुका लागि एक सय रुपैयाँ अंकित मूल्यको दरले २७ लाख कित्ता हकप्रदको बिक्री खुला गरेको हो । सो मात्राको सेयरको बिक्री आगामी साउन ५ गतेसम्म खुल्ला हुने कम्पनीले जनाएको छ । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । उक्त सेयरको लागि इच्छुक सेयरधनीले काठमाडौंको जमलमा रहेको ग्लोबल आइएमई क्यापिटलबाट आवेदन दिन सक्नेछन् । साथै, एनबी इन्सुरेन्स कम्पनीको काठमाडौं उपत्यका भित्र र उपत्यका बाहिर जुनसुकै शाखाबाट आवेदन दिन सकिने इन्सुरेन्सले जनाएको छ ।