एनआरएन इन्फ्रास्ट्रक्चरका सीईओ हेमन्त बस्यालले दिए राजीनामा
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी (सीईओ) हेमन्त बस्यालले राजीनामा दिएका छन् । भदौ १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले बस्यालको राजीनामा स्वीकृत गरेको छ । साथै कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृतमा कम्पनी सचिव प्रताप अधिकारीलाई नियुक्त गरेको छ ।
अप्पर स्याङ्गे हाइड्रोले १ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने
काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावरले १ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो । हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव पारित गर्न कम्पनीले असोज ९ गते काठमाडौंमा बिहान १० बजे नवौँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले हकप्रदबाट संकलित रकमको उपयोग गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनी गाभ्ने, संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्नेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ २३ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले भदौ २२ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
१७ प्रतिशत नगद लाभांश बाँड्ने कुमारीको घोषणा
काठमाडौं । कुमारी क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको साउन २८ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को लागि चुक्ता पुँजीको १७ प्रतिशतका दरले ६ करोड ८० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले भदौ २५ गते साँझ ५ बजे कुमारी क्यापिटल नागपोखरी नक्साल काठमाडौंमा सातौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले संचालक समितिको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित, लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने र संचालक नियुक्ति गरि संचालक समिति चयन तथा मनोनयन गर्नेछ ।